मुख्य समाचार
मधेसमाथि पुलिसको ४५ रनको अग्रता
मधेसमाथि पुलिसको ४५ रनको अग्रता

: जय ट्रफी मेन्स एलिट कप क्रिकेटको आफ्नो दोस्रो खेलको पहिलो दिनमा नेपाल पुलिस क्लबले मधेस प्रदेशविरुद्ध ४५ रनको अग्रता लिएको छ।


वीरगन्जको नारायणी क्रिकेट मैदानमा बुधबारदेखि सुरु दोस्रो खेलको पहिलो दिनमा मधेसविरुद्ध पुलिसले ४५ रनको अग्रता बनाएको हो। दुई दिवसीय फर्म्याटको खेलमा बुधबार पुलिसले ४० ओभर खेल्दै ३ विकेटको क्षतिमा १७४ रन बनाएको हो।

उसका लागि कुशल भुर्तेलले ६८ बलमा १० चौका प्रहार गर्दै सर्वाधिक ६३ रन जोडे। त्यस्तै दिलिपनाथले ४० र अमित श्रेष्ठले ३४ रन बनाए। बलिङतर्फ मधेसका हरिशंकर साहले २ र अभिषेक तिवारीले १ विकेट लिए।


त्यसअघि आफ्नो इनिङ्समा मधेसले ४२.४ ओभरमा अलआउट हुँदै १२९ रनमात्र बनाएको थियो। उसका लागि मयन यादवले ५९ रन बनाए। मयनले पहिलो खेलमा बागमती प्रदेशविरुद्ध शतक हानेका थिए। बुधबार मधेसका लागि निरज यादवले २९ र अभिषेक तिवारीले १७ रन जोडे।

बलिङतर्फ पुलिसका गुलशन झा एक्लैले ५ विकेट लिए भने कुशल भुर्तेलले २ तथा श्रवण यादव र ललित राजवंशीले समान एक-एक विकेट लिए।

यसअघि गत सोमबार सकिएको पहिलो खेलमा मधेसले बागमतीसँग र पुलिसले आर्मी क्लबसँग बराबरी खेलेका थिए।
रेड बल र ह्वाइट जर्सीको प्रयोग भइरहेको दुई दिवसीय जय ट्रफी एलिट कपमा गत वर्ष सम्पन्न प्रधानमन्त्री कपमा शीर्ष चारमा रहेका नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेस प्रदेशले प्रतिस्पर्धा गरिरहेका छन्।

वीरगन्ज र जनकपुरमा भइरहेको प्रतियोगिता माघ ३ गतेसम्म चल्नेछ। सिंगल राउण्ड रोबिनका ६ खेलपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्। लिग चरणका खेल दुई दिवसीय हुनेछ भने फाइनल खेल तीन दिवसीय हुने पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले एन्फा पदाधिकारी तथा सदस्यहरूको विदेश यात्रामा रोक लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न विपक्षीको नाममा अन्तरिम आदेश जारी गरेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सिफारिसमा अध्यागमन विभागले एन्फाका अध्यक्ष, महासचिव ...
। स्पेनका गोलकिपर उनाई सिमोनले फिफा विश्वकपमा लगातार धेरै समयमसम्म गोल नखाई नयाँ कीर्तिमान बनाएका छन् । फिफा विश्वकप २०२६ अन्तर्गत शुक्रबार बिहान अस्ट्रिया विरुद्ध ३-० को जितमा क्लिनसिट राखेपछि उनले लगातार ५१९ मिनेटसम्म कुनै गोल नखाने कीर्तिमान बनाएका हुन् । सिमोनले सन् १९९० मा इटालीका वाल्टर जेंगाले लगातार ५१८ मिनेटसम्म गोल नखाने कीर्तिमान तोडेका हुन् । जारी ...
: फिफा विश्वकप २०२६ को नकआउट चरण (राउन्ड अफ ३२) अन्तर्गत स्पेनले अस्ट्रियालाई पराजित गर्दै राउन्ड अफ १६ मा प्रवेश गरेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा भएको खेलमा स्पेनले अस्ट्रियालाई ३-० ले हराएको हो। खेलको पहिलो हाफमा स्पेनले १-०को अग्रता बनाएको थियो। पहिलो हाफमा स्पेनको दबदबा रह्यो। केहि राम्रो अवसरहरू पाए पनि स्पेनले सदुपयोग पनि ...
: फिफा विश्वकप २०२६ को नकआउट चरण (राउन्ड अफ ३२) मा पोर्चुगलले क्रोएसियालाई पराजित गरेको छ। टोरोन्टो स्टेडियममा भएको खेलमा पोर्चुगलले क्रोएसियालाई २-१ले पराजित गर्दै अन्तिम १६मा स्थान बनाएको हो। पहिलो हाफमा दुवै टोलीले केही प्रयास गरे पनि गोल भने निस्किन सकेको थिएन। ‌खेलको ५३ औं मिनेटमा क्रोएसियाले गोल गर्यो क्रोएसियाको लागि इभान पेरिसिचले गोल गरेका ...
: फिफा विश्वकप २०२६ को नकआउट चरण अन्तर्गत स्विट्जरल्यान्डले अल्जेरियालाई हराउँदै राउन्ड अफ १६ मा प्रवेश गरेको छ।भ्यानकुभरमा भएको खेलमा स्विजरल्यान्डले अल्जेरियालाई २-० ले पराजित गरेको हो।‌ खेलको १०औं मिनेटमा स्विट्जरल्यान्डले पहिलो गोल गर्यो। स्विट्जरल्यान्डको लागि ब्रेल एम्बोलोले गोल गरे।‌ अल्जेरिया २ पटक राम्रो मौका सदुपयोग गर्न सकेन। पहिलो हाफमा स्विट्जरल्यान्डले १-० को अग्रता बनाएको थियो। दोस्रो ...