मुख्य समाचार
भागदौड मामिलामा अल्लु अर्जुनलाई राहत, विदेश जान अनुमति
भागदौड मामिलामा अल्लु अर्जुनलाई राहत, विदेश जान अनुमति

। गत ४ डिसेम्बरमा भारतको हैदरावादस्थित सन्ध्या थिएटरमा भएको भागदौड घटनामा अभिनेता अल्लु अर्जुनलाई राहत मिलेको छ । उनले जमानतमा छुट पाएका छन् ।

भागदौड मामिलामा उनी डिसेम्बर १३ मा पक्राउ परेका थिए । भोलिपल्ट १४ डिसेम्बरमा उनी धरौटीमा रिहा भए । जमानतको शर्त अनुसार उनी हरेक आइतबार स्थानीय चिक्कडपल्ली प्रहरी चौकीमा हाजिर हुनुपर्ने थियो ।




साथै उनलाई विदेश जान पनि अनुमति दिइएको थिइएन । नयाँ खबरअनुसार, हैदरावादको नामपल्ली अदालतबाट जमानत सर्तहरू खुकुलो पारिएको छ । अल्लु अर्जुनलाई विदेश यात्रामा जान समेत अनुमति दिइएको छ । अब उनले हरेक साता प्रहरीमा हाजिरी समेत गर्नुपर्ने छैन ।

आइतबार हाजिर हुनुअघि अल्लु अर्जुनको कानुनी टोलीले सर्तमा छुट दिन अदालतलाई अनुरोध गरेको थियो, जसलाई अदालतले स्वीकृत गरेको छ । सुरक्षाको कारण अभिनेतालाई छूट दिनुपर्ने माग राखिएको थियो ।



फिल्म ‘पुष्पा : द रुल’ डिसेम्बर ५ मा रिलिज भएको थियो । रिलिज हुनुअघि हैदराबादको सन्ध्या थिएटरमा फिल्मको प्रिमियर भएको थियो । अल्लु अर्जुन प्रिमियरको क्रममा फ्यानहरूलाई सरप्राइज दिन पुगेका थिए । उनलाई हेर्न यति धेरै भीड जम्मा भयो कि भागदौड मच्चियो ।

भीड अनियन्त्रित भएपछि धेरै बेहोस समेत भए । रेवती नामकी एक महिलाको मृत्यु भयो भने छोरा श्रेतेज गम्भीर घाइते भएका छन् । यस मामिलामा अल्लु अर्जुनसहित १८ जनाविरुद्ध डिसेम्बर ६ मा उजुरी परेको थियो ।

१३ डिसेम्बरमा अल्लु अर्जुनलाई उनको हैदराबादको घरबाट पक्राउ गरिएको थियो । उनलाई स्थानीय अदालतमा पेस गरिएको थियो, जहाँबाट उनलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अहिलेको समयमा सर्वाधिक लोकप्रिय भारतीय गायकहरूमध्येका एक हुन्, अरिजीत सिंह । उनले आफ्नो सांगीतिक करियरमा कैयौँ सुपरहिट गीतहरू दिएका छन् । चलचित्र गायनमा त उनले कब्जा नै जमाएका छन्। तर हिजो मंगलबार साँझ अकस्मात् उनले चलचित्र गायन अब रोक्ने घोषणा गरे । सामाजिक सञ्जालमार्फत गरेको उनको त्यस्तो घोषणापछि फ्यानहरू अचम्ममा परे । किन ? भनेर प्रश्नहरू ...
४ वर्षको पर्खाइपछि चर्चित के-पप ब्यान्ड बीटीएस सांगीतिक टूरमा फर्कदैछ । अहिले यो टूरको टिकटलाई यति धेरै मारामार भएको छ कि मेक्सिकोकी राष्ट्रपतिले नै दक्षिण कोरियाली समकक्षीलाई आफ्नो देशमा अझै शो थपिदिन अनुरोध गरेकी छिन् । मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबाउमले सोमबार भनिन्, ‘मैले कोरियाका राष्ट्रपतिलाई चिठी त लेखेकी छु… अहिलेसम्म जवाफ त आएको छैन, तर आशा ...
। पपस्टार कान्ये वेस्टले आफूले दिएको नाजीवादी अभिव्यक्तिलाई लिएर माफी मागेका छन् । सोमबारको ‘वाल स्ट्रिट जर्नल’ मा पूरा एक पानाको विज्ञापन नै छापेर आफ्ना कुराहरू राखेका छन् । ग्रामी विजेता गायकले सो विज्ञापनमा एउटा लामो माफीनामा लेखेका छन् । पछिल्ला वर्षमा उनले सामाजिक सञ्जालमार्फत यहुदी समुदायमाथि गरेको प्रहार र ‘नाजीवाद’ को समर्थन गरेकोमा पछुतो मान्दै ...
। राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्था समितिले चलचित्र विधेयक पारित गरेको छ । सिंहदरबारमा सोमबार बसेको समिति बैठकले चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल गदै पारित गरेको हो । चलचित्र विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन मंगलबार बस्ने राष्ट्रियसभा बैठकमा पेश गर्ने कार्यसूची रहेको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले चलचित्र क्षेत्रलाई सामाजिक, सांस्कृतिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले स्वदेशी चलचित्रको विकास, विस्तार र प्रवर्द्धन हुनेगरी सो सम्बन्धी कानुन परिमार्जन गर्न लागिएको बताएका छन् । सोमबार सिंहदरबारमा बसेको संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री सिन्हाले चलचित्र सम्बन्धि प्रचलित कानुनलाई परिमार्जनका लागि सांसदहरूले गरेका विमर्शले सिंगै देशको चाहनालाई प्रतिबिम्बित ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम