मुख्य समाचार
म्यानचेस्टर युनाइटेडले आर्सनललाई टाइब्रेकरमा ५–३ ले हराए
म्यानचेस्टर युनाइटेडले आर्सनललाई टाइब्रेकरमा ५–३ ले हराए

— जोसुआ जिरकेजीले पेनाल्टीमा निर्णायक गोल गरेपछि म्यानचेस्टर युनाइटेडले आइतबार आर्सनललाई टाइब्रेकरमा ५–३ ले हराएको छ । यससँगै डिफेन्डिङ च्याम्पियन युनाइटेड प्रतियोगिताको चौथो चरण पनि पुगेको छ ।



इमिरेट्समा भएको खेलमा युनाइटेड दस खेलाडीमा सीमित रहेको थियो । डिएगो डलोट दोस्रो पहेँलो कार्डमा मैदान छाड्न बाध्य रहे र युनाइटेडले एक घण्टाको खेल समय एक खेलाडी कम रहेको स्थितिमा खेलेको थियो ।


निर्धारित समयको खेल भने १–१ को बराबरीमा रहेको थियो । ब्रुनो फर्नान्डेजले युनाइटेडका लागि पहिलो गोल गरेपछि ग्याब्रिएल मागल्हेसले घरेलु टिमका लागि बराबरी गोल फर्काए ।

प्रतियोगिताको तेस्रो चरणका अन्य खेलमा टोटनहमले टामवर्थलाई ३–०, क्रिस्टल प्यालेसले स्कटपोर्टलाई १–०, इपस्विच टाउनले ब्रिस्टल रोबर्सलाई ३–० र न्युकासल युनाइटेडले ब्रोमलीलाई ३–१ ले हरायो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिफा विश्वकप २०२६ को उपाधि रक्षा अभियानमा रहेको अर्जेन्टिनामाथि मैदानबाहिर ठूलो विवाद सिर्जना भएको छ । अर्जेन्टिना फुटबल संघ (एएफए) अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) को प्रारम्भिक अनुसन्धानको घेरामा परेको छ । अर्जेन्टिनी सञ्चारमाध्यम ला नासियोन मा प्रकाशित रिपोर्ट अनुसार एफबीआईले एएफएको अमेरिकाभित्र सञ्चालन भएका व्यावसायिक कारोबार र आर्थिक गतिविधिमाथि अनुसन्धान थालेको हो । अनुसन्धानको ...
। नेपाली पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेना पदमुक्त भएका छन् । नेपाली फुटबलको नियामक निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) फिफाको निलम्बनमा परेको अवस्थामा दुवै पक्षको सहमतिमा पदमुक्त गरिएको निलम्बित एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए । ‘अब अहिले नेपाली फुटबल पनि निलम्बनको अवस्थामा भएपछि दुवैको सहमतिमा हाल उहाँलाई रिलिज गर्ने निर्णय भएको हो, अब ...
। सर्बियन स्टार नोभाक जोकोभिचले आफ्नो विम्बल्डन करियरकै सबैभन्दा लामो खेल जित्दै जारी प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका छन् । सेन्टर कोर्टमा भएको रोमाञ्चक क्वार्टरफाइनलमा उनले क्यानडाका तेस्रो वरीयताका फेलिक्स अगर-अलियास्मीलाई ७–६(१०), ३–६, ६–३, ६–७(४), ७–६(१०–४) ले पराजित गरे । पाँच घण्टा १५ मिनेटसम्म चलेको यो खेल विम्बल्डन इतिहासकै सबैभन्दा लामो क्वार्टरफाइनल बनेको छ । ३९ वर्षीय जोकोभिचले ...
। अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकपमा असिस्टमा पनि कीर्तिमान बनाएका छन् । पिफा विश्वकप २०२६ अन्तर्गत इजिप्ट विरुद्धको प्रिक्वाटरफाइनल खेलमा असिस्ट गरेपछि मेसीले एकै पटक दुई कीर्तिमान बनाएका हुन् । उनी फिफा विश्वकपमा सर्वाधिक ९ असिस्ट गर्ने खेलाडी बनेका छन् । यसअघि अर्जेन्टिनाका लेजेण्ड डिएगो म्याराडोना समान ८ असिस्ट गरेका मेसीले इजिप्ट विरुद्धको असिस्ट पछि सर्वाधिक ...
: फिफा विश्वकप २०२६ अन्तर्गत इजिप्टलाई पराजित गर्दै साविक विजेता अर्जेन्टिना क्वाटरफाइनल प्रवेश गरेको छ। एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले इजिप्टलाई ३-२ ले पराजित गरेको हो। खेलको पहिलो हाफमा इजिप्टले १००को अग्रता बनाएको थियो। दोस्रो हाफमा इजिप्टले १ गोल थप्दा ३ गोल बेहोर्यो। जसको फलस्वरूप साविक विजेतासँग इजिप्ट अन्तिम १६मा रोकियो। खेलको १५ औं मिनेटमा अर्जेन्टिना ...