मुख्य समाचार
अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आगो निरन्तर बढ्दै
अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आगो निरन्तर बढ्दै

अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आगो निरन्तर बढ्दै गएको छ। जसका कारण अहिलेसम्म सात जनाको मृत्यु भइसकेको छ।


लस एन्जलसका मेयर करेन बासले पश्चिमी पहाडहरूमा नयाँ आगो सुरु भएको र तीव्र हावाका कारण आगो छिटो फैलिन सक्ने बताएकी छन्।

उनले मानिसहरूलाई प्रशासनको आदेश पालना गरेर ठाउँ खाली गर्न अपील गरेकी छन्।


लस एन्जलसको अग्नि नियन्त्रण विभागका प्रमुख क्रिस्टन क्राउलीले प्यालिसेड्स आगलागीमा दुई जनाको मृत्यु भएको बताएका छन्। उनले अहिलेसम्म आगलागीको घटनामा कति जनाको मृत्यु भयो भन्ने बारेमा स्पष्ट जानकारी अझै नआएका उल्लेख गरेका बीबीसी समाचारमा उल्लेख छ।

यसअघि इटनमा भएको आगलागीमा पाँच जनाको मृत्यु भएको जानकारी बाहिर आएको थियो।

क्राउलीका अनुसार प्यालिसेड्सको आगो १९,००० एकडभन्दा बढीमा फैलिएको छ। यसका कारण ५३०० भन्दा बढी घर वा भवनहरू ध्वस्त भएका छन्।

अग्नि विभाग प्रमुखले भेन्चुरा काउन्टीमा नयाँ आगलागी भएको बताएका छन्। यहाँ आगो ५० एकड क्षेत्रफलमा फैलिएको छ। यसलाई निभाउन ६० भन्दा बढी दमकल पठाइएको छ।

केनेथमा पनि नयाँ आगलागी भएको छ। त्यहाँको आगो पनि ८०० एकड क्षेत्रफलमा फैलिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पश्चिम अफ्रिकी मुलुक मालीका रक्षामन्त्री सादियो केमाराको एक आत्मघाती ट्रक विष्फोटमा मृत्यु भएको छ । राजधानी बमाको नजिकै रहेको निवासमा भएको आत्मघाती ट्रक विष्फोटमा उनको मृत्यु भएको हो । रक्षामन्त्री केमाराका परिवारले उनको मृत्यु आत्मघाती ट्रक विष्फोटमा भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार घटनाको केही घण्टापछि मालीको सरकारी टेलिभिजनले विष्फोटमा गम्भीर घाइते ...
। अमेरिकी केन्द्रीय बैङ्क फेडरल ‘रिजर्भ’ ले आगामी बैठकमा ब्याजदर यथावत राख्ने सम्भावना उच्च देखिएको छ, जसलाई विश्लेषकहरूले हालको आर्थिक र भूराजनीतिक अवस्थासँग जोडेर हेरेका छन् । अहिले ब्याजदर ३.५० प्रतिशत देखि ३.७५ प्रतिशत को दायरामा छ र यसलाई परिवर्तन नगरी कायम राख्ने अपेक्षा गरिएको छ । यसको मुख्य कारण मध्यपूर्वमा जारी युद्ध हो, जसले विश्वव्यापी ...
: क्युरियोसिटी रोभरले मंगल ग्रहमा पहिलो पटक गरिएको प्रयोगमा जीवनका ‘निर्माण ब्लक’ पत्ता लगाएको छ । क्युरियोसिटी रोभरले मंगल ग्रहमा अहिलेसम्म फेला परेको सबैभन्दा विविध प्रकारका जैविक अणुहरू फेला पारेको छ । जसमा सात वटा यस्ता यौगिकहरू पनि छन् जुन यसअघि रातो ग्रहमा कहिल्यै भेटिएका थिएनन् । यी कार्बनयुक्त यौगिकहरू त्यही ‘निर्माण ब्लक’ हुन् जसले पृथ्वीमा ...
: इरानी विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका फिल्ड मार्सल असिम मुनीरबीच भेटवार्ता भएको छ। अराघची शुक्रबार र शनिबारको मध्यरातमा इस्लामाबाद आइपुगेका हुन्। उनको यस भ्रमणका क्रममा अमेरिकासँगको बैठकको कुनै औपचारिक योजना भने प्रस्ताव गरिएको छैन्। अराघचीले शुक्रबार 'एक्सु (ट्विटर) मा एक पोस्ट गर्दै पाकिस्तानको भ्रमणपछि आफू ओमान र रुसको यात्रामा जाने जानकारी दिएका थिए। इरानी सरकारी ब्रोडकास्टरले ...
इरानी सेनाले अमेरिकाले होर्मुजको जलडमरूको नाकाबन्दी जारी राखेमा जवाफी कारबाही गरिने चेतावनी दिएको छ। सेनाको कमाण्ड सेन्टरद्वारा जारी गरिएको विज्ञप्तिमा अमेरिकी सेनाले यस क्षेत्रमा नाकाबन्दी, समुन्द्री लुटपाट र डकैती जारी राखेमा इरानी सेनाबाट जवाफी कारबाहीको सामना गर्नुपर्ने उल्लेख छ। अप्रिल १३ मा इरानी बन्दरगाहहरूमा समुद्री यातायातमा नाकाबन्दी लगाएदेखि अमेरिकाले धेरै जहाजहरूलाई नियन्त्रणमा लिएको छ। यो मुद्दा ...