मुख्य समाचार
समितिबाट एक वर्षसम्म एउटा विधेयक पारित नहुँदा सांसदमाथि प्रश्न उठ्छ : मन्त्री भण्डारी
समितिबाट एक वर्षसम्म एउटा विधेयक पारित नहुँदा सांसदमाथि प्रश्न उठ्छ : मन्त्री भण्डारी

— उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले अत्यावश्यक कानुन निर्माणका लागि संसद् हुँदै समितिमा पठाएको आठ महिनासम्म पनि विधेयक पास हुन नसक्नुले सांसदहरूमाथि नै प्रश्न उठ्ने अवस्था आएको बताएका छन् ।


प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबारको बैठकमा मन्त्री भण्डारीले ‘सरकारले अत्यावश्यक कानुन निर्माणका लागि संसद् हुँदै समितिमा पठाइसक्दा पनि ८ महिनासम्म विधेयक पारित नहुनु दुःखको विषय भएको बताए ।


सरकारले विधेयक ल्याएपनि समितिले पारति गर्न नसकेको बताएका हुन । एउटा कानुन बनाउन एक वर्षको समय लाग्ने कुराबाट देश विकास हुन नसक्ने उनको भनाइ थियो । ‘सरकारले अत्यावश्यक कानुन निर्माणका लागि संसद् हुँदै समितिमा पठाइसक्दा पनि आठ महिना लाग्छ भने हामीले के गर्‍यौँ भन्नेकुराको पनि खोजि गर्ने हो कि ? समिति सभापति लगायत सांसदहरूसँग आग्रह गर्न चाहन्छु, आज आठ-आठ महिनासम्म निस्कर्षमा नपुग्ने, म पनि यसको छलफलको प्रक्रियामा सामेल भएको छु,' मन्त्री भण्डारीले भने, 'एउटा कानुन बनाउन एक वर्ष लगाउँछौँ भने के गर्छौं ? अब यसलाई हामी कुन रुपबाट टुंग्याऔँ ?’

मन्त्रीले आफ्नो धारणा राख्दै गर्दा समिति सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले आपत्ति जनाएका थिए । मन्त्री भण्डारीको भनाइप्रति आपत्ति जनाउँदै पराजुलीले समितिले सरकारलाई निर्देशन दिनसक्ने भन्दै मन्त्रीले समितिमाथिको काम कारबाहीमा औंला उठाउन नपाउने बताए । समितिमा कामकारबाही कसरी अघि बढेको छ भन्नेबारेमा जानकारी गराउने जिम्मेवारी सभापतिको भएको पराजुलीको भनाइ थियो ।

समितिमा विधेयक पठाउन नसक्नु मन्त्रालयको कमजोरी भएको पनि पराजुलीले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— मोरङको कर्सियास्थित उमागौरी सहकारीको २२ करोड रुपैयाँ ठगी प्रकरणकी आरोपित अञ्जला कोइराला १० लाख धरौटीमा थुनामुक्त भएकी छन् । प्रतिनिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला जिल्ला अदालत मोरङले तोकेको १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएकी हुन् । तीन सातादेखि फरार रहेकी अञ्जला अदालतमा उपस्थित भएकै दिन न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले थुनछेक बहस सकेर ...
— जगदुल्ला जलविद्युत् आयोजनाको १६ अर्बको ठेक्कामा मिलेमतो गराउन ठेकेदारहरूबीच चेक लेनदेन गराएको आरोपमा अख्तियारको अनुसन्धानमा रहेका ऊर्जामन्त्री दीपक खड्काले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने प्रक्रिया स्वरूप स्पष्टीकरण सोधेका छन् । मन्त्री अध्यक्ष रहने प्राधिकरणको बोर्डको बैठकमा ‘नोट अफ डिसेन्ट’ लेखेर सरकारलाई अवज्ञा गरेको, सरकारले सोधेका स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको र आफ्नो कार्यसम्पादन मूल्यांकनसमेत समयमा ...
— माओवादी अध्यक्ष पुष्पकमल दाहालले माओवादी सिध्याउन खोज्नेहरूले संक्रमणकालीन न्यायसम्बन्धी काम टुंग्याउन नदिएको टिप्पणी गरेका छन् । शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सडकबाट समेत दबाब सिर्जना गर्नुपर्ने अवस्था आएको उनले बताएका छन् । राज्यद्वारा बेपत्ता पारिएका राजेन्द्र ढकालको २६ औं स्मरण दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिक सार्वजनिकीकरणको सवाल’ कार्यक्रममा दाहालले राजनीतिक कारणले संक्रमणकालीन ...
— माओवादी केन्द्रीय सदस्यहरूले नेताहरूको सम्पत्ति छानबिन गर्न माग गरेका छन् । काठमाडौंमा जारी केन्द्रीय समितिको बैठकमा सदस्यहरूले पार्टीका नेताहरूको कार्यशैली भड्किलो र आयस्रोत अपारदर्शी भएको भन्दै सम्पत्ति छानबिन गर्न माग गरेका हुन् । बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले आइतबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा फागुन १ भित्र सम्पत्ति विवरण बुझाउन र लेखा आयोगले अनुगमन गर्ने प्रस्ताव गरेका छन् । ...
— सहकारीको बचत गोर्खा मिडियामा आएको विषयमा आफूलाई जानकारी नै नभएको दाबी गर्दै आएका गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले काटेका चेकको हस्ताक्षर फरेन्सिक परीक्षणबाट पनि प्रमाणित भएको छ । कम्पनीको प्रबन्ध निर्देशकका रूपमा लामिछानेले १५ महिनामा ८२० चेक काटेका थिए, जसमा चार दर्जन चेक सहकारीको ऋण भुक्तानीका लागि काटिएका थिए । पोखराको सूर्यदर्शन सहकारीमा ‘पुलेसो कर्जा’ शीर्षकमा ...