मुख्य समाचार
अमेरिकामा डढेलोले ५ जनाको मृत्यु, १ लाख ३७ हजार विस्थापित
अमेरिकामा डढेलोले ५ जनाको मृत्यु, १ लाख ३७ हजार विस्थापित

— अमेरिकाको क्यालिफोर्निया राज्यमा फैलिएको भीषण डढेलोका कारण कम्तीमा पाँच जनाको ज्यान गएको छ । डढेलोका कारण ११ सय भन्दा बढी संरचना जलेर नष्ट भएका र १ लाख ३७ हजार जना विस्थापित भएका अधिकारीहरूले जनाएका छन् ।


लस एन्जलस सहरको नयाँ स्थानमा आगो फैलिरहेको छ । अमेरिकी सञ्चार माध्यहरूका अनुसार लस एन्जलस र यसको छिमेकी भेन्चुरा काउन्टीमा ६ स्थानमा डढेलो फैलिइरहेको छ । तीमध्ये पाँच स्थानका डढेलो पूर्ण रूपमा अनियन्त्रित बनेका छन् ।


प्यालिसेड्स, इटन, हर्स्ट र वुड्लीको आगो नियन्त्रणमा आएको छैन । भेन्चुरा काउन्टीको करिब ११ एकड क्षेत्रफलमा डढेलो फैलिएको छ । सबैभन्दा खराब डढेलो प्यासिफिक प्यालिसेड्स क्षेत्रमा फैलिएको छ । सो क्षेत्रको डढेलो सहरको इतिहासकै विध्वंसकारी भएको जनाइएको छ ।

बीबीसीका अनुसार नयाँ डढेलो अमेरिकी फिल्म उद्योग हलिवुड हिल्समा फैलिरहेको छ । त्यसबाहेक बुधबार साँझबाट हलिवुड हिल्समा फैलिएको आगो एक घण्टा भन्दा कम समयमा २० एकडमा फैलिइसकेको छ ।
क्यालिफोर्निया फायर सर्भिसले हलिउड हिल्समा लागेको डढेलोको मात्रा तीव्र रूपमा फैलिरहेको र आगो नियन्त्रणमा कुनै प्रगति नभएको जनाएको छ । अग्नि नियन्त्रकहरूले पानीको चाप कम हुँदा डढेलो नियन्त्रणमा कुनै प्रगति हुन नसकेको जनाएका बीबीसीले उल्लेख गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले डढेलो नियन्त्रणका लागि थप सहयोग उपलब्ध गराउन सेनालाई आदेश दिएका छन् ।
डढेलो फैलिएसँगै धनाढ्यहरूको बसोबास रहेका कतिपय क्षेत्रहरू खाली गराइएको छ । जसका कारण ती स्थानमा लुटपाट हुनसक्ने चेतावनी जारी गरिएको अधिकारीहरूले जनाएका छन् । प्यारिस हिल्टन, बिली क्रिस्टल जस्ता चर्चित कलाकारहरूका निवास नष्ट भएका छन् ।

सीएनएनका अनुसार प्यालिसेड्स क्षेत्रमा १५ हजार ८ सय एकड क्षेत्रमा डेढेलो लागिरहेको छ । उक्त क्षेत्रबा६ ३७ हजार मानिसलाई सुरक्षित स्थानमा पठाइसकिएको छ । १० हजार ६ सय एकड क्षेत्रफलमा डढेलो लागिरहेको इटन क्षेत्रबाट करिब १ लाख मानिसहरू सुरक्षित स्थान सरेका जनाइएको छ ।
इटन क्षेत्रको पासडिनाका मेयर भिक्टर गोर्डोले १ लाख भन्दा बढी स्थानीयलाई अन्यत्र जान चेतावनी जारी गरिएको बताएका छन् । त्यस्तै, हर्स्टमा ८ सय ५५ र लिडियाको ३ सय ४८ एकड भूभाग पनि डढेलोको चपेटामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पश्चिम अफ्रिकी मुलुक मालीका रक्षामन्त्री सादियो केमाराको एक आत्मघाती ट्रक विष्फोटमा मृत्यु भएको छ । राजधानी बमाको नजिकै रहेको निवासमा भएको आत्मघाती ट्रक विष्फोटमा उनको मृत्यु भएको हो । रक्षामन्त्री केमाराका परिवारले उनको मृत्यु आत्मघाती ट्रक विष्फोटमा भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार घटनाको केही घण्टापछि मालीको सरकारी टेलिभिजनले विष्फोटमा गम्भीर घाइते ...
। अमेरिकी केन्द्रीय बैङ्क फेडरल ‘रिजर्भ’ ले आगामी बैठकमा ब्याजदर यथावत राख्ने सम्भावना उच्च देखिएको छ, जसलाई विश्लेषकहरूले हालको आर्थिक र भूराजनीतिक अवस्थासँग जोडेर हेरेका छन् । अहिले ब्याजदर ३.५० प्रतिशत देखि ३.७५ प्रतिशत को दायरामा छ र यसलाई परिवर्तन नगरी कायम राख्ने अपेक्षा गरिएको छ । यसको मुख्य कारण मध्यपूर्वमा जारी युद्ध हो, जसले विश्वव्यापी ...
: क्युरियोसिटी रोभरले मंगल ग्रहमा पहिलो पटक गरिएको प्रयोगमा जीवनका ‘निर्माण ब्लक’ पत्ता लगाएको छ । क्युरियोसिटी रोभरले मंगल ग्रहमा अहिलेसम्म फेला परेको सबैभन्दा विविध प्रकारका जैविक अणुहरू फेला पारेको छ । जसमा सात वटा यस्ता यौगिकहरू पनि छन् जुन यसअघि रातो ग्रहमा कहिल्यै भेटिएका थिएनन् । यी कार्बनयुक्त यौगिकहरू त्यही ‘निर्माण ब्लक’ हुन् जसले पृथ्वीमा ...
: इरानी विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका फिल्ड मार्सल असिम मुनीरबीच भेटवार्ता भएको छ। अराघची शुक्रबार र शनिबारको मध्यरातमा इस्लामाबाद आइपुगेका हुन्। उनको यस भ्रमणका क्रममा अमेरिकासँगको बैठकको कुनै औपचारिक योजना भने प्रस्ताव गरिएको छैन्। अराघचीले शुक्रबार 'एक्सु (ट्विटर) मा एक पोस्ट गर्दै पाकिस्तानको भ्रमणपछि आफू ओमान र रुसको यात्रामा जाने जानकारी दिएका थिए। इरानी सरकारी ब्रोडकास्टरले ...
इरानी सेनाले अमेरिकाले होर्मुजको जलडमरूको नाकाबन्दी जारी राखेमा जवाफी कारबाही गरिने चेतावनी दिएको छ। सेनाको कमाण्ड सेन्टरद्वारा जारी गरिएको विज्ञप्तिमा अमेरिकी सेनाले यस क्षेत्रमा नाकाबन्दी, समुन्द्री लुटपाट र डकैती जारी राखेमा इरानी सेनाबाट जवाफी कारबाहीको सामना गर्नुपर्ने उल्लेख छ। अप्रिल १३ मा इरानी बन्दरगाहहरूमा समुद्री यातायातमा नाकाबन्दी लगाएदेखि अमेरिकाले धेरै जहाजहरूलाई नियन्त्रणमा लिएको छ। यो मुद्दा ...