मुख्य समाचार
माघे संक्रान्तिका अवसरमा नुवाकोटको विभिन्न स्थानहरूमा हुने गोरु जुधाइको तयारी पूरा
माघे संक्रान्तिका अवसरमा नुवाकोटको विभिन्न स्थानहरूमा हुने गोरु जुधाइको तयारी पूरा

: माघे संक्रान्तिका अवसरमा नुवाकोटको विभिन्न स्थानहरूमा हुने गोरु जुधाइको तयारी पूरा भएको छ।


नुवाकोटको तारुका लगायतका स्थानमा गरिँदै आएको गोरु जुधाई मेलाका लागि गोरु दर्ता गराउने काम सबै स्थानमा सकिएको छ। माघ १ गते नुवाकोटको तारुका (तारकेश्वर गाउँपालिका), बेत्रावती (विदुर नगरपालिका), पञ्चकन्या, लिखु, तादी गाउँपालिका लगायतका स्थानमा गोरु जुधाई हुँदै आएको छ।



नुवाकोटको तारुकाको चन्दनीमा १४, बेत्रावतीमा ११ तथा पञ्चकन्यामा १० हल गोरु जुधाउन तयारी गरिएको छ। जुधाइने गोरु दुई हजार रुपैयाँपछि फिर्ता हुने गरी शुल्क लिइएको छ। गोरुको वर्गीकरण गरी क, ख र ग वर्ग अनुसार पुरस्कार दिइने आयोजकले जनाएको छ। गत वर्ष विजेता गोरुका धनीहरूलाई प्रोत्साहन स्वरूप वर्गीकरण अनुसार १०, ८ र ६ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो।
जुधाइने गोरुको औषधि उपचार तथा बिमाको व्यवस्था गरिएको छ। गोरु जुधाइलाई यस पटक महोत्सवसहित मनोरञ्जनात्मक कार्यक्रमसमेत रहेको आयोजकले जानकारी दिएको छ। गोरु जुधाई हेर्न नुवाकोट, रसुवा, धादिङ, काठमाडौं, चितवन, मकवानपुर, गोरखाबाटसमेत सर्वसाधारण आउने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सर्बियन स्टार नोभाक जोकोभिचले आफ्नो विम्बल्डन करियरकै सबैभन्दा लामो खेल जित्दै जारी प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका छन् । सेन्टर कोर्टमा भएको रोमाञ्चक क्वार्टरफाइनलमा उनले क्यानडाका तेस्रो वरीयताका फेलिक्स अगर-अलियास्मीलाई ७–६(१०), ३–६, ६–३, ६–७(४), ७–६(१०–४) ले पराजित गरे । पाँच घण्टा १५ मिनेटसम्म चलेको यो खेल विम्बल्डन इतिहासकै सबैभन्दा लामो क्वार्टरफाइनल बनेको छ । ३९ वर्षीय जोकोभिचले ...
। अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकपमा असिस्टमा पनि कीर्तिमान बनाएका छन् । पिफा विश्वकप २०२६ अन्तर्गत इजिप्ट विरुद्धको प्रिक्वाटरफाइनल खेलमा असिस्ट गरेपछि मेसीले एकै पटक दुई कीर्तिमान बनाएका हुन् । उनी फिफा विश्वकपमा सर्वाधिक ९ असिस्ट गर्ने खेलाडी बनेका छन् । यसअघि अर्जेन्टिनाका लेजेण्ड डिएगो म्याराडोना समान ८ असिस्ट गरेका मेसीले इजिप्ट विरुद्धको असिस्ट पछि सर्वाधिक ...
: फिफा विश्वकप २०२६ अन्तर्गत इजिप्टलाई पराजित गर्दै साविक विजेता अर्जेन्टिना क्वाटरफाइनल प्रवेश गरेको छ। एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले इजिप्टलाई ३-२ ले पराजित गरेको हो। खेलको पहिलो हाफमा इजिप्टले १००को अग्रता बनाएको थियो। दोस्रो हाफमा इजिप्टले १ गोल थप्दा ३ गोल बेहोर्यो। जसको फलस्वरूप साविक विजेतासँग इजिप्ट अन्तिम १६मा रोकियो। खेलको १५ औं मिनेटमा अर्जेन्टिना ...
: फिफा विश्वकप २०२६ को अन्तिम १६ को अन्तिम खेलमा कोलम्बियालाई पराजित गर्दै स्विट्जरल्यान्ड क्वाटरफाइनल प्रवेश गरेको छ। भ्यानकुभरमा भएको खेलमा स्विट्जरल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै ७२ वर्षपछि फिफा विश्वकपको क्वाटर फाइनल संस्थान बनाउन सफल भएको हो। निर्धारित ९० मिनेटमा दुवै टोलीले कुनै गोल गर्न सकेनन् । नतिजाको लागि खेल अतिरिक्त समयमा लम्बिएको थियो। ...
। अफगानिस्तानका पूर्वक्रिकेटर शपूर जाद्रानको ३८ वर्षको उमेरमा मंगलबार निधन भएको छ । लामो समयदेखि दुर्लभ प्रतिरक्षा प्रणालीसम्बन्धी रोग (एचएलएच) बाट पीडित जद्रानले पछिल्ला केही महिनादेखि भारतको दिल्ली–एनसीआर क्षेत्रमा उपचार गराइरहेका थिए । अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले सामाजिक सञ्जालमार्फत उनको निधनको पुष्टि गर्दै जाद्रान अफगानिस्तान क्रिकेटको जग बसाल्ने प्रमुख व्यक्तिमध्ये एक रहेको जनाउँदै श्रद्धाञ्जली व्यक्त ...