मुख्य समाचार
सरकारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पाँच वटा अध्यादेश जारी गर्न सिफारिस
सरकारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पाँच वटा अध्यादेश जारी गर्न सिफारिस

— सरकारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पाँच वटा अध्यादेश जारी गर्न सिफारिस गरेको छ । मन्त्रिपरिषद्को गत शुक्रबारको बैठकले ‘सुशासन प्रवद्र्धधन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१,’ आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व(पहिलो संशोधन), २०८१’, निजीकरण ऐन, २०५० लाई संशोधन गर्न बनेको अध्यादेश र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन, २०८१ गर्न बनेको अध्यादेश’ जारी गर्न राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय गरेको हो ।



सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका निर्णय आज यहाँ सार्वजनिक गर्दै ‘समृद्धिका लागि वन परियोजना’ लागि विश्व बैंकबाट प्राप्त हुने रु एक अर्ब ६३ करोड अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए ।


उक्त बैठकले नागरिक लगानी कोषको चुक्ता पुँजी वृद्धि गरी रु छ अर्ब ४८ करोड १७ लाख १२ हजार २ सय ५० कायम गर्न स्वीकृति दिएको, चालु आर्थिक वर्षका लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल रु तीन हजार आठ सय६७.३८ निर्धारण गरेको छ ।

सरकारका प्रवक्ताका अनुसार संयुक्त बजार अनुगमन निर्देशिका २०६९, शहीदका परिवारलाई पेट्रोलियम पदार्थको विक्रेता नियुक्त गर्दा र ट्यांक ट्रक राख्न अनुमति प्रदान गर्दा सहुलियत दिनेसम्बन्धी कार्यविधि २०६७ र उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचको पैठारीलाई व्यवस्थित गर्नेसम्बन्धी कार्यविधि २०७८ खारेज गर्ने निर्णय गरेको छ ।

बैठकले राजस्व न्यायाधिकरण काठमाडौँको कानुन अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश ब्रजेश प्याकुरेललाई, विशेष अदालत काठमाडौँको सदस्यमा उच्च अदालत पाटनका न्यायाधीश विदुर कोइरालालाई नियुक्त गर्ने तथा नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका १५ जना अधिकृतलाई सम्बन्धित सेवा समूहको राजपत्राङ्कित प्रथम श्रेणीमा बढुवा गर्ने र नौ जना राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतलाई गर्ने निर्णय गरेको छ ।

सरकारले अध्यागमनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (दोस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए ।

प्रहरी नायब महानिरीक्षकहरू कुवेर कडायत र रवीन्द्र केसीलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरी क्रमशः नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग र नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागमा पदस्थापन गर्ने निर्णय गरेको छ ।




यसैगरी बैठकले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेस गर्ने निर्णय गरेको छ । सरकारको नाममा दर्ता रहेको रुपन्देही जिल्ला साविक लुम्बिनी आदर्श गाविस को ३–१०–११ बिघा सरकारी प्रकृतिको जग्गा लुम्बिनी सांकृतिक नगरपालिका, रुपन्देही र पर्सा जिल्ला साबिक विजबनिया गाविसको ०–१०–० बिघा सरकारी जग्गा जगरनाथपुर गाउँपालिका, पर्सालाई उपयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ । सरकारले पारमाणविक पदार्थको नियमनसम्बन्धी निर्देशिका, २०७२ खारेज गरेको छ ।

बैठकले सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिने र श्रम, रोजगार तथा सामाजिक सुरक्षा र पर्वतारोहणसम्बन्धी (छैटौँ संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ ।

सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेशको प्रमुख सचिव पदमा सहसचिव बाबुराम अधिकारी र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेश प्रदेशको प्रमुख सचिव पदमा सहसचिव मदन भुजेललाई कायम मुकायम मुकरर गर्ने निर्णय गरेको छ । यसैगरी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको विदेश भ्रमण स्वीकृत भएको छ ।

श्रममन्त्री भण्डारी आगामी माघ १६ देखि १७ गतेसम्म साउदी अरबको रियादमा आयोजना हुने विश्वव्यापी श्रम बजार सम्मेलनको मन्त्रिस्तरीय गोलमेच बैठक तथा खेलकुदमन्त्री चौधरी माघ ६ गते मलेसियामा आयोजना हुने थारु वार्षिक दिवसमा सहभागी हुन बैठकले स्वीकृति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रपति रामचन्द्र पौडेलले चार वटा अध्यादेश जारी गरेका छन्। सरकारले सिफारिस गरेका चार अध्यादेशहरू राष्ट्रपति पौडेलले सोमबार जारी गरेका हुन्। जसमा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संसोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संसोधन) अध्यादेश, २०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार ...
— पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार कार्यले तीव्रता पाएको छ । आँबुखैरेनीबाट जामुनेसम्म ४१ दशमलव ४५ किलोमिटर दूरीमा सडक विस्तार भइरहेको हो । यस खण्डको हालसम्म ७४ प्रतिशत भौतिक प्रगति भएको छ । पूर्वी खण्डमा २७ दशमलव ४ किलोमिटर दूरीमा अन्तिम चरणको कालोपत्रकार्य सम्पन्न भएको पूर्वीखण्डका सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । उनका अनुसार पहिलो ...
: काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। थप विवरण आउन बाँकी छ।
: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुपाल्चोकको सुकुटे आइपुगेका छन्। माघ १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने ८औं पुरुष र ७औं महिला राष्ट्रिय बीच भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रचण्ड सोमबार साँझ सुकुटे आइपुगेका हुन्। प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजकले जानकारी दिएका छन्। प्रतियोगिताको संयोजन नेपाल भलिबल संघले गर्नेछ ...
— प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय समितिमा बोलाएर चीन भ्रमणका क्रममा भएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौताबारे प्रष्ट पार्न लगाउनुपर्ने कांग्रेसका सांसद विमलेन्द्र निधिले माग गरेका छन् । परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्री ओलीको चीन र अमेरिका भ्रमणबारे जानकारी गराएपछि सांसद निधिले प्रधानमन्त्री ओली आफै आएर संसद् र संसदीय समितिलाई जानकारी दिनुपर्ने माग गरे । प्रतिनिधिसभाको ...