मुख्य समाचार
लसएन्जलसको आगलागीमा परी २४ जनाको मृत्यु, २३ बेपत्ता
लसएन्जलसको आगलागीमा परी २४ जनाको मृत्यु, २३ बेपत्ता

। अमेरिकाको लसएन्जलसमा फैलिएको आगो अझै पनि नियन्त्रणमा आउन सकेको छैन । आगोमा जलेर २४ जनाको मृत्यु भइसकेको छ भने २३ जना बेपत्ता छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।




प्यालिसेड्सको पहाडी क्षेत्रबाट सुरु भएको डढेलो इटन र हर्स्ट क्षेत्रका बस्तीमा फैलिएको छ ।

सबैभन्दा धेरै प्रभावित क्षेत्रको पहिलो नम्बरमा प्यालिसेड्स छ । प्यालिसेड्सको २३ एकडभन्दा बढी क्षेत्रमा आगो फैलिएको र जम्मा १४ प्रतिशत हिस्सामामात्र आगो नियन्त्रणमा सफलता मिलेको बीबीसीले जनाएको छ । आगो निभाउन पाँच हजारभन्दा बढी जनशक्ति परिचालन गरिएको छ ।



आगोबाट अति प्रभावित क्षेत्रको दोस्रो नम्बरमा इटन छ । यसको १४ हजार एकड क्षेत्रमा आगो फैलिएको छ र ३३ प्रतिशत हिस्सामा मात्र नियन्त्रणमा लिन सकिएको छ । यसको अर्थ ३३ प्रतिशत क्षेत्रमा आगो निभाइएको नभई आगो फैलिन नदिइएको हो ।

मौसम विभागका वैज्ञानिक रिच थम्प्सनले सेन्टा आना हावाको वेगले आगो फैलिन मद्दत गरेको र यो तत्काल रोकिने अवस्था नरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इजरायल र हमास बीच युद्धविराम सम्झौता चाँडै सम्पन्न हुन सक्ने सञ्चारमाध्यमहरुमा उल्लेख गरिएको छ। यसका लागि इजिप्ट, कतार र अमेरिकाको सहयोगमा कतारको राजधानी दोहामा वार्ता भइरहेको छ। इजरायली अधिकारीहरूले सोमबार बताएअनुसार सम्झौताको पहिलो चरणमा ३३ जना बन्धकहरूलाई रिहा गरिनेछ। हमाससँग ९४ जना इजरायली बन्धकहरू छन्। जसमध्ये लगभग ३४ जनाको मृत्यु भइसकेको छ। ७ अक्टोबर २०२३ मा ...
। अमेरिकाको दक्षिण क्यालिफोर्नियास्थित सहर लस-एन्जलसमा लागेको विनाशकारी डढेलोबाट प्रभावितलाई सघाउन हलिउड सेलेब्रिटी एकजुट भएका छन् । उनीहरूले धमाधम सहयोगी हात अघि बढाएका छन् । १६ वर्षीय छोरा नक्ससँग किराना सामान लोड गरिरहेको देखिएकी अभिनेत्री एन्जेलिना जोलीले आफू नजिकका मानिसलाई हेरचाह गर्ने प्रतिबद्धता जनाएकी छन् । उनले भनिन्, ‘अहिले, म मेरो नजिकका मानिसको हेरचाह गर्दैछु । ...
— इजरायलले हमाससँग बन्धक आदनप्रदान गर्नेसहितको युद्धविरामको सहमति नजिक भएको जनाएको छ । हमासको नियन्त्रणमा नेपाली नागरिक विपिन जोशीसहित ९४ जना रहेका छन् । कतारमा आइतबार रातभर भएको दुई पक्षबीचको बैठकमा दुवै पक्षले आआफ्नो नियन्त्रणमा रहेको बन्धकलाई रिहाई गर्ने गरी सहमतिमा हस्ताक्षर गर्ने चरणमा प्रवेश गरेको जनाएको हो । ‘हामीले बन्धक सम्झौता गर्ने सहमतिको ...
— अमेरिकाको क्यालिफोर्निया राज्यमा फैलिएको डढेलोका कारण ज्यान गुमाउनेको संख्या २४ पुगेको छ । अधिकारीहरूका अनुसार १६ जना बेपत्ता छन् । अग्नि नियन्त्रकहरू हाल प्यालिसेड्स र इटनमा फैलिएको डढेलो नियन्त्रणमा खटिइरहेका अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् । प्यालिसेड्समा ११ प्रतिशत मात्र डढेलो नियन्त्रण भएको छ । त्यस्तै, इटनमा २७ प्रतिशत आगो नियन्त्रण भएको छ । क्यालिफोर्नियाको वन ...
— युक्रेनविरूद्धको युद्धमा थप ३ सय उत्तर कोरियाली सैनिकहरूले ज्यान गुमाएका छन् । दक्षिण कोरियाली अधिकारीहरूका अनुसार २ हजार ७ सय सैनिक घाइते भएका छन् । दक्षिण कोरियाको गुप्तचर निकायका अनुसार युक्रेनविरूद्धको युद्धमा सघाउनका लागि उत्तर कोरियाले १० हजार सैनिक रूस पठाएको जनाएको छ । ती सैनिकहरू उत्तर कोरियाली नेता किम जोङ उनले प्योङयाङलाई प्रतिबन्धित हतियार ...