मुख्य समाचार
न्युकासल युनाइटेडले आर्सनललाई २–० पराजित
न्युकासल युनाइटेडले आर्सनललाई २–० पराजित

— न्युकासल युनाइटेडले लिगकप फाइनल नजिक पुग्ने क्रममा आर्सनललाई पराजित गरेको छ । इमिरेट्समा भएको प्रतियोगिताको सेमीफाइनल पहिलो लेगमा उसले २–० को जित निकालेको हो ।

सन् २०१० यता न्युकासल इमिरेट्समा विजयी रहेको हो ।


त्यसमा एलेक्जानडर इसाक र एन्थोनी गोर्डनले एक एक गोल गरे । न्युकासलले अहिलेसम्म लिगकपको उपाधि जित्न सकेको छैन् र सन् १९६९ देखि उपाधिविहीन रहेको छ । अब सेमिफाइनलको दोस्रो लेग फेब्रवरी ५ मा न्युकासलको सेन्ट जेम्स पार्कमा हुनेछ ।

त्यसमा आर्सनलसामु बलियो चुनौती रहनेछ । प्रतियोगिताको अर्को सेमिफाइनल पहिलो लेलगमा बुधबार टोटनहम र लिभरपुल भिड्दैछन् । ‘यो निकै महत्त्वको जित हो र यो नतिजाले हामीलाई उत्साहित बनाएको छ । तर सेमिफाइनलमा पहिलो हाफ मात्र सकिएको छ,’ इसाकले भने ।

आर्सनलले पूरा खेल आफ्नो नियन्त्रणमा राखे पनि गोल भने निकाल्न सकेन् । ‘हाम्रो समस्या यही रह्यो,’ आर्सनलका प्रशिक्षक मिखेल आर्टेटाले प्रतिक्रिया दिए, ‘तर मलाई विश्वास छ, दोस्रो लेगको सेमिफाइनलमा हामी चाहिंदो नतिजा निकाल्न सफल हुनेछौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...