मुख्य समाचार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग

— गत मंगलबार चीनको स्वशासित क्षेत्र तिब्बतको डिङ्ग्री काउन्टीका भूकम्पपीडितलाई ल्हासास्थित नेपाली महावाणिज्यदूतावासको सहजीकरणमा त्यहाँ रहेको संस्था नेपाली दुःख निवारण कल्याणकोषले ल्हासामा बसोबास गरिरहेका नेपाली समुदायबाट सङ्कलन भएको ३७ लाख १७ हजार पाँच सय ३० रुपैयाँ प्रदान गरिएको छ ।



ल्हासास्थित रेडक्रस कार्यालयमा आज आयोजित कार्यक्रममा कल्याणकोषका अध्यक्ष कुञ्जो धार्के नेपालीले ल्हासा रेडक्रसका प्रमुख लियो यिदोङलाई सहायता रकम हस्तान्तरण गरेका हुन् ।


ल्हासास्थित महावाणिज्यदूतावासका अनुसार सहायता रकम ग्रहण गर्दै अध्यक्ष लियोले महावाणिज्यदूतावास, कल्याणकोष र नेपाली समुदायप्रति आभार व्यक्त गरेका थिए । त्यस अवसरमा अध्यक्ष लियो र महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाबीच नेपाल–चीन सम्बन्धका विविध पक्षमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। थाइल्यान्डमा अलपत्र परेका एक जना नेपाली नागरिकको उद्धार गरी नेपाल फिर्ता ल्याइएको छ । थाइल्यान्डस्थित नेपाली दूतावासले १ जना नेपाली नागरिकको उद्धार गरी नेपाल फिर्ता गरेको जनाएको छ । दूतावासका अनुसार आकर्षक रोजगारीको प्रलोभनमा पारी लाओसको गोल्डन ट्र्याङ्गलमा लगेर गैरकानुनी रूपमा काम गर्न बाध्य बनेका ती नेपाली नागरिक भागेर थाइल्यान्ड छिरेका थिए । थाई सरकारी निकायको ...
: मलेसिया सरकारले त्यहाँको अध्यागमन कानुन उल्लंघन गर्ने १३ जना नेपालीलाई निष्काशन(डिपोर्ट) गरेको छ । उनीहरू गत साता काठमाडौं आइपुगेका छन् । वैदेशिक रोजगारीका लागि विभिन्न मेनपावरमार्फत् त्यहाँ पुगेका उनीहरूले कम्पनी फेर्ने,प्रवेशाज्ञाको म्याद सकिएपछि समेत काम गर्नेलगायत अध्यागमन कानुन उल्लंघन गरेपछि मलेसिया सरकारले निष्काशन गरेको हो । अध्यागमन प्रहरीले पक्राउ गरेपछि अनुसन्धान गरी मालिन्दो एयरलाइन्सको ...
: दक्षिण कोरियामा गैरकानुनी रुपमा बसेका थप चारजना नेपालीलाई निष्काशन गरिएको छ। अध्यागमन स्रोतका अनुसार निष्काशित हुनेमा दुर्गाबहादुर राई, खुमबहादुर छत्याल, बिनोद निरौला र विजय पुन रहेका छन्। उनीहरू गत साता कोरियन एयरबाट काठमाडौं आएका हुन्। कोरियामा गैरकानुनी रुपमा बसेका उनीहरूलाई त्यहाँको अध्यागमन कार्यालयले पक्राउ गरि नेपाल पठाएको हो। पछिल्लो समय गैरकानुनी रुपमा ...
: अमेरिकाको उत्तरी भर्जिनियाको एक होटलमा रहेको बरफको पोखरीमा कार डुब्दा २ जना नेपालीको मृत्यु भएको छ। बिहीबार बिहान भर्जिनियाको चान्टिलीमा रहेको एक होटल बाहिर १० फिट गहिरो पोखरीमा कार डुबेको अवस्थामा फेला परेको र त्यस कारभित्र दुई जना नेपालीको शव भेटिएको सञ्चारमाध्यमहरुमा उल्लेख छ। प्रहरीले लगभग बिहान ७:३० बजेतिर हिउँमा चिप्लिएर पोखरीमा कार खसेको ...
: अष्ट्रेलियाको सिड्नीमा एक नेपाली महिलाको शंकास्पद मृत्यु भएको छ। सेभेनन्युजका अनुसार ३९ वर्षीया दीक्षा दाहालको बालकोनीबाट खसेर मृत्यु भएको हो। गत पुस १८ गते सिड्नीको पर्रामाट्टा अपार्टमेन्टको सातौं तल्लाबाट खसेर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। बालकोनीमा झुन्डिरहेका बेला सडकमा हिंडिरहेका मानिसहरूले त्यहाँको इमरेजेन्सी नम्बर 000 मा फोन गरेका थिए। प्रहरी आइनपुग्दै दीक्षाको खसेर ...