— अमेरिकाको क्यालिफोर्निया राज्यमा फैलिएको डढेलोका कारण ज्यान गुमाउनेको संख्या २४ पुगेको छ । अधिकारीहरूका अनुसार १६ जना बेपत्ता छन् ।
अग्नि नियन्त्रकहरू हाल प्यालिसेड्स र इटनमा फैलिएको डढेलो नियन्त्रणमा खटिइरहेका अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् । प्यालिसेड्समा ११ प्रतिशत मात्र डढेलो नियन्त्रण भएको छ ।
त्यस्तै, इटनमा २७ प्रतिशत आगो नियन्त्रण भएको छ । क्यालिफोर्नियाको वन तथा आगो रोकथाम विभागका अनुसार हर्स्टको डढेलो ८९ प्रतिशत नियन्त्रणमा आएको छ । डढेलोले हर्स्टमा ७ सय ९९ एकड क्षेत्र नष्ट पारेको छ । केनेथमा फैलिएको डढेलो भने पूर्णरुपमा नियन्त्रणमा आएको छ । केनेथमा करिब १ हजार एकड क्षेत्रमा डढेलो लागेको थियो ।
अधिकारीहरूले स्यान्टा आना हावा (सुक्खा र तातो हावा) फेरि चल्ने सम्भावना रहेको बताएका छन् । जसका कारण डढेलोको थप जोखिम बुधबारसम्मै रहेको जनाइएको छ । स्थानीय प्रहरीले आगलागीको मौका पारेर लुटपाट गर्नेमध्ये २० जनालाई पक्राउ गरिएको छ ।