मुख्य समाचार
एटलेटिको म्याड्रिडले स्पेनी ला लिगामा ओसासुनालाई १–० ले पराजित
एटलेटिको म्याड्रिडले स्पेनी ला लिगामा ओसासुनालाई १–० ले पराजित

— लयमा रहेको एटलेटिको म्याड्रिडले स्पेनी ला लिगाको शीर्ष स्थानमा आइतबार एक अंकको अग्रता लिएको छ । उसले ओसासुनालाई १–० ले पराजित गर्दै लिगको आधा यात्रा पूरा गर्दा अगाडि रहेको हो । एटलेटिकोको यो सबै खाले प्रतियोगितामा गरेर लगातार १४ औं जित हो ।



डिएगो सिमोनीको एटलेटिकोपछि रियल म्याड्रिड रहेका छ । उसलाई बार्सिलोनामाथि छ अंकको अग्रता पनि प्राप्त भएको छ । एटलेटिको ४४, छिमेकी रियल ४३ र बार्सिलोना ३८ अंकमा शीर्ष तीन स्थानमा छन् ।


लिगमा लगातार आठौं जित निकाल्ने क्रममा एटलेटिकोका लागि जुलियन एल्भारेजले ५५ औं मिनेटमा निर्णायक गोल गरे । एटलेटिकोले यी जितमध्ये पाँच खेलमा क्लिन सिट पनि राखेको छ ।

‘हामीले अहिले राम्रो खेलिरहेका छौं, तर चुनौती अझै धेरै बाँकी छन् । लिगमा अझै लामो यात्रा तय गर्न बाँकी छ । अझै धेरै खेल खेल्न बाँकी छ । हामीले आफ्नो मिहिनेत छाड्नु हुन्न,’ जितपछि एल्भारेजले प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेना पदमुक्त भएका छन् । नेपाली फुटबलको नियामक निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) फिफाको निलम्बनमा परेको अवस्थामा दुवै पक्षको सहमतिमा पदमुक्त गरिएको निलम्बित एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए । ‘अब अहिले नेपाली फुटबल पनि निलम्बनको अवस्थामा भएपछि दुवैको सहमतिमा हाल उहाँलाई रिलिज गर्ने निर्णय भएको हो, अब ...
। सर्बियन स्टार नोभाक जोकोभिचले आफ्नो विम्बल्डन करियरकै सबैभन्दा लामो खेल जित्दै जारी प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका छन् । सेन्टर कोर्टमा भएको रोमाञ्चक क्वार्टरफाइनलमा उनले क्यानडाका तेस्रो वरीयताका फेलिक्स अगर-अलियास्मीलाई ७–६(१०), ३–६, ६–३, ६–७(४), ७–६(१०–४) ले पराजित गरे । पाँच घण्टा १५ मिनेटसम्म चलेको यो खेल विम्बल्डन इतिहासकै सबैभन्दा लामो क्वार्टरफाइनल बनेको छ । ३९ वर्षीय जोकोभिचले ...
। अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकपमा असिस्टमा पनि कीर्तिमान बनाएका छन् । पिफा विश्वकप २०२६ अन्तर्गत इजिप्ट विरुद्धको प्रिक्वाटरफाइनल खेलमा असिस्ट गरेपछि मेसीले एकै पटक दुई कीर्तिमान बनाएका हुन् । उनी फिफा विश्वकपमा सर्वाधिक ९ असिस्ट गर्ने खेलाडी बनेका छन् । यसअघि अर्जेन्टिनाका लेजेण्ड डिएगो म्याराडोना समान ८ असिस्ट गरेका मेसीले इजिप्ट विरुद्धको असिस्ट पछि सर्वाधिक ...
: फिफा विश्वकप २०२६ अन्तर्गत इजिप्टलाई पराजित गर्दै साविक विजेता अर्जेन्टिना क्वाटरफाइनल प्रवेश गरेको छ। एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले इजिप्टलाई ३-२ ले पराजित गरेको हो। खेलको पहिलो हाफमा इजिप्टले १००को अग्रता बनाएको थियो। दोस्रो हाफमा इजिप्टले १ गोल थप्दा ३ गोल बेहोर्यो। जसको फलस्वरूप साविक विजेतासँग इजिप्ट अन्तिम १६मा रोकियो। खेलको १५ औं मिनेटमा अर्जेन्टिना ...
: फिफा विश्वकप २०२६ को अन्तिम १६ को अन्तिम खेलमा कोलम्बियालाई पराजित गर्दै स्विट्जरल्यान्ड क्वाटरफाइनल प्रवेश गरेको छ। भ्यानकुभरमा भएको खेलमा स्विट्जरल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै ७२ वर्षपछि फिफा विश्वकपको क्वाटर फाइनल संस्थान बनाउन सफल भएको हो। निर्धारित ९० मिनेटमा दुवै टोलीले कुनै गोल गर्न सकेनन् । नतिजाको लागि खेल अतिरिक्त समयमा लम्बिएको थियो। ...