मुख्य समाचार
अमेरिकी राज्य क्यालिफोर्नियामा विगत ६ दिनदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन
अमेरिकी राज्य क्यालिफोर्नियामा विगत ६ दिनदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन

: अमेरिकी राज्य क्यालिफोर्नियामा विगत ६ दिनदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। यसका कारण अहिलेसम्म १६ जनाको मृत्यु भइसकेको छ भने धेरै मानिसहरू बेपत्ता भएको आशंका गरिएको बीबीसी समाचारमा उल्लेख छ।


हावाको गति बढिरहेकोले आगो फैलिने क्रम बढ्दै छ। हाल ८० किलोमिटर प्रतिघण्टाको गतिमा हावा बहिरहेको छ, जुन आगामी १२ घण्टामा अझै बढ्न सक्ने मौसम विभागले चेतावनी दिएको छ। अमेरिकालाई आगो निभाउन मद्दत गर्न मेक्सिकोबाट पनिअग्निनियन्त्रकहरू आइपुगेका छन्।

लुटपाट बढ्यो


आगलागीको संकटको बीचमा क्यालिफोर्नियाको सान्ता मोनिका शहरमा लुटपाट भएको छ। त्यसपछि प्रशासनले उक्त क्षेत्रमा कर्फ्यू घोषणा गरेको जनाइएको छ। लुटपाटको घटनामा संलग्न २० जनालाई पक्राउ गरिएको छ।

रोयटर्सका अनुसार लस एन्जलस (एलए) मा लागेको आगलागीबाट अहिलेसम्म करिब १३५ अर्ब डलर क्षति भएको अनुमान गरिएको छ।

आगो आवासीय क्षेत्रहरूमा फैलिन नदिन अग्निनियन्त्रकहरूले सक्दो प्रयास गरिरहेका छन्।

पालिसेड्सको आगो रोक्नको लागि हवाई टोलीले आकाशबाट पानी छर्किरहेका छन्। प्यालिसेड्सको आगो १,००० एकडभन्दा बढी क्षेत्रफलमा फैलिएको छ र अब ब्रेन्टवुड तर्फ सर्दै गरेको जनाइएको छ।

साथै आगो निभाउन पानीको अभावका कारण जनतामा आक्रोश बढेको छ।

अमेरिकाको राष्ट्रिय मौसम सेवाले आगलागी फैलाउन सक्ने बलियो सान्ता आना हावा शनिबार र आइतबार फेरि तीव्र हुन सक्ने चेतावनी दिएको छ।

क्यालिफोर्नियाका सात छिमेकी राज्यहरू र संघीय सरकारले आगलागी नियन्त्रण गर्न सहयोग पठाएका छन्। छिमेकी देशहरू क्यानडा र मेक्सिकोले पनि सहयोग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— महँगीकोविरुद्ध इरानमा सुरु भएको प्रदर्शनले उग्र रूप लिएको छ । विगत केही वर्षयताकै सबैभन्दा गम्भीर मानिएको यस सरकार विरोधी प्रदर्शनका क्रममा हालसम्म कम्तीमा ४५ जनाको मृत्यु भइसकेको छ । नर्वेस्थित 'इरान ह्युमन राइट्स' (आईएचआर)लाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले प्रदर्शनका क्रममा हालसम्म ४५ जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा ८ जना बालबालिका रहेका ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई अन्तर्राष्ट्रिय कानुन नचाहिने बताएका छन् । न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले आफूलाई 'नैतिकता'ले मात्र रोक्न सक्ने बताएका हुन् । ट्रम्पले अन्तर्वार्ताका क्रममा भनेका छन्, 'मलाई अन्तर्राष्ट्रिय कानुन आवश्यक छैन । मलाई रोक्न सक्ने भनेको मेरै आफ्नै नैतिकता हो, मेरै आफ्नै मस्तिष्क हो ।' उनले अगाडि भनेका छन्, 'म मानिसहरूलाई ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोलाई ह्वाइट हाउस भ्रमणको निम्तो दिएका छन् । कोलम्बियास्थित सञ्चारसंस्था कोलम्बिया रिपोर्टका अनुसार पछिल्लो समय बिग्रिएको दुई देशबीचको सम्बन्धलाई पुनः लयमा फर्काउने प्रयासस्वरूप ट्रम्पले यस्तो कदम चालेका हुन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत पेट्रोसँग फोनमा कुराकानी भएको र उनलाई भेट्न उत्सुक रहेको जानकारी दिएका छन् ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले नयाँ ‘भिसा बन्ड’ नीतिमा नेपाललाई पनि समावेश गर्ने भएको छ । अमेरिकी विदेश मन्त्रालय (यूएस डिपार्टमेन्ट अफ स्टेट) ले सूचना सार्वजनिक गर्दै २१ जनवरी २०२६ देखि नेपाललाई पनि ‘भिसा बन्ड’ नीतिमा समावेश गर्ने भएको हो । नेपाललाई ‘भिसा बन्ड’ नीतिमा समावेश गरेसँगै २१ जनवरीदेखि व्यवसाय र पर्यटन भिसाका लागि आवेदन दिने आवेदकले ५ ...
: अमेरिकाको मिनियापोलिसमा अध्यागमन अधिकारीले चलाएको गोली लागेर एक महिलाको मृत्यु भएको छ। अमेरिकी अधिकारीहरूले गोली प्रहार आत्मरक्षाका लागि गरिएको दाबी गरेका छन्। तर, स्थानीय नेतृत्वले भने उक्त दाबीमाथि प्रश्न उठाएको छ। बीबीसीका अनुसार डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (DHS) का अनुसार ती महिलाले अफिसरमाथि गाडी चलाएर आक्रमण गर्ने प्रयास गरेकाले आत्मरक्षाका लागि गोली चलाउनुपरेको बताएका छन्। गृह ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम