मुख्य समाचार
न्युकासल युनाइटेडले आर्सनललाई २–० पराजित
न्युकासल युनाइटेडले आर्सनललाई २–० पराजित

— न्युकासल युनाइटेडले लिगकप फाइनल नजिक पुग्ने क्रममा आर्सनललाई पराजित गरेको छ । इमिरेट्समा भएको प्रतियोगिताको सेमीफाइनल पहिलो लेगमा उसले २–० को जित निकालेको हो ।

सन् २०१० यता न्युकासल इमिरेट्समा विजयी रहेको हो ।


त्यसमा एलेक्जानडर इसाक र एन्थोनी गोर्डनले एक एक गोल गरे । न्युकासलले अहिलेसम्म लिगकपको उपाधि जित्न सकेको छैन् र सन् १९६९ देखि उपाधिविहीन रहेको छ । अब सेमिफाइनलको दोस्रो लेग फेब्रवरी ५ मा न्युकासलको सेन्ट जेम्स पार्कमा हुनेछ ।

त्यसमा आर्सनलसामु बलियो चुनौती रहनेछ । प्रतियोगिताको अर्को सेमिफाइनल पहिलो लेलगमा बुधबार टोटनहम र लिभरपुल भिड्दैछन् । ‘यो निकै महत्त्वको जित हो र यो नतिजाले हामीलाई उत्साहित बनाएको छ । तर सेमिफाइनलमा पहिलो हाफ मात्र सकिएको छ,’ इसाकले भने ।

आर्सनलले पूरा खेल आफ्नो नियन्त्रणमा राखे पनि गोल भने निकाल्न सकेन् । ‘हाम्रो समस्या यही रह्यो,’ आर्सनलका प्रशिक्षक मिखेल आर्टेटाले प्रतिक्रिया दिए, ‘तर मलाई विश्वास छ, दोस्रो लेगको सेमिफाइनलमा हामी चाहिंदो नतिजा निकाल्न सफल हुनेछौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाटन उच्च अदालतले अखिल नेपाल फुटबल संघ (एन्फा) ले घोषणा गरेको ‘अर्ली इलेक्सन’सम्बन्धी कुनै पनि गतिविधि नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। अदालतले उम्मेदवारी दर्तालगायत निर्वाचनसम्बन्धी कुनै पनि कार्य नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको हो। पाटन उच्च अदालतका न्यायाधीश कृपासुर कार्कीको एकल इजलासले सोमबार एन्फाको निर्वाचन प्रक्रिया तत्काल रोक्न अल्पकालीन अन्तरिम आदेश ...
: मोहम्मद सालाहको गोलमा इजिप्टले साविक विजेता आइभरी कोस्टमाथि रोमाञ्चक जित निकालेको छ। अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को क्वार्टरफाइनलमा रोमाञ्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको चार मिनेटमै ओमर मार्मोसले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि आधा घण्टापछि रामी राबियाले हेडमार्फत गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए। तर हाफ टाइमअघि ...
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम