मुख्य समाचार
बार्सिलोनाले जित्यो १५ औं पल्ट स्पेनी सुपरकपको उपाधि
बार्सिलोनाले जित्यो १५ औं पल्ट स्पेनी सुपरकपको उपाधि

— बार्सिलोनाले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर आइतबार रियल म्याड्रिडले ५–२ ले पराजित गरेको छ र कीर्तिमान १५ औं पल्ट स्पेनी सुपरकपको उपाधि जितेको छ ।



साउदी अरेबियाको जेद्दामा भएको खेलमा प्राप्त जितसँगै बार्सिलोनाले प्रशिक्षक हान्सी फ्लिक आएयता पहिलो उपाधि जितेको हो । रियलले केयलिन एमबापेको गोलले अग्रता लिएको थयिो । त्यसपछि लामिन यामलले बार्सिलोनाको लागि बराबरी गोल फर्काए ।


त्यसपछि रोबर्ट लेवनडोस्कीले पेनाल्टीबाट एक, राफिन्हाले दुई तथा एलेजान्ड्रो ब्लाडले एक गोल गरे । रोड्रिगोले रियलका लागि एक गोल फर्काए पनि त्यसले बार्सिलोनामाथि थप दबाब सिर्जना गर्न सकेन ।

यो सिजनको एल क्लासिकोकोमा बार्सिलोनाको यो दोस्रो जित हो । यसअघि बार्सिलोनाले रियललाई ला लिगाको खेलमा बर्नाबाउमा ४–० ले हराएको थियो । लिगमा खराव लयमा रहे पनि बार्सिलोनाले सुपरकपको उपाधि जितेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
पपस्टार जस्टिन बिबरले फिफा विश्वकप २०२६ को फाइनलमा प्रस्तुति दिने भएका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विहिबार यस्तो घोषणा गरेको हो । उसले यसअघि नै बीटीएस, शाकिरा र म्याडोनालाई कार्यक्रममा सहभागी हुने कलाकारका रूपमा घोषणा गरिसकेको छ । उनीहरूसँगै गायक बिबरले फाइनलमा सांगीतिक प्रस्तुति दिनेछन् । अप्रिलमा कोचेला महोत्सवमा मुख्य प्रस्तुति दिएपछि बिबरको यो ...
। फिफा विश्वकप २०२६ को उपाधि रक्षा अभियानमा रहेको अर्जेन्टिनामाथि मैदानबाहिर ठूलो विवाद सिर्जना भएको छ । अर्जेन्टिना फुटबल संघ (एएफए) अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) को प्रारम्भिक अनुसन्धानको घेरामा परेको छ । अर्जेन्टिनी सञ्चारमाध्यम ला नासियोन मा प्रकाशित रिपोर्ट अनुसार एफबीआईले एएफएको अमेरिकाभित्र सञ्चालन भएका व्यावसायिक कारोबार र आर्थिक गतिविधिमाथि अनुसन्धान थालेको हो । अनुसन्धानको ...
। नेपाली पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेना पदमुक्त भएका छन् । नेपाली फुटबलको नियामक निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) फिफाको निलम्बनमा परेको अवस्थामा दुवै पक्षको सहमतिमा पदमुक्त गरिएको निलम्बित एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए । ‘अब अहिले नेपाली फुटबल पनि निलम्बनको अवस्थामा भएपछि दुवैको सहमतिमा हाल उहाँलाई रिलिज गर्ने निर्णय भएको हो, अब ...
। सर्बियन स्टार नोभाक जोकोभिचले आफ्नो विम्बल्डन करियरकै सबैभन्दा लामो खेल जित्दै जारी प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका छन् । सेन्टर कोर्टमा भएको रोमाञ्चक क्वार्टरफाइनलमा उनले क्यानडाका तेस्रो वरीयताका फेलिक्स अगर-अलियास्मीलाई ७–६(१०), ३–६, ६–३, ६–७(४), ७–६(१०–४) ले पराजित गरे । पाँच घण्टा १५ मिनेटसम्म चलेको यो खेल विम्बल्डन इतिहासकै सबैभन्दा लामो क्वार्टरफाइनल बनेको छ । ३९ वर्षीय जोकोभिचले ...
। अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकपमा असिस्टमा पनि कीर्तिमान बनाएका छन् । पिफा विश्वकप २०२६ अन्तर्गत इजिप्ट विरुद्धको प्रिक्वाटरफाइनल खेलमा असिस्ट गरेपछि मेसीले एकै पटक दुई कीर्तिमान बनाएका हुन् । उनी फिफा विश्वकपमा सर्वाधिक ९ असिस्ट गर्ने खेलाडी बनेका छन् । यसअघि अर्जेन्टिनाका लेजेण्ड डिएगो म्याराडोना समान ८ असिस्ट गरेका मेसीले इजिप्ट विरुद्धको असिस्ट पछि सर्वाधिक ...