मुख्य समाचार
विदेशी फिल्मको छायांकनलाई सजिलो बनाउन ‘एकद्वार नीति’ ल्याउनेबारे छलफल
विदेशी फिल्मको छायांकनलाई सजिलो बनाउन ‘एकद्वार नीति’ ल्याउनेबारे छलफल

। चलचित्र विकास बोर्डले नेपालमा छायांकन हुने विदेशी फिल्मका नेपाली व्यवस्थापकलाई सघाउने बताएको छ । चलचित्र विकास बोर्डमा आयोजित समारोहमा संचार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्याल र बोर्ड अध्यक्ष दिनेश डीसीले विदेशी फिल्म छायांकनका नेपाली व्यवस्थापकले राखेका गुनासा सुने ।

नेपालमा विदेशी फिल्मको छायांकनमा काम गरिरहेका झण्डै ३० जना सहजकर्ताले सम्बद्ध अधिकारीसँग गुनासा राखेका थिए । नेपाललाई विदेशी फिल्मको छायांकन गन्तव्यको रुपमा विकास गर्ने कुरामा सरकारको झन्झटिलो प्रक्रिया बाधक रहेको गुनासो उनीहरूले राखेका थिए ।


फरक-फरक सरकारी निकायमा पुग्नुपर्ने झन्झट, शुल्क लगायतका गुनासो उनीहरूले राखे । सबैको सुझाव सुनेपछि संचार सचिव अर्यालले समस्या समाधानका लागि बोर्डको एकद्वार नीतिमार्फत पहल गर्न सकिने र यसबारे आफूहरू गम्भीर रहेको बताएकी थिइन् ।


ड्रोनको लाइसेन्स लगायतका प्रक्रिया पनि बोर्डबाटै गर्नको लागि पहल गरिने समेत उक्त अवसरमा बताइएको छ । उक्त अवसरमा बोर्डको एकद्वार नीतिमार्फत समस्या समाधानमा अघि बढ्न सहभागिले सुझाव दिएका थिए ।

पछिल्लो समय नेपालमा कथानक, वेब सिरिज र डकुमेन्ट्री फिल्मको छायांकन संख्यामा वृद्धि भैरहेको सन्दर्भमा सम्बन्ध प्राविधिक तथा व्यवस्थापकसँग छलफल गरिएको बोर्डले जनाएको छ । सरोकारवालाले भोग्नुपरेको समस्या सुन्ने, चलचित्रको छायांकन संख्या अभिवृद्धि गर्ने, समस्या समाधानमा सुझाव र गुनासा संकलन गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताइएको छ । मन्त्रालयको आयोजना र बोर्डको सहजीकरणमा कार्यक्रम भएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दिल्ली उच्च अदालतले बलिउड अभिनेता अजय देवगनको व्यक्तित्व अधिकारको रक्षा गर्दै उनीबारेका डीपफेक भिडियो तथा उनको नाममा अनधिकृत प्रयोग भएका सामग्री हटाउन आदेश दिएको छ । यसअघि अदालतले ऐश्वर्या राय बच्चन, अभिषेक बच्चन, करण जोहर र कुमार सानुजस्ता सेलिब्रेटीको मुद्दामा पनि यस्तै आदेश दिएको थियो । देवगनले युट्युबलाई “कुनै पनि एआई-मोडेललाई तालिम दिन’ अपलोड गरिएका भिडियो/सामग्री प्रयोग ...
। कृत्रिम बुद्धिमता (एआई) बाट सिर्जना गरिएका ३ गीतले पछिल्लो साता बिलबोर्ड र स्पोटीफाईको ‘ग्लोबल चार्ट’ को शीर्ष स्थान कब्जा गरेका छन् । ‘ब्रेकिङ रस्ट’ नामक एक समूहले सिर्जना गरेको गीतहरू ‘वाक माई वाक’ र ‘लिभिङ अन बरोड टाइम’ले स्पोटीफाईको अमेरिकाको ५० भाइरल गीतको सूचीमा स्थान बनाएका छन् । नयाँ आश्रय स्थल निर्माणको विरोधमा जेडब्लू ब्रोकन भेटेरानद्वारा ...
। बलिउड अभिनेत्री सन्नी लियोनीले चितवन हात्ती महोत्सवमा हुने क्रुरताको अन्त्य गर्न आग्रह गरेकी छिन् । पशु हितको क्षेत्रमा कार्य गर्ने संस्था पेटा एसियामार्फत लियोनीले यस्ता अभ्यासको अन्त्य गर्नुपर्ने बताएकी हुन् । पेटा एसियासँग लामो समयदेखि आबद्ध अभिनेत्रीले भनेकी छिन्, ‘चितवन हात्ती महोत्सव आयोजना हुँदा खुसी हुनुपर्ने कारण केही छैन । किनकी यसैको लागि भनेर हात्तीहरूलाई ...
। बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार ३’ लाई विश्व प्रिमियर गरिएको छ । सन् २००९ को यो फिल्मको शीर्षक छ- अवतार : फायर एन्ड एस ! जेम्स क्यामरुन निर्देशित यो फिल्म ४ पुस (१९ डिसेम्बर, २०२६) मा विश्वभर प्रदर्शन तयारीमा छ । ‘अवतार’ का अघिल्ला दुवै श्रृंखला विश्व बक्सअफिसमा सर्वकालिन धेरै कमाउने उत्कृष्ट ५ को सूचीमा छन् । ...
। कान्सको पाम डी’ओर विजेता फिल्म निर्माता जाफर पनाहीलाई इरानमा उनको अनुपस्थितिमा एक वर्षको जेल सजाय सुनाइएको उनका वकिलले बताएका छन् । पनाहीलाई इरानमा एक वर्षको कारावास र यात्रा प्रतिबन्धको सजाय सुनाइएको उनका वकिलले एएफपीलाई बताएका छन् । यसविरुद्ध पुनरावेदन गरिने वकिल मुस्तफा निलीले समाचार संस्था एएफपीलाई बताए । इरानले उक्त सजाय सुनाइरहँदा पनाही चाहिँ अमेरिकाको न्यूयोर्कमा ...