मुख्य समाचार
एटलेटिको म्याड्रिडले स्पेनी ला लिगामा ओसासुनालाई १–० ले पराजित
एटलेटिको म्याड्रिडले स्पेनी ला लिगामा ओसासुनालाई १–० ले पराजित

— लयमा रहेको एटलेटिको म्याड्रिडले स्पेनी ला लिगाको शीर्ष स्थानमा आइतबार एक अंकको अग्रता लिएको छ । उसले ओसासुनालाई १–० ले पराजित गर्दै लिगको आधा यात्रा पूरा गर्दा अगाडि रहेको हो । एटलेटिकोको यो सबै खाले प्रतियोगितामा गरेर लगातार १४ औं जित हो ।



डिएगो सिमोनीको एटलेटिकोपछि रियल म्याड्रिड रहेका छ । उसलाई बार्सिलोनामाथि छ अंकको अग्रता पनि प्राप्त भएको छ । एटलेटिको ४४, छिमेकी रियल ४३ र बार्सिलोना ३८ अंकमा शीर्ष तीन स्थानमा छन् ।


लिगमा लगातार आठौं जित निकाल्ने क्रममा एटलेटिकोका लागि जुलियन एल्भारेजले ५५ औं मिनेटमा निर्णायक गोल गरे । एटलेटिकोले यी जितमध्ये पाँच खेलमा क्लिन सिट पनि राखेको छ ।

‘हामीले अहिले राम्रो खेलिरहेका छौं, तर चुनौती अझै धेरै बाँकी छन् । लिगमा अझै लामो यात्रा तय गर्न बाँकी छ । अझै धेरै खेल खेल्न बाँकी छ । हामीले आफ्नो मिहिनेत छाड्नु हुन्न,’ जितपछि एल्भारेजले प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल सुपर लिग (एनएसएल)को फ्रेन्चाइज टिम एफसी चितवनले जमैकन गोलकिपर अमल नाइटलाई अनुबन्ध गरेका छ । तेस्रो संस्करणको एनएसएलका लागि नाइटसँग सम्झौता गरेको सामाजिनक सञ्जालबाट जानकारी दिएको छ। नाइटसँग जमैकन र अमेरिकन लिग खेलको अनुभव छ। उनले पछिल्लो पटक अमेरिकी दोस्रो डिभिजनको क्लब लेक्सिङ्टन एससीबाट खेलेका थिए। नाइटले सन् २०१८ मा जमैकन राष्ट्रिय टोलीका ...
: वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र हङकङ बीचको खेल वर्षाको कारण रद्द भएको छ। तालिकाको पुछारमा रहेको टिम नेपालले तेस्रो स्थानमा रहेको हङकङसँग तेस्रो स्थानका लागि खेल्ने तालिका रहेको थियो। नेपालले प्रतियोगिताको ६ खेलमा २ जित हात पार्यो भने ४ हार बेहोर्यो। यससँगै नेपाली टिमको लागि यो प्रतियोगिता सकिएको ...
: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा एपीएफ क्लबले कर्णाली प्रदेशलाई ५ विकेटले पराजित गरेको छ। सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको कर्णाली प्रदेशले ४७ ओभरमा १८९ रनमा अलआउट भएको थियो। कर्णालीले दिएको १९० रनको लक्ष्य पछ्याएको एपीएफका लागि दीपक बोहोरा र सुमित महर्जनले शतकीय साझेदारी गर्दै टिमलाई जित दिलाएका हुन्। एपीएफले १९० को ...
— म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शनिबार ब्राइटनसँग बराबरी खेलेको छ र यो उसका लागि घाटाको नतिजा रहनेछ । एतिहाडमा भएको खेलमा सिटीले दुईपल्ट अग्रता लिएर पनि त्यसलाई जोगाउन सकेन् । सिटीका लागि इर्लिङ हालान्ड र ओमर मारमोसले गोल गरे । ब्राइटनका तर्फबाट भने पेरभिस स्टुपिनन र अब्डोकोडोर खुसानोभले गोल फर्काए । अर्को खेलमा नटिङ्घम फरेस्टले ...
— केयलियन एमबापेको दुई गोलको मद्दतले रियल म्याड्रिडले स्पेनी ला लिगामा शनिबार भिल्लारियललाई २–१ ले हराएको छ र फेरि लिग तालिकाको शीर्षमा उक्लेको छ । जुवान फोयटको गोलले भिल्लारियलले सुरुमै अग्रता लिएको थियो । त्यसपछि एमबापेले १७ र २३ औं मिनेटमा एक एक गोल गरे । यो जितपछि रियलको ६० अंक भएको छ र यो बार्सिलोनामाथि ...