मुख्य समाचार
जनकपुर बोल्ट्सका खेलाडी अनिलकुमार साह र अरनिको यादवलाई पचरौता नगरपालिकाले सम्मान गरे
जनकपुर बोल्ट्सका खेलाडी अनिलकुमार साह र अरनिको यादवलाई पचरौता नगरपालिकाले सम्मान गरे

नेपाल प्रिमियर लिग (एनपीएल) विजेता जनकपुर बोल्ट्सका खेलाडी अनिलकुमार साह र अरनिको यादवलाई पचरौता नगरपालिकाले सम्मान गरेको छ। नगर प्रमुख जलन्धर सिंहले खेलाडी अनिल र अरनिकोलाई जनही ५० हजारसहित सम्मान गरेका हुन्।


अनिल बाराको कलैया र अरनिको पचरौताका हुन्। क्रिकेटको माध्यमबाट बारा र पचरौतालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएको भन्दै नगरपालिकाले दुवै खेलाडीलाई सम्मान गरेको हो।

खेलाडीलाई सम्मान गर्न पचरौताले विशेष कार्यक्रमको आयोजना गरेको थियो। सो क्रममा नगरपालिकाले एनपीएलको ट्रफीसहित खेलाडीलाई नगर परिक्रमा समेत गराएको थियो। नगर परिक्रमामा नगरपालिकाका जनप्रतिनिधिसहित स्थानीयबासिन्दा, खेलाडीलगायत सहभागी थिए।


अभिनन्दन समारोहमा नगर प्रमुख सिंहले एनपीएलको प्रथम संस्करणको विजेता टोलीका महत्वपूर्ण खेलाडीलाई सम्मान गर्न पाउँदा आफू हर्षित रहेको बताए। खेलाडीको हौसला बढाउनका निम्ति पनि नगरपालिकाले अभिनन्दन कार्यक्रमको आयोजना गरेको नगर प्रमुख सिंहको भनाइ थियो।

अभिनन्दन कार्यक्रममा नगरपालिकाका प्रवक्ता लक्ष्मी यादव, प्रमुख प्रशासकीय अधिकृत गौरी साह, वडाध्यक्ष बनारसी विन, धेनुक राउत कुर्मी, मकबुल मियाँ, प्रेम चौधरी, गगनदेव यादव, शिक्षा संयोजक पण्डित त्रिपाठी, शिक्षा सहायक मुकेशकुमार सिंहलगायत उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...