मुख्य समाचार
डोनाल्ड ट्रम्पलाई फ्रान्स र जर्मनीले चेतावनी
डोनाल्ड ट्रम्पलाई फ्रान्स र जर्मनीले चेतावनी

— डेनमार्कको स्वायत्त क्षेत्र ग्रीनल्याण्ड अमेरिकाका आवश्यक रहेको बताउँदै आएका डोनाल्ड ट्रम्पलाई फ्रान्स र जर्मनीले चेतावनी दिएका छन् । दुवै देशले युरोपेली संघका कुनै पनि सदस्य राष्ट्रको सार्वभौम सीमामाथि आक्रमण हुन नदिने भन्दै अमेरिकाका आगामी राष्ट्रपति ट्रम्पलाई चेतावनी दिएका हुन् ।

गत नोभेम्बर ५ मा भएको चुनावबाट राष्ट्रपतिमा निर्वाचित ट्रम्पले जनवरी २० मा पदभार ग्रहण गर्दैछन् । ग्रीनल्याण्ड टापु अमेरिकाको राष्ट्रिय र आर्थिक सुरक्षाको लागि महत्वपूर्ण भएको बताउँदै आएका छन् । मंगलबार उनले ग्रीनल्याण्ड अमेरिकाका लागि आवश्यक भएको दोहोर्‍याएका थिए ।

त्यसको प्रतिक्रियामा फ्रान्सका विदेशमन्त्री जाँ-नोएल ब्यारोटले 'युरोपेली संघले संसारका अन्य जुनसुकै राष्ट्र भएपनि तिनीहरूलाई आफ्नो सार्वभौम सीमामा आक्रमण गर्न नदिने' बताएका हुन् । अमेरिकाले ग्रीनल्याण्डमा आक्रमण गर्न लागेकोमा आफूले विश्वास नगर्ने ब्यारोटको भनाइ छ । त्यस्तै, जर्मन सरकारका प्रवक्ता स्टेफेन हेबेस्ट्रेटले ट्रम्पको टिप्पणीको प्रतिक्रियामा सीमाहरू बलपूर्वक सार्न नुहनेमा जर्मनी सधैं दृढ रहेको बताएका छन् ।

यसअघि ग्रिनल्यान्डका प्रधानमन्त्री म्युट एगेडले ट्रम्पलाई ‘ग्रीनल्याण्ड बिक्रीका नभएको र बिक्रीका लागि उपलब्ध नहुने बताएका थिए । ‘हामीले हाम्रो स्वतन्त्रताको लामो संघर्ष गुमाउनु हुँदैन । यद्यपि, हामीले सम्पूर्ण विश्व, विशेष गरी हाम्रा छिमेकीहरूसँग सहकार्य र व्यापारका लागि खुला रहनुपर्छ,’ उनले भनेका थिए ।

ट्रम्पले यसअघि २०१९ अगस्टमा पनि ग्रिनल्यान्ड ‘किन्न’ चाहेको बताएका थिए । तर डेनमार्कका तत्कालीन प्रधानमन्त्री मेट फ्रेडरिक्सनले ‘ग्रिनल्यान्ड बिक्रीका लागि नभएको’ घोषणा गरेकी थिइन् । उनी २०१९ जुनदेखि निरन्तर डेनमार्कको प्रधानमन्त्री छिन् ।

‘भूमध्यसागरको मोती’ भनेर चिनिने ग्रिनल्यान्ड टापु डेनमार्कको स्वशासित भूभाग हो । यो सन् १७२१ देखि डेनमार्कको भूभागका रूपमा रहेको छ । ग्रिनल्यान्डका बासिन्दा पूर्ण रूपमा डेनमार्कका नागरिक हुन् । क्यानडाको आर्कटिक द्वीप समूहको पूर्वमा पर्ने ग्रिनल्यान्ड आर्कटिक र एट्लान्टिक महासागरको बीचमा अवस्थित छ । २१ लाख ८४ हजार वर्ग किमि क्षेत्रफलको ग्रिनल्यान्ड संसारको सबैभन्दा ठूलो टापु हो ।



उत्तरी अमेरिका महादेशको भाग भए पनि ग्रिनल्यान्ड सन् १९६८ देखि राजनीतिक र सांस्कृतिक रूपमा युरोप (खासगरी नर्वे र डेनमार्क) सँग निकट छ । ग्रिनल्यान्ड खनिज, तेल र प्राकृतिक ग्यासमा धनी छ । तर अर्थतन्त्र माछा मार्ने व्यवसाय र डेनमार्कले दिने वार्षिक अनुदानमा भर पर्ने भएकाले ग्रिनल्यान्डको विकासको गति भने सुस्त छ ।

ग्रिनल्यान्डको उत्तरपश्चिम तटीय क्षेत्रमा अमेरिकी अन्तरिक्ष फौजको पिटुफिक हवाई आधार शिविर छ । जसका कारण ग्रिनल्यान्ड अमेरिकी सेना र यसको बलिस्टक क्षेप्यास्त्र चेतावनी प्रणालीका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण छ । अमेरिकाका पूर्वराष्ट्रपति ह्यारी ट्रुम्यानले पनि एक पटक ग्रिनल्यान्ड खरिदको प्रस्ताव गरेको समेत ट्रम्पले दोहोर्‍याएका छन् । ट्रुम्यानले सन् १९४६ मा १० करोड अमेरिकी डलरमा खरिद गर्ने प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पश्चिम अफ्रिकी मुलुक मालीका रक्षामन्त्री सादियो केमाराको एक आत्मघाती ट्रक विष्फोटमा मृत्यु भएको छ । राजधानी बमाको नजिकै रहेको निवासमा भएको आत्मघाती ट्रक विष्फोटमा उनको मृत्यु भएको हो । रक्षामन्त्री केमाराका परिवारले उनको मृत्यु आत्मघाती ट्रक विष्फोटमा भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार घटनाको केही घण्टापछि मालीको सरकारी टेलिभिजनले विष्फोटमा गम्भीर घाइते ...
। अमेरिकी केन्द्रीय बैङ्क फेडरल ‘रिजर्भ’ ले आगामी बैठकमा ब्याजदर यथावत राख्ने सम्भावना उच्च देखिएको छ, जसलाई विश्लेषकहरूले हालको आर्थिक र भूराजनीतिक अवस्थासँग जोडेर हेरेका छन् । अहिले ब्याजदर ३.५० प्रतिशत देखि ३.७५ प्रतिशत को दायरामा छ र यसलाई परिवर्तन नगरी कायम राख्ने अपेक्षा गरिएको छ । यसको मुख्य कारण मध्यपूर्वमा जारी युद्ध हो, जसले विश्वव्यापी ...
: क्युरियोसिटी रोभरले मंगल ग्रहमा पहिलो पटक गरिएको प्रयोगमा जीवनका ‘निर्माण ब्लक’ पत्ता लगाएको छ । क्युरियोसिटी रोभरले मंगल ग्रहमा अहिलेसम्म फेला परेको सबैभन्दा विविध प्रकारका जैविक अणुहरू फेला पारेको छ । जसमा सात वटा यस्ता यौगिकहरू पनि छन् जुन यसअघि रातो ग्रहमा कहिल्यै भेटिएका थिएनन् । यी कार्बनयुक्त यौगिकहरू त्यही ‘निर्माण ब्लक’ हुन् जसले पृथ्वीमा ...
: इरानी विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका फिल्ड मार्सल असिम मुनीरबीच भेटवार्ता भएको छ। अराघची शुक्रबार र शनिबारको मध्यरातमा इस्लामाबाद आइपुगेका हुन्। उनको यस भ्रमणका क्रममा अमेरिकासँगको बैठकको कुनै औपचारिक योजना भने प्रस्ताव गरिएको छैन्। अराघचीले शुक्रबार 'एक्सु (ट्विटर) मा एक पोस्ट गर्दै पाकिस्तानको भ्रमणपछि आफू ओमान र रुसको यात्रामा जाने जानकारी दिएका थिए। इरानी सरकारी ब्रोडकास्टरले ...
इरानी सेनाले अमेरिकाले होर्मुजको जलडमरूको नाकाबन्दी जारी राखेमा जवाफी कारबाही गरिने चेतावनी दिएको छ। सेनाको कमाण्ड सेन्टरद्वारा जारी गरिएको विज्ञप्तिमा अमेरिकी सेनाले यस क्षेत्रमा नाकाबन्दी, समुन्द्री लुटपाट र डकैती जारी राखेमा इरानी सेनाबाट जवाफी कारबाहीको सामना गर्नुपर्ने उल्लेख छ। अप्रिल १३ मा इरानी बन्दरगाहहरूमा समुद्री यातायातमा नाकाबन्दी लगाएदेखि अमेरिकाले धेरै जहाजहरूलाई नियन्त्रणमा लिएको छ। यो मुद्दा ...