मुख्य समाचार
जय ट्रफीको उपाधिका लागि फाइनलमा आर्मी र पुलिस भिड्ने
जय ट्रफीको उपाधिका लागि फाइनलमा आर्मी र पुलिस भिड्ने

: त्रिभुवन आर्मी क्लब, जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। लिग चरण अन्तर्गतको अन्तिम खेलमा आइतबार मधेस प्रदेशलाई ८ विकेटले हराएपछि फाइनलमा आर्मीको स्थान सुरक्षित भएको हो।


जारी प्रतियोगितामा आर्मीको यो पहिलो जित पनि हो। यसअघिका दुई खेलमा आर्मीले नेपाल पुलिस क्लब र बागमती प्रदेशसँग बराबरी खेलेको थियो। लिग चरणको तीन खेल मध्ये दुई खेलमा बराबरी र एक खेलमा जीत हात पार्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो।

आइतबार वीरगन्जको नारायणी क्रिकेट मैदानमा सम्पन्न खेलमा मधेसले दिएको २८ रनको लक्ष्य आर्मीले ६ ओभरमै मात्र दुई विकेट गुमाएर पुरा गर्यो। दोस्रो इनिङ्समा आर्मीका लागि तृतराज दासले सर्वाधिक १३ रन बनाए भने इमरान शेखले ८ तथा सन्तोष कार्की र बसिर अहमदले अविजित समान चार–चार रन बनाए।


दोस्रो इनिङ्समा बलिङ्तर्फ मधेसका प्रदीप पासवानले दुई विकेट लिए। त्यसअघि पहिलो इनिङ्समा ३५.५ ओभरमा अलआउट हुँदा १०२ रनमात्र बनाएर फ्लोअनमा परेको मधेसले दोस्रो इनिङ्समा १५० रनमात्र बनाएको थियो। मधेसले दोस्रो इनिङ्समा ६४.१ ओभरमा अलआउट हुँदै १५० रनमात्र बनाएपछि आर्मीले जितका लागि २८८ रनको लक्ष्य पाएको थियो।

आर्मीले आफ्नो पहिलो इनिङ्समा ५९.३ ओभरमा २२५ रन बनाएको थियो। शनिबार पहिलो दिनको खेल समाप्ति हुँदा आर्मीले मधेसविरुद्ध १२१ रनको अग्रता लिएको थियो।आइतबार दोस्रो दिनको खेलमा ब्याटिङ् थालेको आर्मीले १२४ रन थपेको थियो। निर्धारित ओभरभन्दा तीन बल अघि नै अर्थात ५९.३ ओभरमा पालि समाप्तिको घोषणा गरेका आर्मीले पहिलो इनिङ्समा ९ विकेट गुमाउँदै २२५ रन बनाएको थियो।

मधेसविरुद्धको खेलमा आर्मीको जितमा कूल ९ विकेट लिन सफल साहब आलम नायक बने। पहिलो इनिङ्समा एक्लैले ६ वकेट लिएर मधेसको ब्याटिङ लाइनअप ध्वस्त पारेका आलमले दोस्रो इनिङ्समा पनि ३ विकेट लिए। आलमले यसअघि नेपाल पुलिस क्लबविरुद्धको पहिलो खेलमा पनि १० विकेट लिएका थिए।

वीरगन्जको नारायणी क्रिकेट मैदानमा माघ १ गतेदेखि सुरु हुने फाइनलमा उपाधिका लागि आर्मीले पुलिससँग प्रतिस्पर्धा गर्नेछ। लिग चरणका खेलमा दुईमा जित र एक बराबरी खेलेको पुलिस यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ।

लिग चरणका खेलहरू दुई दिवसीय भएको प्रतियोगिताको फाइनल खेल भने तीन दिवसीय हुनेछ। गत वर्ष भएको प्रधानमन्त्री कपमा शीर्ष चार स्थानमा रहेका आर्मी, पुलिस, मधेस र बागमतीले जय ट्रफीमा भाग लिएका हुन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सर्बियन स्टार नोभाक जोकोभिचले आफ्नो विम्बल्डन करियरकै सबैभन्दा लामो खेल जित्दै जारी प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका छन् । सेन्टर कोर्टमा भएको रोमाञ्चक क्वार्टरफाइनलमा उनले क्यानडाका तेस्रो वरीयताका फेलिक्स अगर-अलियास्मीलाई ७–६(१०), ३–६, ६–३, ६–७(४), ७–६(१०–४) ले पराजित गरे । पाँच घण्टा १५ मिनेटसम्म चलेको यो खेल विम्बल्डन इतिहासकै सबैभन्दा लामो क्वार्टरफाइनल बनेको छ । ३९ वर्षीय जोकोभिचले ...
। अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकपमा असिस्टमा पनि कीर्तिमान बनाएका छन् । पिफा विश्वकप २०२६ अन्तर्गत इजिप्ट विरुद्धको प्रिक्वाटरफाइनल खेलमा असिस्ट गरेपछि मेसीले एकै पटक दुई कीर्तिमान बनाएका हुन् । उनी फिफा विश्वकपमा सर्वाधिक ९ असिस्ट गर्ने खेलाडी बनेका छन् । यसअघि अर्जेन्टिनाका लेजेण्ड डिएगो म्याराडोना समान ८ असिस्ट गरेका मेसीले इजिप्ट विरुद्धको असिस्ट पछि सर्वाधिक ...
: फिफा विश्वकप २०२६ अन्तर्गत इजिप्टलाई पराजित गर्दै साविक विजेता अर्जेन्टिना क्वाटरफाइनल प्रवेश गरेको छ। एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले इजिप्टलाई ३-२ ले पराजित गरेको हो। खेलको पहिलो हाफमा इजिप्टले १००को अग्रता बनाएको थियो। दोस्रो हाफमा इजिप्टले १ गोल थप्दा ३ गोल बेहोर्यो। जसको फलस्वरूप साविक विजेतासँग इजिप्ट अन्तिम १६मा रोकियो। खेलको १५ औं मिनेटमा अर्जेन्टिना ...
: फिफा विश्वकप २०२६ को अन्तिम १६ को अन्तिम खेलमा कोलम्बियालाई पराजित गर्दै स्विट्जरल्यान्ड क्वाटरफाइनल प्रवेश गरेको छ। भ्यानकुभरमा भएको खेलमा स्विट्जरल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै ७२ वर्षपछि फिफा विश्वकपको क्वाटर फाइनल संस्थान बनाउन सफल भएको हो। निर्धारित ९० मिनेटमा दुवै टोलीले कुनै गोल गर्न सकेनन् । नतिजाको लागि खेल अतिरिक्त समयमा लम्बिएको थियो। ...
। अफगानिस्तानका पूर्वक्रिकेटर शपूर जाद्रानको ३८ वर्षको उमेरमा मंगलबार निधन भएको छ । लामो समयदेखि दुर्लभ प्रतिरक्षा प्रणालीसम्बन्धी रोग (एचएलएच) बाट पीडित जद्रानले पछिल्ला केही महिनादेखि भारतको दिल्ली–एनसीआर क्षेत्रमा उपचार गराइरहेका थिए । अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले सामाजिक सञ्जालमार्फत उनको निधनको पुष्टि गर्दै जाद्रान अफगानिस्तान क्रिकेटको जग बसाल्ने प्रमुख व्यक्तिमध्ये एक रहेको जनाउँदै श्रद्धाञ्जली व्यक्त ...