मुख्य समाचार
वीरगन्जस्थित नारायणी अस्पतालमा बिग्रिएर वर्षौंदेखि थन्किएका ३ करोडभन्दा बढी मूल्यका उपकरण र मेसिनहरू मर्मत
वीरगन्जस्थित नारायणी अस्पतालमा बिग्रिएर वर्षौंदेखि थन्किएका ३ करोडभन्दा बढी मूल्यका उपकरण र मेसिनहरू मर्मत

: वीरगन्जस्थित नारायणी अस्पतालमा बिग्रिएर वर्षौंदेखि थन्किएका ३ करोडभन्दा बढी मूल्यका उपकरण र मेसिनहरू मर्मत गरिएको छ।


राष्ट्रिय आविष्कार केन्द्रले मर्मत मेसिनहरू मर्मत गरिदिएको हो। अस्पताल प्रशासन र केन्द्रबीच अस्पतालमा बिग्रिएर थन्किएका मेसिन र उपकरणहरू केन्द्रका प्राविधिकहरूले मर्मत गरिदिने सम्झौता पुस ११ गते भएको थियो।

उक्त सम्झौताअनुसार पुस ११ गतेदेखि नै काम थालेका केन्द्रका बायोमेडिकल इन्जिनियर उमेश किरान्त नेतृत्वको ३ जना इन्जिनियरको टोलीले पहिलो चरणमा अस्पतालका ६० भन्दा बढी उपकरण र मेसिनहरू मर्मत गरेर सञ्चालनमा ल्याएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) चुमनलाल दासले जानकारी दिए।


केन्द्रका बायोमेडिकल इन्जिनियरहरूले पहिलो चरणमा एक हप्तासम्म अस्पतालमै खटेर ६० भन्दा बढी उपकरण मर्मत गरिदिएको र मर्मतपछि ती उपकरणहरू सञ्चालनमा ल्याइएको उनले बताए।

मेसु दासका अनुसार केन्द्रका बायोमेडिकल इन्जिनियरहरूको टोलीले आइसियु वार्ड, एनआइसियु वार्ड, अप्रेसन थियटर, रेडियोलोजी, सिसियु वार्ड लगायत ६ वटा वार्डमा गरी ६० भन्दा बढी मेसिन मर्मत गरिसकेका छन्।

भेन्टिलेटर, डायलोसिस मेसिन, बेबी वार्मर, फोटो थेरापी मेसिन, एनेस्थेसिया, मेसिन, बबल सिप्याप, ल्याप्रोस्कोपी भिडियो प्रोसेसर, इलेक्ट्रोसर्जिकल युनिट, प्रोटेबल एक्सरे मेसिन लगायतका महंगा मेसिनहरू मर्मत सम्भार गरिएपछि अहिले ती उपकरणहरू प्रयोगमा ल्याइसकिएको दासले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णलाई प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारी दिएको छ।
औषधि व्यवस्था विभाग वीरगन्ज शाखाले यसै साता जनकपुर, महेन्द्रगनर, ढल्केवर, वीरेन्द्रबजार, मलङ्गवा लगायतका स्थानमा गरेको अनुगमनका क्रममा दर्ता नै नगरी सन्चालन गरिएका जनकपुरका चार औषधि पसलमा शिलबन्दी गरेको छ ।
११ औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष केपीशर्मा ओलीसँग वरिष्ठ उपाध्यक्ष पोखरेल पराजित
नेकपा एकीकृत समाजवादी पार्टी छोडेर एमालेमै फर्किएकी नेतृ रामकुमारी झाँक्री केन्द्रीय सदस्य निर्वाचित भएकी छन् ।
। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले फेलोसिप कार्यक्रममा चिकित्सकलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । बिहीबार प्रतिष्ठानले सूचना जारी गरी फेलोसिप कार्यक्रममा स्नातकोत्तर तहसरहको निर्वाह भत्ता उपलब्ध हुने जनाएको छ । ‘विभिन्न विषयका फेलोसिप कार्यक्रममा भर्ना हुने चिकित्सकलाई चिकित्सा शिक्षा आयोगको गाइडलाइनबमोजिम मास्टर लेभलसरहको निर्वाह भत्ता (स्टाइपेन्ड) उपलब्ध गराउने निर्णय भएको छ’ सूचनामा भनिएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम