मुख्य समाचार
माइक्रोसफ्टले भारतको एआई पूर्वाधार विकासमा ३ अर्ब डलर लगानी गर्दै
माइक्रोसफ्टले भारतको एआई पूर्वाधार विकासमा ३ अर्ब डलर लगानी गर्दै

— माइक्रोसफ्टले भारतमा एआई र क्लाउड पूर्वाधार निर्माणका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो लगानीको घोषणा गरेको छ । बैंगलुरुमा यो साता आयोजित कार्यक्रममा कम्पनीका प्रमुख सत्य नडेलाले भारतको एआई पूर्वाधार मजबुत बनाउन र देशमा नवप्रवर्तनलाई प्रोत्साहन हुने गरी ३ अर्ब डलर लगानी गर्ने बताएका हुन् ।



भारतमा नयाँ डेटा सेन्टर निर्माण गर्नुका साथै माइक्रोसफ्टको कम्प्युटिङ क्षमतामा सुधार ल्याउन र अत्याधुनिक एआई प्रविधि विकासका लागि उक्त लगानी उपयोग गरिने माइक्रोसफ्टको योजना छ । द हिन्दुका कम्पनीले हालै मात्र जियोलगायत भारतीय कम्पनीहरूसँग साझेदारी पनि गरेको छ । विश्वव्यापी एआई प्रतिस्पर्धामा भारत महत्वपूर्ण रहेको नडेलाको ठहर छ ।


नडेलाले भारतलाई एआईको ‘पावरहाउस’ भनेका छन् । सन् २०२८ सम्ममा गिटहबमा भारतीय डेभलपरहरूको सबैभन्दा ठूलो समुदाय निर्माण हुने उनको दाबी छ । नडेलाले सन् २०३० सम्ममा माइक्रोसफ्टले भारतका १ करोड मानिसलाई एआई सिप सिकाउने प्रतिबद्धता पनि जाहेर गरे । प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा उनले एआईलाई पहिलो प्राथमिकता दिने भारतको पहललाई सघाउन माइक्रोसफ्ट प्रतिबद्ध रहेको जिकिर गरेका थिए ।

मोदीले नडेलासँग भेटेर आफूलाई खुशी लागेको र भारतमा माइक्रोसफ्टको महत्त्वाकांक्षी विस्तार र लगानी योजनाबारे थाहा पाउँदा थप हर्षित भएको एक्समा लेखेका छन् । ‘हाम्रो भेटघाटममा प्रविधि, नवप्रवर्तन र एआईका विभिन्न पक्षबारे छलफल गर्न पाउँदा रमाइलो अनुभव भयो,’ मोदीले लेखेका छन् ।

माइक्रोसफ्टले हालै मात्र २०२५ भित्रमा एआई डेटा सेन्टरहरू निर्माणका लागि ८० अर्ब डलर लगानी गर्ने घोषणा गरेको थियो । यसको आधाभन्दा बढी लगानी अमेरिकामा गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पश्चिम अफ्रिकी मुलुक मालीका रक्षामन्त्री सादियो केमाराको एक आत्मघाती ट्रक विष्फोटमा मृत्यु भएको छ । राजधानी बमाको नजिकै रहेको निवासमा भएको आत्मघाती ट्रक विष्फोटमा उनको मृत्यु भएको हो । रक्षामन्त्री केमाराका परिवारले उनको मृत्यु आत्मघाती ट्रक विष्फोटमा भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार घटनाको केही घण्टापछि मालीको सरकारी टेलिभिजनले विष्फोटमा गम्भीर घाइते ...
। अमेरिकी केन्द्रीय बैङ्क फेडरल ‘रिजर्भ’ ले आगामी बैठकमा ब्याजदर यथावत राख्ने सम्भावना उच्च देखिएको छ, जसलाई विश्लेषकहरूले हालको आर्थिक र भूराजनीतिक अवस्थासँग जोडेर हेरेका छन् । अहिले ब्याजदर ३.५० प्रतिशत देखि ३.७५ प्रतिशत को दायरामा छ र यसलाई परिवर्तन नगरी कायम राख्ने अपेक्षा गरिएको छ । यसको मुख्य कारण मध्यपूर्वमा जारी युद्ध हो, जसले विश्वव्यापी ...
: क्युरियोसिटी रोभरले मंगल ग्रहमा पहिलो पटक गरिएको प्रयोगमा जीवनका ‘निर्माण ब्लक’ पत्ता लगाएको छ । क्युरियोसिटी रोभरले मंगल ग्रहमा अहिलेसम्म फेला परेको सबैभन्दा विविध प्रकारका जैविक अणुहरू फेला पारेको छ । जसमा सात वटा यस्ता यौगिकहरू पनि छन् जुन यसअघि रातो ग्रहमा कहिल्यै भेटिएका थिएनन् । यी कार्बनयुक्त यौगिकहरू त्यही ‘निर्माण ब्लक’ हुन् जसले पृथ्वीमा ...
: इरानी विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका फिल्ड मार्सल असिम मुनीरबीच भेटवार्ता भएको छ। अराघची शुक्रबार र शनिबारको मध्यरातमा इस्लामाबाद आइपुगेका हुन्। उनको यस भ्रमणका क्रममा अमेरिकासँगको बैठकको कुनै औपचारिक योजना भने प्रस्ताव गरिएको छैन्। अराघचीले शुक्रबार 'एक्सु (ट्विटर) मा एक पोस्ट गर्दै पाकिस्तानको भ्रमणपछि आफू ओमान र रुसको यात्रामा जाने जानकारी दिएका थिए। इरानी सरकारी ब्रोडकास्टरले ...
इरानी सेनाले अमेरिकाले होर्मुजको जलडमरूको नाकाबन्दी जारी राखेमा जवाफी कारबाही गरिने चेतावनी दिएको छ। सेनाको कमाण्ड सेन्टरद्वारा जारी गरिएको विज्ञप्तिमा अमेरिकी सेनाले यस क्षेत्रमा नाकाबन्दी, समुन्द्री लुटपाट र डकैती जारी राखेमा इरानी सेनाबाट जवाफी कारबाहीको सामना गर्नुपर्ने उल्लेख छ। अप्रिल १३ मा इरानी बन्दरगाहहरूमा समुद्री यातायातमा नाकाबन्दी लगाएदेखि अमेरिकाले धेरै जहाजहरूलाई नियन्त्रणमा लिएको छ। यो मुद्दा ...