मुख्य समाचार
मलेसिया सरकारले त्यहाँको अध्यागमन कानुन उल्लंघन गर्ने १३ जना नेपालीलाई निष्काशन
मलेसिया सरकारले त्यहाँको अध्यागमन कानुन उल्लंघन गर्ने १३ जना नेपालीलाई निष्काशन

: मलेसिया सरकारले त्यहाँको अध्यागमन कानुन उल्लंघन गर्ने १३ जना नेपालीलाई निष्काशन(डिपोर्ट) गरेको छ । उनीहरू गत साता काठमाडौं आइपुगेका छन् । वैदेशिक रोजगारीका लागि विभिन्न मेनपावरमार्फत् त्यहाँ पुगेका उनीहरूले कम्पनी फेर्ने,प्रवेशाज्ञाको म्याद सकिएपछि समेत काम गर्नेलगायत अध्यागमन कानुन उल्लंघन गरेपछि मलेसिया सरकारले निष्काशन गरेको हो ।


अध्यागमन प्रहरीले पक्राउ गरेपछि अनुसन्धान गरी मालिन्दो एयरलाइन्सको जहाजबाट उनीहरूलाई नेपाल पठाएको हो । त्यसरी निष्काशित हुनेहरूमा जय कुमार यादव, भुदान सदा, सन्देश भुसाल, सन्तोष थापा, अविनास ठकुरी, आशिष पन्याङ, रामकुमार, लालसी बुढा, मान बहादुर गुरुङ, विष्णे महरा चमार, राज कुमार खत्री,सोनु विक र कमल कुमार शाही छन् ।


उनीहरूले के-कस्तो अध्यागमन कानुन उल्लंघन गरे भन्नेबारे भने केही खुलेको छैन् । निष्काशित भएका कतिपयले त नेपालको राहदानी फ्याकेर गैरकानुनी र असुरक्षित ढंगले काम गर्दै आएको खुलेको छ।

मलेसियाको अध्यागमन प्रहरीले गैरकानुनी रुपले काम गरेको भेटिएपछि फरक-फरक समयमा उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले के-कस्तो अध्यागमन कानुन उल्लंघन गरे भन्नेबारे भने केही खुलेको छैन् । निष्काशित भएका कतिपयले त नेपालको राहदानी फ्याकेर गैरकानुनी र असुरक्षित ढंगले काम गर्दै आएको खुलेको छ।

मलेसिया श्रमिकहरूका लागि आकर्षक मुलुकम मानिन्छ । नेपालले श्रम सम्झौता गरी विगत लामो समयदेखि नेपाली श्रमिकहरूलाई कामका लागि मलेसिया पठाउँदै आएको छ । मलेसियाको अध्यागमनले कम्पनी फेर्ने,ओभर स्टे र आपराधिक गतिविधिमा संलग्न नेपालीलगायत त्यहाँ कार्यरत विदेशी कामदारहरूमाथि निगरानी बढाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटमा परेर ज्यान गुमाउने नेपालीको संख्या चार पुगेको छ । बेपत्ता भएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिम जोरकाफलका ५० वर्षीय रत्न राईको पनि मृत्यु भएको पुष्टि भएको हो । यससँगै मृतकको संख्या चार पुगेको छ । यही माघ २२ गते मेघालयको पूर्वी जयन्तिया हिल्समा रहेको अवैध कोइलाखानीमा विष्फोट हुँदा खोटाङकै बराहपोखरी गाउँपालिका-१ ...
: अस्ट्रेलियामा गाडी दुर्घटना हुँदा एक नेपाली महिलाको मृत्यु भएको छ। अष्ट्रेलियाको पर्थमा शुक्रबार राति अनियन्त्रित भएर कार घरभित्र पस्दा नेपाली महिलाको मृत्यु भएको हो। अस्ट्रेलियाको सञ्चारमाध्यमका अनुसार दुर्घटनामा ५३ वर्षीया नेपाली महिला विष्णुकुमारी गुरूङको मृत्यु भएको हो। विष्णुकुमारी नेपालबाट घुम्न तिन दिन पहिलेमात्रै अष्ट्रेलिया पुगेकी थिइन्। उनी छोरी ज्वाइँको घरमा बस्दै आएकी थिइन्। उनी ...
: वैदेशिक रोजगारीको नाममा जोखिमपूर्ण र असुरक्षित श्रम गर्न बाध्य नेपाली युवाहरूको पीडा फेरि एकपटक भारतको मेघालयमा दोहोरिएको छ। खोटाङको बराहपोखरी गाउँपालिका-१ सालघारी भञ्ज्याङका एकै घरका दुई दाजुभाइले भारतको कोइलाखानीमा ज्यान गुमाएपछि परिवारमात्र होइन, सिंगो गाउँ शोकमा डुबेको छ। विपन्न परिवारका २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर र २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर गत पुस ३ गते ...
— भन्सार छलेर ल्यापटप र मोबाइल लैजान लागेको आरोपमा दुई जना महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर स्थायी घर भएकी २६ वर्षीय पूर्णिमा लामा तामाङ र रुपन्देही घर भएकी ३६ वर्षीय रोशनीकुमारी श्रेष्ठ छन् । विमानस्थल सुरक्षा प्रहरी कार्यालयका एसपी राजकुमार सिलवालका अनुसार, पूर्णिमाको साथबाट एउटा आइफोन, दुई वटा लेनोभो ल्यापटप बरामद गरिएको छ भने ...
— नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक मलेसियाले श्रमिकको भर्ना लागत शुल्क हटाउन सरकारी संयन्त्रबाट मात्रै श्रमिक लैजाने ‘प्रणाली’ बनाइरहेको जनाएको छ । उसले तेस्रो पक्षको कारण श्रमिकमाथि शोषण, ऋणमा परेका कारण आधुनिक दासत्वभित्र परेको भन्दै सरकारी संयन्त्रमार्फत न्यायोचित (पारदर्शी) भर्ना गर्ने प्रणाली बनाइरहेको मलेसियाको मानव शंशाधन मन्त्रालयले जनाएको हो । ‘विदेशी श्रमिकको भर्ना प्रक्रियाबाट तेस्रो पक्षका एजेन्ट ...