मुख्य समाचार
१०औं राष्ट्रिय खेलकुद तयारीका लागि सचिवालय स्थापना
१०औं राष्ट्रिय खेलकुद तयारीका लागि सचिवालय स्थापना

: कर्णाली प्रदेशमा हुने १०औं राष्ट्रिय खेलकुदको तयारीका लागि काठमाडौंमा सचिवालय स्थापना गरिएको गरिएको छ। राखेप भवन त्रिपुरेश्वरमा स्थापना गरिएको सचिवालयको बुधबार खेलकुदमन्त्री तेजुलाल चौधरीले उद्‍घाटन गरे।


स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ चैत २३ गतेदेखि ३० गतेसम्म कर्णालीमा १०औं राष्ट्रिय खेलकुद २०८१ आयोजना हुँदैछ।

राष्ट्रिय खेलकुदलाई सफल बनाउनका लागि आवश्यक कामकाजलाई सहजीकरण गर्न काठमाडौंमा नै सचिवालय स्थापना गरिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ। सचिवालयको उद्‍घाटन गर्दै खेलकुदमन्त्री चौधरीले माघ ३ गते राखेप बोर्डको बैठक बोलाइएको र बैठकमा १०औं राष्ट्रिय खेलकुदका विषयमा विस्तृत छलफल हुने जानकारी दिए।


उनले राष्ट्रिय खेलकुदलाई भव्यरूपमा सम्पन्न गर्नका लागि बजेटको अभाव नहुने भन्दै यसअघिको भन्दा भव्यरूपमा सम्पन्न गर्ने जिकिर गरे। मन्त्री चौधरीले २७ वटा संघमध्ये कतिपय संघहरू सक्रिय नरहेको अवस्थामा संघलाई कारबाही गरेको र त्यसकै कारण प्रशिक्षक र खेलाडीहरूलाई कुनै असर नपर्ने बताए।

त्यस्तै राखेप सदस्यसचिव टंकलाल घिसिङले खेलकुदका लागि प्रदेशले छनौट कार्यलाई अन्तिम चरणमा पुर्‍याएको बताए। प्रतियोगितामा सहभागी विभिन्न टोलीलाई आवश्यक बजेट उपलब्ध गराउने र टोली व्यवस्थापनको जिम्मेवारी पनि उनीहरूलाई नै दिइने जानकारी दिए।

१०औं राष्ट्रिय खेलकुदमा यसअघिको भन्दा पनि बढिको संख्यामा टोली र खेलाडीहरूलाई सहभागिता गराउने राखेपले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले एन्फा पदाधिकारी तथा सदस्यहरूको विदेश यात्रामा रोक लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न विपक्षीको नाममा अन्तरिम आदेश जारी गरेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सिफारिसमा अध्यागमन विभागले एन्फाका अध्यक्ष, महासचिव ...
। स्पेनका गोलकिपर उनाई सिमोनले फिफा विश्वकपमा लगातार धेरै समयमसम्म गोल नखाई नयाँ कीर्तिमान बनाएका छन् । फिफा विश्वकप २०२६ अन्तर्गत शुक्रबार बिहान अस्ट्रिया विरुद्ध ३-० को जितमा क्लिनसिट राखेपछि उनले लगातार ५१९ मिनेटसम्म कुनै गोल नखाने कीर्तिमान बनाएका हुन् । सिमोनले सन् १९९० मा इटालीका वाल्टर जेंगाले लगातार ५१८ मिनेटसम्म गोल नखाने कीर्तिमान तोडेका हुन् । जारी ...
: फिफा विश्वकप २०२६ को नकआउट चरण (राउन्ड अफ ३२) अन्तर्गत स्पेनले अस्ट्रियालाई पराजित गर्दै राउन्ड अफ १६ मा प्रवेश गरेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा भएको खेलमा स्पेनले अस्ट्रियालाई ३-० ले हराएको हो। खेलको पहिलो हाफमा स्पेनले १-०को अग्रता बनाएको थियो। पहिलो हाफमा स्पेनको दबदबा रह्यो। केहि राम्रो अवसरहरू पाए पनि स्पेनले सदुपयोग पनि ...
: फिफा विश्वकप २०२६ को नकआउट चरण (राउन्ड अफ ३२) मा पोर्चुगलले क्रोएसियालाई पराजित गरेको छ। टोरोन्टो स्टेडियममा भएको खेलमा पोर्चुगलले क्रोएसियालाई २-१ले पराजित गर्दै अन्तिम १६मा स्थान बनाएको हो। पहिलो हाफमा दुवै टोलीले केही प्रयास गरे पनि गोल भने निस्किन सकेको थिएन। ‌खेलको ५३ औं मिनेटमा क्रोएसियाले गोल गर्यो क्रोएसियाको लागि इभान पेरिसिचले गोल गरेका ...
: फिफा विश्वकप २०२६ को नकआउट चरण अन्तर्गत स्विट्जरल्यान्डले अल्जेरियालाई हराउँदै राउन्ड अफ १६ मा प्रवेश गरेको छ।भ्यानकुभरमा भएको खेलमा स्विजरल्यान्डले अल्जेरियालाई २-० ले पराजित गरेको हो।‌ खेलको १०औं मिनेटमा स्विट्जरल्यान्डले पहिलो गोल गर्यो। स्विट्जरल्यान्डको लागि ब्रेल एम्बोलोले गोल गरे।‌ अल्जेरिया २ पटक राम्रो मौका सदुपयोग गर्न सकेन। पहिलो हाफमा स्विट्जरल्यान्डले १-० को अग्रता बनाएको थियो। दोस्रो ...