: प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव र नेमकिपा सांसद प्रेम सुवालबीच भनाभन भएको छ।
बिहीबार सिंहदरबारमा बसेको समिति बैठकमा निर्णय सुनाउने क्रममा आफ्नो असहमतिलाई सभापतिले बेवास्ता गरेको भन्दै सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित भएका थिए । सो क्रममा भनाभन भएको हो ।
सांसद सुवालले आफ्नो असहमति राख्दै गर्दा सभापति यादवले अमर्यादित ढंगले नौटंकी गर्ने भनेका थिए । सुवालले समितिका सभापति निरंकुश ढंगले चल्न नहुने बताइरहँदा सभापति यादवले भने निरंकुश भन्ने भन्दै जवाफ फर्काएका थिए।
नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफलपछि निर्णय गर्ने क्रममा समितिमा उपस्थित नभएका सांसदको संयोजकत्वमा उपसमिति बनाइएको भन्दै सांसद सुवालले असहमति जनाएका थिए। आफ्नो असहमतिप्रति बेवास्था गरेको भन्दै सांसद सुवाले आपत्ति जनाएङ्का हुन्। समितिले निगममा देखिएका समस्या र सुधारका उपाय अध्ययन गरि एक महिनाभित्र समितिलाई प्रतिवेदन पेश गर्न समिति सदस्य शिशिर खनालको संयोजकत्वमा नेपाल वायुसेवा निगम अध्ययन उपसमिति गठन गर्ने निर्णय गरेको छ।
यसअघि पनि माओवादी सांसद सुदन किँराती , सांसद सुवाललगायतसँग पनि समितिमा सभापति यादवको भनाभन भएको थियो ।