मुख्य समाचार
मधेशकेन्द्रित दलहरू पुनः मोर्चाबन्दीको प्रयासमा
मधेशकेन्द्रित दलहरू पुनः मोर्चाबन्दीको प्रयासमा

— मधेशकेन्द्रित राजनीतिक दलहरू फेरि एक पटक मोर्चाबन्दीको प्रयासमा जुटेका छन् । पटक-पटकको पार्टी विभाजनका कारण खुम्चिएका बेला उनीहरूले विचार तथा मुद्दा मिल्ने दलहरूबीच मिलनबिन्दु खोज्न थालेका हुन् । मुद्दाअनुसारको सहकार्य, कार्यगत एकता वा मोर्चा बनाएर एक ठाउँमा उभिने उयायको खोजीमा दलहरू प्रयासरत देखिएका छन् ।




संसद्‍‌भित्रका दुई ठूला दल कांग्रेस र एमालेको संयुक्त सरकारले संविधान संशोधनको लक्ष्य राखेकाले त्यसको दबाब पनि मधेशकेन्द्रित दलहरूले महसुस गरेका छन् । पछिल्लो एक साता यता सबैजसो मधेशकेन्द्रित दलले सहकार्यको प्रयासका लागि कार्यदलसमेत घोषणा गरेका छन् ।


जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले पछिल्ला केही दिनयता सबै दलका नेतृत्वलाई भेटेर मुद्दा विशेषमा कम्तीमा सहकार्य गरेर जानुपर्ने आवश्यकता दर्शाएका थिए । उनले मुद्दा मिल्ने दलहरूबीच कार्यगत सहकार्यको प्रयास भइरहेको बताए । ‘मधेश आन्दोलन धेरै उचाइमा पुगेर धरायशी हुन पुग्यो, त्यसले मधेशी जनतामा निराशा आयो । त्यसको अनुभूति सबै नेताहरूमा छ,’ उनले भने ‘कम्तीमा खासखास विषयमा एक ठाउँमा बस्नुपर्यो, त्यसका लागि लुज एलायन्स बनाएर जाऔं भन्ने कोणबाट छलफल चल्दैछ ।’

उनले कार्यगत सहकार्यका लागि भइरहेको प्रयासमा नेता तथा दलहरूका तर्फबाट सकारात्मक प्रतिक्रिया आएको बताए । पहिलो चरणमा मधेशकेन्द्रित राजनीतिक पार्टी तथा त्यसपछि आदिवासी जनजाति उत्पीडित दलितकेन्द्रित शक्तिसँग पनि सहकार्यको प्रयास गरिने उनले बताए ।

मधेशकेन्द्रित दलहरूबीच संवाद र सहकार्यको पहल गर्न सीके राउत नेतृत्वको जनमत पार्टीले सोमबार उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा कार्यदल बनाएको छ ।


महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले वरिष्ठ उपाध्यक्ष जितेन्द्रप्रसाद सोनारको नेतृत्वमा कार्यकदल बनाएको छ । मधेशकेन्द्रित राजनीतिक पार्टीहरूबीच संवाद, सहकार्य, कार्यगत एकता एवं राजनीतिक मुद्दा र सिद्धान्त मिल्नेसँग पार्टी एकीकरण गर्नेसम्मको सम्भावना खोजीको जिम्मेवारी कार्यदललाई तोकिएको छ ।

कार्यदलको नेतृत्व गरेका लोसपाका वरिष्ठ उपाध्यक्ष सोनारले संघीयता र परिवर्तनवादी शक्तिहरुबीच सहकार्यका लागि आफूहरुले प्रयास गर्ने बताए । ‘संविधान संशोधन, थ्रेस होल्ड बढाउने, दुई दलीय प्रणालीमा जाने कुराहरु सुनिदैँछ,’ उनले भने ‘प्राप्त उपलब्धिहरूमाथि नै खतरा देखिँदैछ । त्यसले विचार र मुद्दा मिल्ने दलबीच सहकार्यको आवश्यकता सबैमा बोध भएको छ । अब कसरी जान सकिन्छ त्यही विषयमा सबै दलबीच छलफल गर्नेछौं ।’



उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी(जसपा) उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा सहकार्यको पहलका लागि कार्यदल बनाइसकेको छ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले संघीय परिषद्का अध्यक्ष राजेन्द्र श्रेष्ठलाई तथा जनता प्रगतिशील पार्टीले वरिष्ठ उपाध्यक्ष शिवजी यादवको नेतृत्वमा कार्यदल बनाएर दलहरूसँग छलफलको जिम्मेवारी दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— मोरङको कर्सियास्थित उमागौरी सहकारीको २२ करोड रुपैयाँ ठगी प्रकरणकी आरोपित अञ्जला कोइराला १० लाख धरौटीमा थुनामुक्त भएकी छन् । प्रतिनिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला जिल्ला अदालत मोरङले तोकेको १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएकी हुन् । तीन सातादेखि फरार रहेकी अञ्जला अदालतमा उपस्थित भएकै दिन न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले थुनछेक बहस सकेर ...
— जगदुल्ला जलविद्युत् आयोजनाको १६ अर्बको ठेक्कामा मिलेमतो गराउन ठेकेदारहरूबीच चेक लेनदेन गराएको आरोपमा अख्तियारको अनुसन्धानमा रहेका ऊर्जामन्त्री दीपक खड्काले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने प्रक्रिया स्वरूप स्पष्टीकरण सोधेका छन् । मन्त्री अध्यक्ष रहने प्राधिकरणको बोर्डको बैठकमा ‘नोट अफ डिसेन्ट’ लेखेर सरकारलाई अवज्ञा गरेको, सरकारले सोधेका स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको र आफ्नो कार्यसम्पादन मूल्यांकनसमेत समयमा ...
— माओवादी अध्यक्ष पुष्पकमल दाहालले माओवादी सिध्याउन खोज्नेहरूले संक्रमणकालीन न्यायसम्बन्धी काम टुंग्याउन नदिएको टिप्पणी गरेका छन् । शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सडकबाट समेत दबाब सिर्जना गर्नुपर्ने अवस्था आएको उनले बताएका छन् । राज्यद्वारा बेपत्ता पारिएका राजेन्द्र ढकालको २६ औं स्मरण दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिक सार्वजनिकीकरणको सवाल’ कार्यक्रममा दाहालले राजनीतिक कारणले संक्रमणकालीन ...
— माओवादी केन्द्रीय सदस्यहरूले नेताहरूको सम्पत्ति छानबिन गर्न माग गरेका छन् । काठमाडौंमा जारी केन्द्रीय समितिको बैठकमा सदस्यहरूले पार्टीका नेताहरूको कार्यशैली भड्किलो र आयस्रोत अपारदर्शी भएको भन्दै सम्पत्ति छानबिन गर्न माग गरेका हुन् । बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले आइतबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा फागुन १ भित्र सम्पत्ति विवरण बुझाउन र लेखा आयोगले अनुगमन गर्ने प्रस्ताव गरेका छन् । ...
— सहकारीको बचत गोर्खा मिडियामा आएको विषयमा आफूलाई जानकारी नै नभएको दाबी गर्दै आएका गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले काटेका चेकको हस्ताक्षर फरेन्सिक परीक्षणबाट पनि प्रमाणित भएको छ । कम्पनीको प्रबन्ध निर्देशकका रूपमा लामिछानेले १५ महिनामा ८२० चेक काटेका थिए, जसमा चार दर्जन चेक सहकारीको ऋण भुक्तानीका लागि काटिएका थिए । पोखराको सूर्यदर्शन सहकारीमा ‘पुलेसो कर्जा’ शीर्षकमा ...