मुख्य समाचार
नियन्त्रणमा आएन क्यालिफोर्नियाको डढेलो, मृत्यु हुनेको संख्या ११ पुग्यो
नियन्त्रणमा आएन क्यालिफोर्नियाको डढेलो, मृत्यु हुनेको संख्या ११ पुग्यो

— अमेरिकाको क्यालिफोर्निया राज्यमा शुक्रबार फैलिएको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । डढेलोका कारण हालसम्म कम्तीमा ११ ज्यानले ज्यान गुमाइसकेका सीएनएनले जनाएको छ ।




अधिकारीहरूका अनुसार डढेलोले १० हजारभन्दा बढि घर तथा अन्य संरचना ध्वस्त पारिसकेको छ । क्यालिफोर्नियाको आगलागी नियन्त्रण अधिकारीहरूका अनुसार हाल कम्तिमा ६ स्थानमा डढेलो लागिरहेको छ । तीमध्यै सबैभन्दा ठूलो डढेलो पालिसेड्स क्षेत्रमा छ । पालिसेड्स क्षेत्रमा कम्तीमा २१ हजार ५ सय एकड क्षेत्रमा डढेलो लागिरहेको छ ।

इटनमा १४ हजार एकडमा फैलिएको डढेलोले करिब एक हजार संरचना ध्वस्त पारिसकेको छ । त्यस्तै, केनेथमा १ हजार एकड र हर्स्टमा ७ सय ७० एकड क्षेत्रमा डढेलो लागिहरेको छ । आर्चरको डढेलो १९ एकडमा फैलिएको छ ।
लस एन्जलसको उत्तरी पहाडी क्षेत्र लिडियामा ३ सय ९५ एकडमा फैलिएको आगो ९८ प्रतिशत नियन्त्रणमा आएको छ । हर्स्टको डढेलो करिब ७० प्रतिशत नियन्त्रणमा आएको जनाइएको छ । अन्य डढेलो नियन्त्रणको प्रगति ५० प्रतिशतभन्दा कम छ ।

लस एन्जलस काउन्टीमा स्वास्थ्य संकटकाल घोषणा गरिएको छ । अधिकारीहरूले धुँवा र खरानीका कारण हावाको गुणस्तर खराब भएकाले जनाउँदै स्वास्थ्य संकटकाल घोषणा गर्नुपरेको जनाएका छन् ।

क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले पानी आपूर्तीको कमीका कारण आगो निभाउने प्रयास थप जटिल बनेको विषयमा अनुसन्धान गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पश्चिम अफ्रिकी मुलुक मालीका रक्षामन्त्री सादियो केमाराको एक आत्मघाती ट्रक विष्फोटमा मृत्यु भएको छ । राजधानी बमाको नजिकै रहेको निवासमा भएको आत्मघाती ट्रक विष्फोटमा उनको मृत्यु भएको हो । रक्षामन्त्री केमाराका परिवारले उनको मृत्यु आत्मघाती ट्रक विष्फोटमा भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार घटनाको केही घण्टापछि मालीको सरकारी टेलिभिजनले विष्फोटमा गम्भीर घाइते ...
। अमेरिकी केन्द्रीय बैङ्क फेडरल ‘रिजर्भ’ ले आगामी बैठकमा ब्याजदर यथावत राख्ने सम्भावना उच्च देखिएको छ, जसलाई विश्लेषकहरूले हालको आर्थिक र भूराजनीतिक अवस्थासँग जोडेर हेरेका छन् । अहिले ब्याजदर ३.५० प्रतिशत देखि ३.७५ प्रतिशत को दायरामा छ र यसलाई परिवर्तन नगरी कायम राख्ने अपेक्षा गरिएको छ । यसको मुख्य कारण मध्यपूर्वमा जारी युद्ध हो, जसले विश्वव्यापी ...
: क्युरियोसिटी रोभरले मंगल ग्रहमा पहिलो पटक गरिएको प्रयोगमा जीवनका ‘निर्माण ब्लक’ पत्ता लगाएको छ । क्युरियोसिटी रोभरले मंगल ग्रहमा अहिलेसम्म फेला परेको सबैभन्दा विविध प्रकारका जैविक अणुहरू फेला पारेको छ । जसमा सात वटा यस्ता यौगिकहरू पनि छन् जुन यसअघि रातो ग्रहमा कहिल्यै भेटिएका थिएनन् । यी कार्बनयुक्त यौगिकहरू त्यही ‘निर्माण ब्लक’ हुन् जसले पृथ्वीमा ...
: इरानी विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका फिल्ड मार्सल असिम मुनीरबीच भेटवार्ता भएको छ। अराघची शुक्रबार र शनिबारको मध्यरातमा इस्लामाबाद आइपुगेका हुन्। उनको यस भ्रमणका क्रममा अमेरिकासँगको बैठकको कुनै औपचारिक योजना भने प्रस्ताव गरिएको छैन्। अराघचीले शुक्रबार 'एक्सु (ट्विटर) मा एक पोस्ट गर्दै पाकिस्तानको भ्रमणपछि आफू ओमान र रुसको यात्रामा जाने जानकारी दिएका थिए। इरानी सरकारी ब्रोडकास्टरले ...
इरानी सेनाले अमेरिकाले होर्मुजको जलडमरूको नाकाबन्दी जारी राखेमा जवाफी कारबाही गरिने चेतावनी दिएको छ। सेनाको कमाण्ड सेन्टरद्वारा जारी गरिएको विज्ञप्तिमा अमेरिकी सेनाले यस क्षेत्रमा नाकाबन्दी, समुन्द्री लुटपाट र डकैती जारी राखेमा इरानी सेनाबाट जवाफी कारबाहीको सामना गर्नुपर्ने उल्लेख छ। अप्रिल १३ मा इरानी बन्दरगाहहरूमा समुद्री यातायातमा नाकाबन्दी लगाएदेखि अमेरिकाले धेरै जहाजहरूलाई नियन्त्रणमा लिएको छ। यो मुद्दा ...