मुख्य समाचार
मलेसियामा सुरू हुने यू–१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाई
मलेसियामा सुरू हुने यू–१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाई

: यहि माघ ५ गतेदेखि मलेसियामा सुरू हुने यू–१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी विश्वकप खेल्ने नेपाली टोलीको बिदाई गरेको हो ।


कार्यक्रममा खेलकुदमन्त्री तेजुलाल चौधरी, क्यान सचिव पारस खड्का लगायतले नेपाली टोलीलाई शुभकामना दिँदै विदाइ गरेका थिए । सो क्रममा खेलकुदमन्त्री चौधरीले उच्च आत्मबलका साथै खेल प्रदर्शन गर्न शुभकामना व्यक्त गरे । नेपाली टोलीले बिजयका साथ नेपालको छाप छाड्ने उनले विश्वास व्यक्त गरे।

त्यस्तै क्यान सचिव पारस खड्काले नेपाली महिला क्रिकेटका लागि यो प्रतियोगीता निकै महत्वपूर्ण रहेको र आगामी दिनमा महिला क्रिकेटलाई बलियो बनाउन भूमिका खेल्ने बताए। त्यस्तै यू–१९ महिला टोलीका प्रशिक्षक महेश प्रसाद रिजालले विश्वकपका लागि निकै उत्साहित रहेको र तयारी पनि निकै राम्रो भएको बताउनुभयो । उहाले १० दिन चितवनमा अभ्यास गर्दा टीमलाई सुधार गर्ने विषयमा ध्यान केन्द्रीत गरेको धारणा राखे।


त्यस्तै यू–१९ कप्तान पूजा महतोले पहिलो पटक विश्वकपमा खेल्न पाउँदा निकै खुसी लागेको भन्दै अन्य देशलाई चुनौति दिने गरि खेल प्रदर्शन गर्ने बताए। माघ २० सम्म सञ्चालन हुने विश्व कपमा नेपालसहित १६ टोलीले सहभागिता जनाउनेछन् ।

नेपाली महिला टिमले पहिलोपटक विश्वकप खेल्न लागेको हो । माघ ५ गते बंगलादेशविरुद्ध खेल्दै नेपालले विश्व कपको सुरुवात गर्नेछ भने दोस्रो खेलमा स्कटल्याण्ड र समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियाको सामना गर्ने क्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले एन्फा पदाधिकारी तथा सदस्यहरूको विदेश यात्रामा रोक लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न विपक्षीको नाममा अन्तरिम आदेश जारी गरेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सिफारिसमा अध्यागमन विभागले एन्फाका अध्यक्ष, महासचिव ...
। स्पेनका गोलकिपर उनाई सिमोनले फिफा विश्वकपमा लगातार धेरै समयमसम्म गोल नखाई नयाँ कीर्तिमान बनाएका छन् । फिफा विश्वकप २०२६ अन्तर्गत शुक्रबार बिहान अस्ट्रिया विरुद्ध ३-० को जितमा क्लिनसिट राखेपछि उनले लगातार ५१९ मिनेटसम्म कुनै गोल नखाने कीर्तिमान बनाएका हुन् । सिमोनले सन् १९९० मा इटालीका वाल्टर जेंगाले लगातार ५१८ मिनेटसम्म गोल नखाने कीर्तिमान तोडेका हुन् । जारी ...
: फिफा विश्वकप २०२६ को नकआउट चरण (राउन्ड अफ ३२) अन्तर्गत स्पेनले अस्ट्रियालाई पराजित गर्दै राउन्ड अफ १६ मा प्रवेश गरेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा भएको खेलमा स्पेनले अस्ट्रियालाई ३-० ले हराएको हो। खेलको पहिलो हाफमा स्पेनले १-०को अग्रता बनाएको थियो। पहिलो हाफमा स्पेनको दबदबा रह्यो। केहि राम्रो अवसरहरू पाए पनि स्पेनले सदुपयोग पनि ...
: फिफा विश्वकप २०२६ को नकआउट चरण (राउन्ड अफ ३२) मा पोर्चुगलले क्रोएसियालाई पराजित गरेको छ। टोरोन्टो स्टेडियममा भएको खेलमा पोर्चुगलले क्रोएसियालाई २-१ले पराजित गर्दै अन्तिम १६मा स्थान बनाएको हो। पहिलो हाफमा दुवै टोलीले केही प्रयास गरे पनि गोल भने निस्किन सकेको थिएन। ‌खेलको ५३ औं मिनेटमा क्रोएसियाले गोल गर्यो क्रोएसियाको लागि इभान पेरिसिचले गोल गरेका ...
: फिफा विश्वकप २०२६ को नकआउट चरण अन्तर्गत स्विट्जरल्यान्डले अल्जेरियालाई हराउँदै राउन्ड अफ १६ मा प्रवेश गरेको छ।भ्यानकुभरमा भएको खेलमा स्विजरल्यान्डले अल्जेरियालाई २-० ले पराजित गरेको हो।‌ खेलको १०औं मिनेटमा स्विट्जरल्यान्डले पहिलो गोल गर्यो। स्विट्जरल्यान्डको लागि ब्रेल एम्बोलोले गोल गरे।‌ अल्जेरिया २ पटक राम्रो मौका सदुपयोग गर्न सकेन। पहिलो हाफमा स्विट्जरल्यान्डले १-० को अग्रता बनाएको थियो। दोस्रो ...