मुख्य समाचार
सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको डायमन्ड क्याटेगोरी ड्राफ्टमा
सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको डायमन्ड क्याटेगोरी ड्राफ्टमा

। पाकिस्तान सुपर लिग (पीएसएल) २०२५ को खेलाडी ड्राफ्टअन्तर्गत डायमन्ड क्याटेगोरीमा नेपालका लेगस्पिनर सन्दीप लामिछाने समावेश भएका छन् ।

पाकिस्तान सुपर लिगले शुक्रबार सार्वजनिक गरेको ड्राफ्ट लिष्टमा सन्दीप डायमन्ड क्याटेगोरीमा समावेश भएका हुन् ।




यसअघि सिल्भर क्याटेगोरीमा नेपालका ६ खेलाडी समावेश भएका थिए । सोमबार सार्वजनिक भएको ड्राफ्ट लिष्टमा सिल्भर क्याटेगोरीमा गुल्सन झा, आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी रहेका थिए ।

आगामी सिजनको पीएसएलको लागि फाइनल ड्राफ्ट आगामी जनवरी १३ मा हुँदैछ । पीएसएल २०२५ आगामी अप्रिल-मे महिनामा हुनेछ ।



यसअघि सन्दीप लामिछाने प्लाटिनम तथा गुल्शन झा गोल्ड क्याटेगोरीमा थिए । यद्यपी अघिल्लो संस्करणबाट नेपालबाट १० खेलाडी ड्राफ्टमा रहेकामा सबै अनसोल्ड रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित