मुख्य समाचार
'देउवा, ओली र प्रचण्डबीच सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्म जाने दौड छ'
'देउवा, ओली र प्रचण्डबीच सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्म जाने दौड छ'

— राजनीतिक स्थिरता, सुशासन र आर्थिक संमृद्धिको नारा दिएर कांग्रेस-एमाले गठबन्धन सरकार बनेको ६ महिना बितेपनि जनतामा आशा जगाउन सकेको छैन । तर सरकार आफैँले निर्धारण गरेका प्राथमिकता अघि बढाउन नसकेको भन्दै आलोचना हुन थालेको छ ।


हालै नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा भने पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ६ महिनामा थुप्रै सुधारका कार्यहरू गरेको दाबी गरे ।


ओली सरकारका ६ महिना, पछिल्ला राजनीतिक समीकरण र अर्थतन्त्र सुधारका विषयमा पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईसँग कान्तिपुरले गरेको संक्षिप्त कुराकानी :

कांग्रेस-एमाले गठबन्धन सरकार बनेको ६ महिनाको अवधिलाई कसरी लिनुहन्छ ?

अघिल्लो सरकार र यो सरकारबीच गुणात्मक अन्तर पाउँदिन । दुवै सरकारका प्रधानमन्त्री (दाहाल र ओली) को गफ नै धेरै छ । नेपालको अर्थतन्त्र सुधार गर्न संरचना बदल्न प्रयत्न छैन । एमाले माओवादीका दुई ठूला बैठक भए । त्यहाँ आर्थिक वृद्धिको बहस नै भएन । आरोप प्रत्यारोप मात्र चल्यो । कांग्रेस, एमाले र माओवादीले सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्म ध्यान दिएको देख्छु । उहाँहरू तीन जना (कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहाल) ले पालैपालो सत्ता चलाइरहनुभएको छ । उहाँहरूसँग मुलुकको आर्थिक समृद्धिको स्पष्ट खाका छैन ।

तर प्रधानमन्त्री ओलीले त मुलुकको अर्थतन्त्रमा सुधार भएको दाबी गर्नुभएको छ नि ?

त्यो तथ्याङ्कले पुष्टि गर्नुपर्‍यो नि । अहिले मुलुकको आर्थिक वृद्धि ३ देखि ४ प्रतिशत मात्रै छ । यसले पुग्दैन । दुई अंकको आर्थिक वृद्धि हुनुपर्छ। हाम्रो जस्तो गरिव देशमा बैंकमा पैसा थुप्रिएको छ । बैंकमा पैसा थुप्रिनु भनेको अर्थतन्त्र संकटमा हो भनेर बुझ्नुपर्छ । त्यहाँ उत्पादनका लागि लगानी छैन भन्ने बुझ्नुपर्छ। रेमिट्यान्सले देशको अर्थतन्त्र धानेको छ ।

अर्थतन्त्रमा सुधार किन हुन नसकेको हो त ?

तीन दलका नेतृत्वमा दृष्टिकोण भएन । भाषा फरक भए पनि देउवा, ओली र प्रचण्डको ध्यान उत्पादन होइन, सत्तामै छ । अनुकूल लगानीको वातावरण बनाई स्वदेश उद्योग स्थापना गर्ने दृष्टिकोण छैन । कम्युनिस्ट नाम मात्रका छन्। कम्युनिस्ट सरकार भएको बेला सके बन्द उद्योग चलाउनुपर्‍यो, नसके थप नयाँ उद्योग खोल्नु पर्‍यो । माओवादी प्रचण्डपथधारीको खाली सत्तामा जाने, कार्यकर्ता व्यवस्थापन गर्ने, ठेक्कापट्टामा कमिसन लिएर पार्टी चलाउने ध्यान छ । तिनै पार्टीले राज्यको दोहन गरी पार्टी चलाउँदै आएका छन्। अहिलेसम्म कांग्रेस, एमाले र माओवादीको ब्रान्ड बिकेको छ । । यसको सुधारमा वैकल्पिक शक्ति आउनुपर्छ भनेका छौँ । तर त्यसले ठोस आकार लिइसकेको छैन ।

माओवादी अध्यक्ष दाहालले आफ्नो सरकारले राम्रो काम गरेको दाबी गर्दै आउनुभएको छ नि ?

प्रचण्डको सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्म जाने दौड छ । उनले मुलुकमा उत्पादन बढाउन ठूला उद्योग स्थापना, कृषि क्षेत्रमा लगानी, निर्यात बढाउने, आयात कम गर्ने आधार किन बनाउन नसकेको ? शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन किन नसकेको ? मुख्य कुरा सत्ता जोगाउने ध्यान भएपछि अरु आर्थिक समृद्धि गफ मात्रै हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रुकुम पूर्वमा जीप दुर्घटना भएको छ । कास्कीको पोखराबाट रुकुम पूर्वको रुकुमकोट आउँदै गरेको ग १ ज ७१०८ नम्बरको जीप आज बिहान ३ बजेर ३० मिनेटमा सिस्ने गाउँपालिका-५ धारापानीमा दुर्घटना भएको हो। दुर्घटनामा परेर चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक तथा (डिएसपी) माधव राज खरेलले जानकारी दिएका छन्। ...
— स्रोत नखुलेको पाँच लाख नेपाली रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला माधवपुर ग्राम पञ्चायत वडा नं ६ बस्ने रवि कुमार रहेका छन् । आज(बिहीबार) महोत्तरीको मटिहानी नपा–८ मटिहानी सीमा इलाकाबाट उनी स्रोत नखुलेको नेपाली रुपैयाँसहित पक्राउ परेका हुन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल बीओपी मटिहानीबाट खटिएको सशस्त्र ...
: संसदीय समितिले वायुसेवा निगमको व्यवसायिक योजनालाई पूर्णरुपमा कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति बैठकले नेपाल वायुसेवा निगमको व्यवसायिक योजनालाई पूर्णरुपमा कार्यान्वयनमा ल्याई सोको प्रगति समितिमा पेश गर्न निर्देशन दिएको हो। त्यस्तै बैठकले भैरहवा र पोखरा अन्तराष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सम्बद्ध निकायहरुबीच सम्झौता, समन्वय ...
: प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव र नेमकिपा सांसद प्रेम सुवालबीच भनाभन भएको छ। बिहीबार सिंहदरबारमा बसेको समिति बैठकमा निर्णय सुनाउने क्रममा आफ्नो असहमतिलाई सभापतिले बेवास्ता गरेको भन्दै सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित भएका थिए । सो क्रममा भनाभन भएको हो । सांसद सुवालले आफ्नो असहमति राख्दै गर्दा सभापति यादवले ...
: पोखराको सूर्यदर्शन सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने धरौटीमा रिहा हुने भएका छन्। बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले सहकारी ठगी प्रकरणका प्रतिवादी लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। सूर्यदर्शन सहकारीका बचतकर्ताको रकम अपचलन गरेको आरोपमा लामिछाने गत ...