मुख्य समाचार
‘च्याटजीपीटी’ का निर्माता साम अल्टम्यानविरुद्ध उनकै बहिनीले यौन दुर्व्यवहारको आरोप
‘च्याटजीपीटी’ का निर्माता साम अल्टम्यानविरुद्ध उनकै बहिनीले यौन दुर्व्यवहारको आरोप

— अहिलेको सर्वाधिक चर्चित जेनेरेटिभ एआई टुल ‘च्याटजीपीटी’ का निर्माता साम अल्टम्यानविरुद्ध उनकै बहिनीले यौन दुर्व्यवहारको आरोप लगाएकी छन् । यो खबरले अहिले प्रविधि क्षेत्र तरंगित छ । सामकी बहिनी एन अल्टम्यानले आफू सानो छँदा दाजुले नियमित यौन दुर्व्यवहार गर्ने गरेको आरोप लगाउँदै मुद्दा दायर गरेकी छन् ।


सन् १९९७ देखि २००६ सम्म सामले नियमित यौन दुर्व्यवहार गरेको एनले दायर निवेदनमा उल्लेख छ । दुर्व्यवहारका क्रियाकलापहरू ‘हप्तामा धेरैपल्ट’ हुने गरेको एनको दाबी छ । बीबीसीका अनुसार यो मुद्दा जनवरी ६ मा अमेरिकाको मिजोरी जिल्ला अदालतमा दायर गरिएको थियो । निवेदनमा एनले आफू तीन वर्षकी हुँदादेखि नै दाजुले यौन दुर्व्यवहार शुरु गरेको र त्यो बेला उनी १२ वर्षका रहेको उल्लेख गरेकी छन् ।


सामले भने ती सबै आरोप गलत भएको भन्दै सामाजिक सञ्जाल प्लाटफर्म ‘एक्स’ मा लामो वक्तव्य जारी गरेका छन् । उनले आमा कोनी अल्टम्यान र दुई दाजु ज्याक र म्याक्स अल्टम्यानसहित संयुक्त वक्तव्य जारी गर्दै एनले लगाएका आरोप अस्वीरका गरेका छन् ।

‘यी सबै आरोप पूर्णरूपमा असत्य हुन्,’ वक्तव्यमा भनिएको छ, ‘मानसिक स्वास्थ्य समस्या भोगिरहेका परिवारको सदस्यको हेरचाह गर्नु असाध्यै चुनौतीपूर्ण हुने रहेछ ।’ बहिनीलाई आफूले नियमित वित्तीय सहायता प्रदान गर्नुका साथै उनको खर्चपानी, भाडा, बिल तिरिदिने गरेको र घर किन्दिने प्रस्तावसमेत गरेको तथापी बहिनीले ‘निरन्तर आफूहरूसँग थप पैसा मागिरहने’ सामले बताएका छन् ।

आरोपपत्रमा दुर्व्यवहारको अन्तिम घटना साम वयस्क भइसकेपछि र एन नाबालिग छँदा भएको सीएनबीसीको समाचारमा उल्लेख छ । एनले यसअघि पनि एक्स लगायत सामाजिक सञ्जाल प्लाटफर्महरूमा आफ्ना दाजुविरुद्ध यस्तै आरोप लगाउने गरेको भए पनि यसपाली पहिलोपटक उनले अदालतमा मुद्दा नै दायर गरेकी सीएनबीसीले जनाएको छ ।

एनले अदालतमा पेश गरेका कागजातअनुसार सामले उनलाई ‘ग्रुमिङ र म्यानिपुलेसन’ अर्थात यौन शोषण गर्ने उदेश्यले ललाइफकाइ वा धम्क्याउने गरेका थिए । उनले धेरै वर्षसम्म आफूमाथि यौन दुर्व्यवहार गरेको एनको आरोप छ । आफूमाथि ‘बलात्कार, यौन दुर्व्यवहार, अप्राकृतिक यौन सम्बन्ध, शारीरिक आक्रमण’ हुने गरेको बताएकी छन् । यस घटनाबाट आफूले ‘गम्भिर शारीरिक चोटपटक’, भावनात्मक पिडा र डिप्रेसन भोगेको उनले उल्लेख गरेकी छन् ।

त्यस्ता चोटपटकको धेरैपल्ट उपचार गरेको र मानसिक स्वास्थका लागि धेरै खर्च गरेको एनको दाबी छ । सामले भने एनलाई सहयोग गर्न र उनको स्वास्थ अवस्था सुधार गर्न विगतका वर्षहरूदेखि नै आफूले धेरै तरिकाले प्रयास गर्दै आएको बताएका छन् । ‘यो स्थितिले हाम्रो सम्पूर्ण परिवारलाई नै अत्यन्तै पिडा पुर्‍याएको छ,’ सामको वक्तव्यमा भनिएको छ ।



एनले निवेदनमा जुरी ट्रायल र ७५ हजार डलरभन्दा बढी क्षतिपूर्तिको माग गरेकी छन् । अमेरिकी न्याय प्रणालीमा जुरी ट्रायलको पनि प्रचलन छ । यसमा मुद्दाको सुनुवाइ र फैसलामा न्यायाधिशसँगै साधारण नागरिकहरूको समूह (जुरी) ले पनि भाग लिने गर्छन् । जुरी सदस्यहरू जनताबाट चुनिने भएकाले यो प्रणालीलाई जनताको प्रतिनिधित्वको रूपमा हेरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पश्चिम अफ्रिकी मुलुक मालीका रक्षामन्त्री सादियो केमाराको एक आत्मघाती ट्रक विष्फोटमा मृत्यु भएको छ । राजधानी बमाको नजिकै रहेको निवासमा भएको आत्मघाती ट्रक विष्फोटमा उनको मृत्यु भएको हो । रक्षामन्त्री केमाराका परिवारले उनको मृत्यु आत्मघाती ट्रक विष्फोटमा भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार घटनाको केही घण्टापछि मालीको सरकारी टेलिभिजनले विष्फोटमा गम्भीर घाइते ...
। अमेरिकी केन्द्रीय बैङ्क फेडरल ‘रिजर्भ’ ले आगामी बैठकमा ब्याजदर यथावत राख्ने सम्भावना उच्च देखिएको छ, जसलाई विश्लेषकहरूले हालको आर्थिक र भूराजनीतिक अवस्थासँग जोडेर हेरेका छन् । अहिले ब्याजदर ३.५० प्रतिशत देखि ३.७५ प्रतिशत को दायरामा छ र यसलाई परिवर्तन नगरी कायम राख्ने अपेक्षा गरिएको छ । यसको मुख्य कारण मध्यपूर्वमा जारी युद्ध हो, जसले विश्वव्यापी ...
: क्युरियोसिटी रोभरले मंगल ग्रहमा पहिलो पटक गरिएको प्रयोगमा जीवनका ‘निर्माण ब्लक’ पत्ता लगाएको छ । क्युरियोसिटी रोभरले मंगल ग्रहमा अहिलेसम्म फेला परेको सबैभन्दा विविध प्रकारका जैविक अणुहरू फेला पारेको छ । जसमा सात वटा यस्ता यौगिकहरू पनि छन् जुन यसअघि रातो ग्रहमा कहिल्यै भेटिएका थिएनन् । यी कार्बनयुक्त यौगिकहरू त्यही ‘निर्माण ब्लक’ हुन् जसले पृथ्वीमा ...
: इरानी विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका फिल्ड मार्सल असिम मुनीरबीच भेटवार्ता भएको छ। अराघची शुक्रबार र शनिबारको मध्यरातमा इस्लामाबाद आइपुगेका हुन्। उनको यस भ्रमणका क्रममा अमेरिकासँगको बैठकको कुनै औपचारिक योजना भने प्रस्ताव गरिएको छैन्। अराघचीले शुक्रबार 'एक्सु (ट्विटर) मा एक पोस्ट गर्दै पाकिस्तानको भ्रमणपछि आफू ओमान र रुसको यात्रामा जाने जानकारी दिएका थिए। इरानी सरकारी ब्रोडकास्टरले ...
इरानी सेनाले अमेरिकाले होर्मुजको जलडमरूको नाकाबन्दी जारी राखेमा जवाफी कारबाही गरिने चेतावनी दिएको छ। सेनाको कमाण्ड सेन्टरद्वारा जारी गरिएको विज्ञप्तिमा अमेरिकी सेनाले यस क्षेत्रमा नाकाबन्दी, समुन्द्री लुटपाट र डकैती जारी राखेमा इरानी सेनाबाट जवाफी कारबाहीको सामना गर्नुपर्ने उल्लेख छ। अप्रिल १३ मा इरानी बन्दरगाहहरूमा समुद्री यातायातमा नाकाबन्दी लगाएदेखि अमेरिकाले धेरै जहाजहरूलाई नियन्त्रणमा लिएको छ। यो मुद्दा ...