मुख्य समाचार
एन्फा महिला लिग : बागमतीको महत्त्वपूर्ण जित
एन्फा महिला लिग : बागमतीको महत्त्वपूर्ण जित

— बागमती युथ क्लबले एन्फा महिला लिग फुटबलको दोस्रो चरणमा शुक्रबार वालिङ नगरपालिका टिमविरुद्ध त्यस्तो जित निकालेको छ, जसले टोलीलाई सम्भवतः प्रतियोगिताको प्लेअफमा पुर्‍याएको छ । विभागका तीन टिमले प्लेअफ खेल्ने निश्चित जस्तै भइसकेको स्थितिमा चौथो टिमका लागि प्रतिस्पर्धामा यिनै दुई टिम थिए ।



यस्तोमा बागमतीको यो जित असाध्यै महत्त्वपूर्ण साबित हुनेछ । दोस्रो चरणमा प्राप्त पहिलो जितपछि बागमतीको ३ अंक भएको छ । लिगको पहिलो चरणमा समेत गरेर बागमतीको यो चौथो जित हो । वालिङ भने लगातार चौथो हार बहोर्दै अंकविहीन भएर पुछारमा रह्यो । दोस्रो चरणमा सहभागी पाँच टिममध्ये शीर्ष चारले प्लेअफ खेल्नेछ ।


विभागीय टोलीहरू अंकतालिकाको शीर्ष तीनमा छन् । त्यसमध्ये एपीएफको ९ तथा आर्मी र पुलिसको समान ७ अंक छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा बागमतीले दुवै गोल दोस्रो हाफमा गरेको थियो । अस्मिता खवासले ५२ औं मिनेटमा पहिलो गोल गरेपछि विष्णुमाया बलले ७५ औं मिनेटमा दोस्रो गोल थपिन् ।

शनिबार एपीएफ र आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: फिका विश्वकप २०२६ मा अन्तिम १६ को खेलमा पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटर फाइनल प्रवेश गरेको छ। डालास स्टेडियममा भएको खेलमा स्पेनले पोर्चुगललाई १-० ले पराजित गरेको हो। खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न सकेका थिएनन्। तर इन्जुरी समयको पहिलो मिनेटमा नै स्पेनले गोल गर्दै क्वाटर फाइनलको बाटो तय गरेको हो। निर्धारित ९० ...
: फिफा विश्वकप २०२६ मा सहआयोजक अमेरिकालाई पराजित गर्दै बेल्जियम क्वाटरफाइनल प्रवेश गरेको छ। सियाटल स्टेडियममा भएको खेलमा बेल्जियमले अमेरिकालाई ४-१ ले पराजित गरेको हो। खेलको पहिलो हाफमा बेल्जियमले २-१ अग्रता लिएको थियो। दोस्रो हाफमा बेल्जियमले २ गोल थप्यो। बेल्जियमको लागि खेलको नवौं मिनेटमा चार्ल्स डे‌ केटेलैरेले निकोलस रस्किनको असिस्टमा गोल गरे। खेलको ३१ औं मिनेटमा अमेरिकाको ...
। ब्राजिलियन फुटबलर नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ मा नर्वेसँग २–१ ले पराजित भएर बाहिरिएसँगै स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । ३४ वर्षीय नेयमारले ब्राजिलका लागि १२९ खेलमा ८० गोल गर्दै पुरुष राष्ट्रिय टोलीको इतिहासकै सर्वाधिक गोलकर्ता खेलाडीका रूपमा आफ्नो अन्तर्राष्ट्रिय करियर ...
। नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) का लागि हुने खेलाडी अक्सनमा १५५ खेलाडी छनोट गरेको जनाएको छ । क्यानका अनुसार प्रतियोगिताका लागि कुल ३४७ खेलाडीले नाम दर्ता गराएकामध्ये भोलि सोमबार काठमाडौंमा हुने अक्सन का लागि १५५ खेलाडी छनोट भएका हुन् । छनोट भएकामध्ये क्याटेगोरी ‘ए’ मा ५, ‘बी’ मा ...
। अस्ट्रेलियाले आईसीसी महिला टी-२० विश्वकपको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा इंग्ल्यान्डलाई ७ विकेटले पराजित गर्दै अस्ट्रेलियाले सातौंपटक उपाधि जितेको हो । इंग्ल्यान्डले दिएको १५१ रनको लक्ष्य अस्ट्रेलियाले १७ बल बाँकी छँदा ३ विकेट गुमाएर पूरा गर्‍यो । बेथ मूनीले ६४ तथा फोबे लिचफिल्डले ४८ रन बनाइन् । इंग्ल्यान्डका लागि चार्लोट डिन, लाउरेन बेल ...