मुख्य समाचार
म्यानचेस्टर युनाइटेडले आर्सनललाई टाइब्रेकरमा ५–३ ले हराए
म्यानचेस्टर युनाइटेडले आर्सनललाई टाइब्रेकरमा ५–३ ले हराए

— जोसुआ जिरकेजीले पेनाल्टीमा निर्णायक गोल गरेपछि म्यानचेस्टर युनाइटेडले आइतबार आर्सनललाई टाइब्रेकरमा ५–३ ले हराएको छ । यससँगै डिफेन्डिङ च्याम्पियन युनाइटेड प्रतियोगिताको चौथो चरण पनि पुगेको छ ।



इमिरेट्समा भएको खेलमा युनाइटेड दस खेलाडीमा सीमित रहेको थियो । डिएगो डलोट दोस्रो पहेँलो कार्डमा मैदान छाड्न बाध्य रहे र युनाइटेडले एक घण्टाको खेल समय एक खेलाडी कम रहेको स्थितिमा खेलेको थियो ।


निर्धारित समयको खेल भने १–१ को बराबरीमा रहेको थियो । ब्रुनो फर्नान्डेजले युनाइटेडका लागि पहिलो गोल गरेपछि ग्याब्रिएल मागल्हेसले घरेलु टिमका लागि बराबरी गोल फर्काए ।

प्रतियोगिताको तेस्रो चरणका अन्य खेलमा टोटनहमले टामवर्थलाई ३–०, क्रिस्टल प्यालेसले स्कटपोर्टलाई १–०, इपस्विच टाउनले ब्रिस्टल रोबर्सलाई ३–० र न्युकासल युनाइटेडले ब्रोमलीलाई ३–१ ले हरायो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाटन उच्च अदालतले अखिल नेपाल फुटबल संघ (एन्फा) ले घोषणा गरेको ‘अर्ली इलेक्सन’सम्बन्धी कुनै पनि गतिविधि नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। अदालतले उम्मेदवारी दर्तालगायत निर्वाचनसम्बन्धी कुनै पनि कार्य नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको हो। पाटन उच्च अदालतका न्यायाधीश कृपासुर कार्कीको एकल इजलासले सोमबार एन्फाको निर्वाचन प्रक्रिया तत्काल रोक्न अल्पकालीन अन्तरिम आदेश ...
: मोहम्मद सालाहको गोलमा इजिप्टले साविक विजेता आइभरी कोस्टमाथि रोमाञ्चक जित निकालेको छ। अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को क्वार्टरफाइनलमा रोमाञ्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको चार मिनेटमै ओमर मार्मोसले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि आधा घण्टापछि रामी राबियाले हेडमार्फत गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए। तर हाफ टाइमअघि ...
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम