मुख्य समाचार
लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजनाको मस्यौदा पारित
लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजनाको मस्यौदा पारित

— लुम्बिनी प्रदेश योजना आयोगले तयार पारेको दोस्रो आवधिक योजनाको मस्यौदा निर्देशक समितिले पास गरेको छ । प्रदेश योजना आयोगका उपाध्यक्ष डिल्लीराज अर्यालको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले दोस्रो आवधिक योजनाको मस्यौदा पारित गरेर विकास परिषद्‍मा पठाउने निर्णय गरेको हो ।




विकास परिषद्‍बाट पारित भएपछि मस्यौदा मन्त्रिपरिषद् बैठकमा पेस हुनेछ । प्रदेश मन्त्रिपरिषद्ले पारित गरेपछि दोस्रो आवधिक योजना कार्यान्वयनमा आउने प्रदेश योजना आयोगका उपाध्यक्ष अर्यालले बताए । ‘योजना आयोगले लामो समयको अध्ययन, छलफलपछि तयार भएको योजनाको अन्तिम दस्ताबेजलाई निर्देशक समितिको सल्लाह र सुझाव समेटेर परिषद्‍मा पठाउने निर्णय गरेका छौं,’ उनले भने, ‘परिषद्‍मा आवश्यकताअनुसारको छलफलपछि मन्त्रिपरिषद्‍मा पेस हुनेछ ।’


आवधिक योजनाले प्रदेशको समग्र विकासको आधार प्रदान गर्ने उनले बताए । योजनाको छलफल गर्न बसेको निर्देशक समितिको बैठकमा बैठकमा नेपाल राष्ट्र बैंक, तथ्यांक कार्यालय, गैरसरकारी संस्था महासंघ, जिल्ला समन्वय समिति महासंघ, नगरपालिका महासंघ, गाउँपालिका महासंघ र प्रदेश सरकारका सचिवहरूको सहभागिता रहेको थियो ।

दोस्रो आवधिक योजनाले आगामी ५ वर्षका लागि १५ खर्ब बराबरको लगानी प्रक्षेपण गरेको छ । आयोगका सदस्य सुदनकुमार वलीले आवधिक योजनामा सार्वजनिक क्षेत्रको ३६ प्रतिशत, निजी क्षेत्रको ६० प्रतिशत र सामुदायिक एवं सहकारीबाट ४ प्रतिशत गरी १५ खर्बको लगानीको प्रक्षेपण गरिएको बताए । ‘त्यसमा संघीय, प्रदेश, स्थानीय सरकार निजी क्षेत्र लगायतलाई साझेदार संस्थाका रूपमा लगानीका लागि प्रेरित गरिएको छ,’ उनले भने, ‘आवधिक योजना कार्यान्वयनको अन्तिम चरणमा प्रदेशको औसत आर्थिक वृद्धिदर ७ दशमलव १६ प्रतिशत पुग्ने प्रक्षेपण छ ।’ पाँच वर्षे आवधिक योजनाअन्तर्गत अहिले ८ खर्ब १४ अर्बको कुल गार्हस्थ उत्पादन बढेर साढे ११ खर्बमा पुग्ने लक्ष्य निर्धारण गरिएको पनि वलीले बताए । ‘समृद्ध लुम्बिनी, खुसी’ नागरिकको सोच पुरा गर्न आवधिक योजनाले दिशा निर्देश गर्ने विश्वास गरिएको छ ।

वर्गीकृत विज्ञापन
पोस्ट गर्नुहोस्
भाडामा
असन बाङ्गेमुढामा कोठ–३, किचे न–१, बाथरुम–१

सम्पर्क: 9851020183
विविध विक्रिमा
प्रयोग भैसकेको अग्राखकाठको झ्यालढोका चौकस

सम्पर्क: ९८५१०५२२९०
उपचार
यौनशक्ति Extratime साईजबढाउने HerbalSuppliment Freedelivery

सम्पर्क: ९८५११४७८१०
घर जग्गा
बारा जिल्ला निजगढ बडहर्वामा आकर्षक घडे रीहरू सस्तो मुल्यमा बिक्रि

सम्पर्क: ९७०२०४५०२२, ९८४९७०२४०५
निर्माण सफाई
ठुलोगाडीमामे सिनबाट सेफ्टीट्याङ्की ढलमंगाल जामखोल्ने

सम्पर्क: 9849442728
चाहियो
चीनको तिब्बतमा रहेको झोङ्झाउ कम्पनीको लागी हस्तकला गर गहना बनाउने कामदार को आबश्यकता तलब १देखि२लाख सम्म आफ्नो यो ग्यता अनुसार खानबस्न सुबिधा

सम्पर्क: 9849054119, 9841317128
सबै हेर्नुहोस्
प्रदेश सरकारका प्रवक्ता एवं कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले सरकार अबको ५ वर्षमा प्रदेशको विकास अवस्था कहाँ पुग्नेछ भन्ने स्पष्ट खाकासहितको आवधिक योजना तयारीको अन्तिम चरणमा पुगेको बताए । ‘सरकारको आवधिक योजना निर्माणमा केही ढिलाइ भएको छ, तर, अब आवधिक योजना निर्माण अन्तिम अवस्थामा पुगेको छ,’ उनले भने, ‘सरकारले केही दिनभित्रै विकास परिषदको बैठक आह्वान गर्नेछ, त्यसपछि आवधिक योजना मन्त्रिपरिषद् बैठकमा पेस हुनेछ ।’

Sunrise bank
Nepal Life Insurance

योजना आयोगको निर्देशक समितिले पारित गरेको आवधिक योजनाको छलफलका लागि पेस हुने विकास परिषद्‍मा मुख्यमन्त्री, प्रदेशका ११ जना मन्त्री, प्रदेश प्रमुख सचिव, प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेता ७ जना, प्रदेशसभाका विषयगत समितिका सभापति ७ जना, योजना आयोगका उपाध्यक्ष, सदस्य, प्रदेश मन्त्रालयका सचिव, स्थानीय तहका प्रतिनिधि १२ जना र सदस्यसचिव १ गरी ८१ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— मोरङको कर्सियास्थित उमागौरी सहकारीको २२ करोड रुपैयाँ ठगी प्रकरणकी आरोपित अञ्जला कोइराला १० लाख धरौटीमा थुनामुक्त भएकी छन् । प्रतिनिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला जिल्ला अदालत मोरङले तोकेको १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएकी हुन् । तीन सातादेखि फरार रहेकी अञ्जला अदालतमा उपस्थित भएकै दिन न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले थुनछेक बहस सकेर ...
— जगदुल्ला जलविद्युत् आयोजनाको १६ अर्बको ठेक्कामा मिलेमतो गराउन ठेकेदारहरूबीच चेक लेनदेन गराएको आरोपमा अख्तियारको अनुसन्धानमा रहेका ऊर्जामन्त्री दीपक खड्काले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने प्रक्रिया स्वरूप स्पष्टीकरण सोधेका छन् । मन्त्री अध्यक्ष रहने प्राधिकरणको बोर्डको बैठकमा ‘नोट अफ डिसेन्ट’ लेखेर सरकारलाई अवज्ञा गरेको, सरकारले सोधेका स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको र आफ्नो कार्यसम्पादन मूल्यांकनसमेत समयमा ...
— माओवादी अध्यक्ष पुष्पकमल दाहालले माओवादी सिध्याउन खोज्नेहरूले संक्रमणकालीन न्यायसम्बन्धी काम टुंग्याउन नदिएको टिप्पणी गरेका छन् । शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सडकबाट समेत दबाब सिर्जना गर्नुपर्ने अवस्था आएको उनले बताएका छन् । राज्यद्वारा बेपत्ता पारिएका राजेन्द्र ढकालको २६ औं स्मरण दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिक सार्वजनिकीकरणको सवाल’ कार्यक्रममा दाहालले राजनीतिक कारणले संक्रमणकालीन ...
— माओवादी केन्द्रीय सदस्यहरूले नेताहरूको सम्पत्ति छानबिन गर्न माग गरेका छन् । काठमाडौंमा जारी केन्द्रीय समितिको बैठकमा सदस्यहरूले पार्टीका नेताहरूको कार्यशैली भड्किलो र आयस्रोत अपारदर्शी भएको भन्दै सम्पत्ति छानबिन गर्न माग गरेका हुन् । बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले आइतबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा फागुन १ भित्र सम्पत्ति विवरण बुझाउन र लेखा आयोगले अनुगमन गर्ने प्रस्ताव गरेका छन् । ...
— सहकारीको बचत गोर्खा मिडियामा आएको विषयमा आफूलाई जानकारी नै नभएको दाबी गर्दै आएका गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले काटेका चेकको हस्ताक्षर फरेन्सिक परीक्षणबाट पनि प्रमाणित भएको छ । कम्पनीको प्रबन्ध निर्देशकका रूपमा लामिछानेले १५ महिनामा ८२० चेक काटेका थिए, जसमा चार दर्जन चेक सहकारीको ऋण भुक्तानीका लागि काटिएका थिए । पोखराको सूर्यदर्शन सहकारीमा ‘पुलेसो कर्जा’ शीर्षकमा ...