मुख्य समाचार
औषधी व्यवस्था विभागले प्रतिबन्धित औषधी बिक्री वितरण नगर्न चेतावनी
औषधी व्यवस्था विभागले प्रतिबन्धित औषधी बिक्री वितरण नगर्न चेतावनी

: औषधी व्यवस्था विभागले प्रतिबन्धित औषधी बिक्री वितरण नगर्न चेतावनी दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले औषधी बिक्री वितरणमा देखिएका बेथिति रोक्न अनुगमन तथा कारबाही प्रक्रियामा कडाइ गर्न निर्देशन दिएपछि विभागले सार्वजनिक सूचना जारी गरेको हो।


विभागले पुष २५ गते जारी गरेको सार्वजनिक सूचनामा विभागमा दर्ता नभएका तथा चिकित्सकको पुर्जीमा मिश्रित फर्मास्युटिकल बनावट भएका औषधीहरू, न्युट्रास्युटिकल्सका नाममा तथा औषधी मिश्रित सौन्दर्य प्रसाधनसमेत बिक्री भैरहेको गुनासो आएकाले यसलाई रोक्न चेतावनी दिएको छ।

अनुगमनका क्रममा विभागमा दर्ता नभएका तथा प्रतिबन्धित औषधीहरु चिकित्सकीय पूर्जामा सिफारिस हुँदा नागरिकको स्वास्थ्यमा प्रतिकुल असर परेको निरीक्षणका क्रममा पाइएको भन्दै यस्ता औषधीको बिक्री वितरण तथा सिफारिस रोक्न चिकित्सक तथा औषधी फर्माहरुलाई सूचित गरेको छ।


विभागले नियमित अनुगमन भइरहने भन्दै सूचनाको अवज्ञा गरी बिक्री वितरण गरेको पाइएमा जफत तथा औषधी ऐन २०३५ बमोजिम कारबाही गरिने चेतावनी दिएको छ।
विभागले विगतमा प्रतिबन्धित भिटामिन तथा खनिज मिश्रित वस्तु बिक्री गर्नेविरुद्ध न्यायालयबाट समेत माग दाबी बमोजिम आदेश प्राप्त भएको भन्दै पटक पटक सूचना जारी गर्दा पनि कानुन विपरीत गर्नेलाई कारबाही गर्ने चेतावनी दोहोर्‍याएको छ।
कतिपय चिकित्सकले आवश्यक मात्राभन्दा बढी भिटामिन तथा खनिज समिश्रित औषधी सिफारिस गर्ने गरेको गुनासो समेत मन्त्रालयले प्राप्त गरेको प्रवक्ता प्रकाश बुढाथोकीले बताए। दर्ता र अनुमति दुवै नपाएका त्यस्ता औषधीका रुपमा सिफारिस गर्नु गैरकानूनी भएकाले बिक्री तथा सिफारिस गर्नेविरुद्ध कारबाही प्रक्रिया अघि बढाउने महानिर्देशक नारायण ढकालले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णलाई प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारी दिएको छ।
औषधि व्यवस्था विभाग वीरगन्ज शाखाले यसै साता जनकपुर, महेन्द्रगनर, ढल्केवर, वीरेन्द्रबजार, मलङ्गवा लगायतका स्थानमा गरेको अनुगमनका क्रममा दर्ता नै नगरी सन्चालन गरिएका जनकपुरका चार औषधि पसलमा शिलबन्दी गरेको छ ।
११ औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष केपीशर्मा ओलीसँग वरिष्ठ उपाध्यक्ष पोखरेल पराजित
नेकपा एकीकृत समाजवादी पार्टी छोडेर एमालेमै फर्किएकी नेतृ रामकुमारी झाँक्री केन्द्रीय सदस्य निर्वाचित भएकी छन् ।
। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले फेलोसिप कार्यक्रममा चिकित्सकलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । बिहीबार प्रतिष्ठानले सूचना जारी गरी फेलोसिप कार्यक्रममा स्नातकोत्तर तहसरहको निर्वाह भत्ता उपलब्ध हुने जनाएको छ । ‘विभिन्न विषयका फेलोसिप कार्यक्रममा भर्ना हुने चिकित्सकलाई चिकित्सा शिक्षा आयोगको गाइडलाइनबमोजिम मास्टर लेभलसरहको निर्वाह भत्ता (स्टाइपेन्ड) उपलब्ध गराउने निर्णय भएको छ’ सूचनामा भनिएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम