मुख्य समाचार
भूकम्पको पीडामा चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताका साथमा छौँ : माओवादी केन्द्र
भूकम्पको पीडामा चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताका साथमा छौँ : माओवादी केन्द्र

— नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्यी काउन्टी केन्द्रबिन्दु रहेको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेको छ ।




माओवादीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले बुधबार वक्तव्य जारी गरी यस दुःखको घडीमा आफ्नो पार्टी चिनियाँ कम्युनिष्ट पार्टी, चीन सरकार र चिनियाँ जनाताको साथमा रहेको उल्लेख गरेका छन् । माओवादीले भूकम्पमा परी मृत्यु भएका चिनियाँ नागरिकप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ । माओवादीले भूकम्पमा परेका नागरिकको खोज तथा उद्धार र पुनःस्थापनाका प्रयासमा सफलता मिलोस् भनी शुभेच्छा व्यक्त गरेको छ ।


नेपालमा पनि भूकम्पको धक्का महसुस गरिए पनि मानवीय क्षति नभएको जानकारी प्राप्त भएको उल्लेख गर्दै माओवादीले पराकम्प आउनसक्ने भएकाले चनाखो र सतर्क रहन सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रुकुम पूर्वमा जीप दुर्घटना भएको छ । कास्कीको पोखराबाट रुकुम पूर्वको रुकुमकोट आउँदै गरेको ग १ ज ७१०८ नम्बरको जीप आज बिहान ३ बजेर ३० मिनेटमा सिस्ने गाउँपालिका-५ धारापानीमा दुर्घटना भएको हो। दुर्घटनामा परेर चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक तथा (डिएसपी) माधव राज खरेलले जानकारी दिएका छन्। ...
— स्रोत नखुलेको पाँच लाख नेपाली रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला माधवपुर ग्राम पञ्चायत वडा नं ६ बस्ने रवि कुमार रहेका छन् । आज(बिहीबार) महोत्तरीको मटिहानी नपा–८ मटिहानी सीमा इलाकाबाट उनी स्रोत नखुलेको नेपाली रुपैयाँसहित पक्राउ परेका हुन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल बीओपी मटिहानीबाट खटिएको सशस्त्र ...
: संसदीय समितिले वायुसेवा निगमको व्यवसायिक योजनालाई पूर्णरुपमा कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति बैठकले नेपाल वायुसेवा निगमको व्यवसायिक योजनालाई पूर्णरुपमा कार्यान्वयनमा ल्याई सोको प्रगति समितिमा पेश गर्न निर्देशन दिएको हो। त्यस्तै बैठकले भैरहवा र पोखरा अन्तराष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सम्बद्ध निकायहरुबीच सम्झौता, समन्वय ...
: प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव र नेमकिपा सांसद प्रेम सुवालबीच भनाभन भएको छ। बिहीबार सिंहदरबारमा बसेको समिति बैठकमा निर्णय सुनाउने क्रममा आफ्नो असहमतिलाई सभापतिले बेवास्ता गरेको भन्दै सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित भएका थिए । सो क्रममा भनाभन भएको हो । सांसद सुवालले आफ्नो असहमति राख्दै गर्दा सभापति यादवले ...
— राजनीतिक स्थिरता, सुशासन र आर्थिक संमृद्धिको नारा दिएर कांग्रेस-एमाले गठबन्धन सरकार बनेको ६ महिना बितेपनि जनतामा आशा जगाउन सकेको छैन । तर सरकार आफैँले निर्धारण गरेका प्राथमिकता अघि बढाउन नसकेको भन्दै आलोचना हुन थालेको छ । हालै नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा भने पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ६ महिनामा थुप्रै सुधारका ...