मुख्य समाचार
आर्मीले एन्फा वुमेन्स लिगमा बागमतीमाथि ३–० को जित निकाल्यो
आर्मीले एन्फा वुमेन्स लिगमा बागमतीमाथि ३–० को जित निकाल्यो

— आर्मीले एन्फा वुमेन्स लिगमा सोमबार बागमतीमाथि ३–० को जित निकाल्यो, तर यो सजिलो रहेन् र टिमले धेरै हदसम्म संघर्ष गर्न बाध्य रह्यो । यो जितपछि आर्मीको पाँच खेलबाट १० अंक भएको छ ।



एक दिनको विश्रामपछि महिला लिगको दोस्रो चरणको अन्तिम १० खेल सुरु भएको छन् र त्यसको पहिलो खेलमा आर्मी तीन अंक बटुल्न सफल रहेको हो । बागमती भने तीन अंकमा कायम रह्यो र चौथो स्थानमा रह्यो ।


सात दोबाटोको एन्फा कम्प्लेक्समा आर्मीका लागि सपना लामाले छैटौं मिनेटमा पहिलो गोल गरिन् । त्यसपछि पुनम जर्घामगरले २२ औं मिनेटमा दोस्रो गोल थपिन् । त्यसपछि खेलको लामै समय दुवै टिम स्पष्ट अवसर सिर्जना गर्न असफल रहे ।

दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा चन्द्रा भण्डारीले तेस्रो गोल गरिन् । प्रतिस्पर्धाको ‘प्लेयर अफ द म्याच’ विमला चौधरी रहिन् । उनले नै पहिलो र तेस्रो गोलका लागि अवसर सिर्जना गरेकी थिइन् । तर उनी नै पहिलो हाफमा पेनाल्टीमा भने चुकिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— आईसीसी यू–१९ महिला टी–२० विश्वकपको अभ्यास खेलमा नेपाल पराजित भएको छ । वेष्ट इन्डिजसँगको खेलमा नेपाल नौ रनले पराजित भएको हो । मलेसियामा आज भएको पहिलो अभ्यास खेलमा वेष्ट इन्डिजले नेपाललाई जितका लागि एक सय १० रनको लक्ष्य दिएको थियो । नेपालको पारी १९ दशमलव एक ओभरमा एक सय रनमै समेटियो । नेपालका लागि सिमाना ...
— ह्यारी केनले दोस्रो हाफमा पेनाल्टीबाट गरेको गोल मदतले बायर्न म्युनिकले जर्मन बुंडेसलिगामा बोरुसिया मोन्चेनग्लाडबाखलाई १–० ले हराएको छ र लिग तालिकाको शीर्षमा आफ्नो चार अंकको अग्रतालाई कायम राखेको छ । खेल सकिन २० मिनेट अगाडि माइकल ओलिसलाई मोन्चेनग्लाडबाखका लकास उलरिचले बक्समा लडाएका थिए र त्यसमै प्राप्त पेनाल्टीलाई केनले गोलमा परिणत गरेका थिए । पूरा खेल अगाडिमा ...
— जय ट्रफी एलिट कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भीड्ने भएका छन् । चार टोली सहभागी प्रतियोगिताको लिग चरणका खेल दुई दिवसीय संरचनामा भएका थिए । तर अब फाइनल खेल भने तीन दिवसीय हुनेछ । पुलिस क्लबले जनकपुरको रामजानकी बहुउद्देश्यीय रंगशालामा आइतबार बागमती प्रदेशलाई ५ विकेटले पराजित गरेको हो ...
— बार्सिलोनाले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर आइतबार रियल म्याड्रिडले ५–२ ले पराजित गरेको छ र कीर्तिमान १५ औं पल्ट स्पेनी सुपरकपको उपाधि जितेको छ । साउदी अरेबियाको जेद्दामा भएको खेलमा प्राप्त जितसँगै बार्सिलोनाले प्रशिक्षक हान्सी फ्लिक आएयता पहिलो उपाधि जितेको हो । रियलले केयलिन एमबापेको गोलले अग्रता लिएको थयिो । त्यसपछि लामिन यामलले बार्सिलोनाको ...
— जोसुआ जिरकेजीले पेनाल्टीमा निर्णायक गोल गरेपछि म्यानचेस्टर युनाइटेडले आइतबार आर्सनललाई टाइब्रेकरमा ५–३ ले हराएको छ । यससँगै डिफेन्डिङ च्याम्पियन युनाइटेड प्रतियोगिताको चौथो चरण पनि पुगेको छ । इमिरेट्समा भएको खेलमा युनाइटेड दस खेलाडीमा सीमित रहेको थियो । डिएगो डलोट दोस्रो पहेँलो कार्डमा मैदान छाड्न बाध्य रहे र युनाइटेडले एक घण्टाको खेल समय एक खेलाडी कम ...