मुख्य समाचार
नवलपरासीका किसानलाई तरुल खन्न र बिक्री गर्न भ्याइनभ्याइ
नवलपरासीका किसानलाई तरुल खन्न र बिक्री गर्न भ्याइनभ्याइ

— माघे संक्रान्ति नजिकिएसँगै पूर्वी नवलपरासीका किसानलाई तरुल खन्न र बिक्री गर्न भ्याइनभ्याइ छ । जिल्लाको पहाडी भेगमा तरुलको व्यावसायिक खेती हुने गर्छ । काठमाडौं, पोखरा तथा बुटवलबाट व्यवसायी किसानको खेतमै तरुल खरिदका लागि आउने गरेका छन् ।



हरेक वर्ष माग बढेपछि खाली रहेको भिरालो जग्गामा तरुल खेती गरेर आम्दानी लिन थालेको बुलिङ्गटार गाउँपालिका–५ का लालबहादुर सारुले बताए । ‘भिरालो र खालि रहेको जग्गाको सदुपयोग पनि भएको छ, आम्दानी पनि हुने,’ उनले भने,‘ पहिले आफ्नो घरका लागि मात्र तरुल लगाउने किसानले अहिले यसैलाई व्यावसायिक गरेका छन् ।’ किसानले गाउँमा हात्तीपाइले तरुल प्रतिकिलो ५० देखि ६० र वन तरुल प्रतिकिलो १ सय २० देखि १ सय ४० रुपैयाँमा बिक्री गरिरहेका छन् ।


किसानले प्रतिधार्नी १ सय ४० मा बिक्री गर्ने तरुल जिल्लाकै बजारमा खुद्रा प्रतिकिलो १ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिचौलियाले किसानबाट सस्तोमा खरिद गरेर महँगोमा बिक्री गर्ने गर्दा किसान मर्कामा परेका हुन् । पुस पहिलो सातादेखि तरुलको माग बढ्दै आएको र माघे संक्रान्ति र माघी पर्वका लागि काठमाडौं, नारायणगढ, पोखरालगायतका बजारबाट माग बढेको हो ।

जिल्लाको हुप्सेकोट, बौदीकाली र बुलिङ्गटारमा व्यावसायिक रूपमा तरुल खेती हुने गर्छ । अघिल्लो वर्ष ५१ मेट्रिक टन तरुल उत्पादन भएको थियो । यस वर्ष १० प्रतिशतले उत्पादन बढ्ने कृषि ज्ञान केन्द्रको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कोशी प्रदेशको कुल गार्हस्थ उत्पादन (जीडीपी) चालु आर्थिक वर्ष २०८२–०८३ मा १० खर्बमाथि पुग्ने प्रक्षेपण गरिएको छ । तथ्यांक समन्वय कार्यालय विराटनगरले सार्वजनिक गरेको प्रादेशिक लेखा अनुमानअनुसार प्रदेशको अर्थतन्त्र १० खर्ब ४३ अर्ब ११ करोड रुपैयाँसम्म पुग्ने अनुमान गरिएको हो । उक्त प्रतिवेदनमा कोशी प्रदेशको आर्थिक वृद्धिदर ३.१ प्रतिशत रहने पनि उल्लेख गरिएको छ ...
। कृषि, वन तथा पर्यावरण मन्त्रालयले दुग्ध विकास संस्थान (डीडीसी) सुधारका लागि ९ बुँदे निर्देशन जारी गरेको छ । मन्त्री गिता चौधरीले डीडीसीको समग्र व्यवस्थापन, आर्थिक पारदर्शिता र सेवा प्रवाहमा आमूल सुधार ल्याउन उक्त निर्देशन जारी गरेकी हुन् । यस्तो छ निर्देशन १. विगत पाँच वर्षको दूध संकलन र बिक्री वितरणको मासिक तथ्यांक तथा आम्दानी खर्चको यथार्थ विवरण ...
। सरकारले समस्याग्रस्त सहकारीका थप ३०४ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो । समितिका अनुसार आज कृषि सहकारीका ८८ जना र शिव शिखर बहुउद्देश्यीय सहकारीका थप २१६ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् । यसअघि समितिले कान्तिपुर ...
। नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक रूपान्तरण हुने गरी आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याउन अर्थमन्त्रीलाई सुझाव दिएको छ । आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बजेटका सुझाव पेस गर्दै महासंघले आगामी बजेट केवल सामान्य वार्षिक दस्तावेज मात्र नभई नेपालको आर्थिक इतिहासकै विशिष्ट मोडमा आउन लागेको भन्दै अर्थतन्त्रको वर्तमान मोडेलमा आमूल परिवर्तन गर्न सुझाव ...
। राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले जहाज खरिद गर्न लिएको ३६ अर्ब रुपैयाँको दायित्व ५५ अर्ब हाराहारी पुगेको छ । महालेखा परीक्षकको ६३औं वार्षिक प्रतिवेदन अनुसार नेपाल सरकारको जमानीमा नेपाल एयरलाइन्सले २०७० र २०७४ सालमा दुई पटक गरी ३६ अर्ब ऋण लिएको थियो । त्यसमध्ये कर्मचारी सञ्चय कोषबाट २२ अर्ब र नागरिक लगानी कोषबाट १२ अर्ब ऋण लिएको ...