मुख्य समाचार
मेटाले अमेरिकामा तथ्य-जाँच कार्यक्रम अन्त्य गर्ने
मेटाले अमेरिकामा तथ्य-जाँच कार्यक्रम अन्त्य गर्ने

— फेसबुक, इन्स्टाग्राम, थ्रेड्सजस्ता मेटाका चर्चित एपहरूमा पोस्ट हुने कन्टेन्टहरूमार्फत गलत सूचना नफैलियोस् भनेर कम्पनीले तथ्य जाँचका लागि विभिन्न निकायसँग सहकार्य गर्दै आएकोमा अब त्यसलाई निरन्तरता नदिने घोषणा गरेको छ । मेटाका प्रमुख मार्क जकरबर्गले अमेरिकामा आफ्नो तथ्य-जाँच कार्यक्रम अन्त्य गर्ने बताएसँगै विज्ञहरूले यस कदमको व्यापक आलोचना गरेका छन् ।



तथ्य-जाँच कार्यक्रम बन्द गर्ने मेटाको निर्णयले इन्टरनेटमा मिथ्या, भ्रामक र झुटा सूचनाको बाढी आउन सक्ने विज्ञहरूको चेतावनी छ । राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई रिझाउने प्रयासका रूपमा जकरबर्गले थर्ड-पार्टी फ्याक्ट चेकिङ कार्यक्रम बन्द गर्ने निर्णय गरेको अमेरिकी सञ्चार माध्यमहरूको विश्लेषण छ ।


अमेरिकाका दक्षिणपन्थी पक्षधरले अनलाइनमा स्वतन्त्र अभिव्यक्ति र दक्षिणपन्थी कन्टेन्टहरूमा सामाजिक सञ्जालमा सेन्सरसीप हुने गरेको आरोप लगाउँदै आएका छन् । ‘जकरबर्गले ट्रम्पको राष्ट्रपति कार्यकाललाई ध्यानमा राखेर अनलाइन अभिव्यक्तिलाई स्वच्छन्द रूपमा प्रवाह हुन दिने गरी तथ्य-जाँच कार्यक्रम रोक्न लागेको देखिन्छ,’ द न्युयोर्क टाइम्समा माइक आइज्याक र थियोडर स्क्लेइफरले लेखेका छन्, ‘ट्रम्पले जित हासिल गरेसँगै केही ठूला प्रविधि कम्पनीहरू उनको समर्थन गर्दै चिप्लो घस्न थालेका छन् । मेटाले पनि यहीबीच चुनावलाई कल्चरल टिपिङ प्वाइन्ट अर्थात् स-साना फेरबदलहरूले ठूलो फेरबदल ल्याउने घटना भन्दै आफ्नो रणनीतिमा परिवर्तन गरेको छ ।’

जकरबर्गले तथ्य-जाँच हटाएर ‘कम्युनिटी नोट्स’ नामक वैकल्पिक मोडरेसन टुलको व्यवस्था गर्ने बताएका छन् । यो क्राउड-सोर्स टुल अर्थात् सर्वसाधारणले पनि प्रतिक्रिया दिन मिल्ने व्यवस्था भएकाले फेसबुक, इन्स्टाग्रामका पोस्टहरूमा यसले सन्दर्भ थप्न सक्ने जकरबर्गको दाबी छ । तथापि, यो टुलले मिथ्या सूचना नियन्त्रणमा प्रभावकारी काम गर्न सक्छ भन्नेमा धेरैले शङ्का व्यक्त गरेका छन् । तथ्य-जाँचकर्हतारूले कसैको अभिव्यक्ति रोक्ने नभइ झुटा विवरण लेखिएका पोस्टहरूमा वास्तविकता बताइदिने र अतिरिक्त जानकारी एवं आवश्यक सन्दर्भ उल्लेख गरेर सही सूचना सम्प्रेषणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको विज्ञहरूको राय छ ।
गरेको विश्वसनीयतासमेत भत्काइदिएको आरोप लगाएका छन् । मेटासँग काम गरेका फ्याक्टर-चेकिङ समूहहरूले भने आफूहरूले तथ्य-जाँच गरेका कन्टेन्टलाई के गर्ने (हटाउने, राख्ने वा लेबल लगाउने) भन्नेमा कम्पनीकै पूर्ण भूमिका रहेको र त्यसमा हस्तक्षेप नगरेको स्पष्ट पारेका छन् । कम्पनीले सन् २०१६ देखि इन्टरनेसनल फ्याक्ट-चेकिङ नेटवर्कले मान्यता दिएका कम्पनीहरूसँग सहकार्य गर्दै आएको छ ।

मेटाले सहकार्य गरेका अधिकांश फ्याक्टर-चेकिङ पार्टनरमा समाचार संस्थाका फ्याक्ट चेकर छन् । अमेरिकामा मेटाले एएफपी-हब, चेक योर फ्याक्ट, फ्याक्टचेक डट ओआरजी, लिड स्टोरिज, रोयर्ट्स फ्याक्ट चेक, युएसए टुडेजस्ता तथ्य-चाँज संस्थासँग सहकार्य गर्दै आएको थियो । कम्पनीले देश र क्षेत्रगत हिसाबले स्थानीय तथ्य-जाँच संस्थासँग पनि सहकार्य गर्दै आएको छ ।

नेपालमा यसको फ्याक्ट-चेक प्रोग्राम नभए पनि भारतमा भने नेपाली भाषाको कन्टेन्टमा मेटाले फ्याक्ट चेकिङका लागि स्थानीय तथ्य-जाँच संस्थासँग सहकार्य गरेको छ । भारतमा द क्विन्ट, इन्डिया टुडे फ्याक्ट चेक, एएफपी-हब, विस्वास डट न्युज, न्युजचेकर, बुम, द हेल्दी इन्डियन प्रोजेक्टजस्ता संस्थाले मेटाका लागि फ्याक्ट चेकिङको काम गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपेली मुलुक इटालीको प्रतिस्पर्धा नियामक निकायले अमेरिकी प्रविधि कम्पनी एप्पलमाथि भारी जरिवना गरेको छ । इटालीको प्रतिस्पर्धा प्राधिकरण (एजीसीएम) ले एप्पल र उसका दुई विभागलाई ९८ मिलियन युरो जरिवाना तिराउने आदेश दिएको छ । यो भनेको करिब १६ अर्ब ५६ करोड नेपाली रुपैयाँ बराबर रकम हो । एप्पलले स्मार्टफोन एप बजारमा आफ्नो प्रभुत्वशाली हैसियतको ...
— काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने दोस्रो ‘घर निर्माण फेस्ट’को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । नेपालको निर्माण व्यवसाय क्षेत्रलाई आधुनिक प्रविधिको प्रयोगमार्फत नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित घर निर्माण फाउन्डेसनको आयोजनामा पुस १२ देखि १५ गतेसम्म फेस्ट आयोजना हुन लागेको हो । फेस्टमा १५० भन्दा बढी स्टल रहनेछन् भने करिब २ सय करोड रुपैयाँको कारोबार ...
सरकारले लामो समयदेखि काम नभएका र प्रगति पनि नदेखिएका आयोजनाका ठेक्का तोड्न अग्रसरता देखाएको भए पनि तिनको यथाशक्य निर्माणको सुनिश्चितता भने गर्न सकेको छैन ।
— सवारीसाधनलाई इन्धनबाट बिजुलीमा रूपान्तरण (कन्भर्जन) गर्ने कानुन दुई पटक आए पनि मापदण्ड नबन्दा यसको सुविधा उपयोग गर्न नसकिएको व्यवसायीले बताएका छन् । १४ चैत २०७८ मा राजपत्रमा सूचना प्रकाशन गर्दै सरकारले पेट्रोलियम सवारीलाई विद्युतीयमा रूपान्तरण गर्ने नीति लिएको थियो । पछिल्लो पटक सरकारले फेरि ३ वर्षका लागि कन्भर्जन गर्न पाउने सूचना जारी गरेको छ । गत ...
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएका ईश्वर पोखरेलले आफू विजयी हुन नसके पनि पार्टीको अभियानमा निरन्तर सहभागी भइरहने बताएका छन्