मुख्य समाचार
लस-एन्जलसमा लागेको विनाशकारी डढेलोबाट प्रभावितलाई सघाउन हलिउड सेलेब्रिटी एकजुट
लस-एन्जलसमा लागेको विनाशकारी डढेलोबाट प्रभावितलाई सघाउन हलिउड सेलेब्रिटी एकजुट

। अमेरिकाको दक्षिण क्यालिफोर्नियास्थित सहर लस-एन्जलसमा लागेको विनाशकारी डढेलोबाट प्रभावितलाई सघाउन हलिउड सेलेब्रिटी एकजुट भएका छन् । उनीहरूले धमाधम सहयोगी हात अघि बढाएका छन् ।

१६ वर्षीय छोरा नक्ससँग किराना सामान लोड गरिरहेको देखिएकी अभिनेत्री एन्जेलिना जोलीले आफू नजिकका मानिसलाई हेरचाह गर्ने प्रतिबद्धता जनाएकी छन् । उनले भनिन्, ‘अहिले, म मेरो नजिकका मानिसको हेरचाह गर्दैछु । तिनीहरूलाई मेरो घरमा राख्दैछु ।’




अभिनेता र निर्माता जेमी ली कर्टिस, उनको श्रीमान् र बच्चाले प्रभावितलाई सघाउन आफ्नो फाउण्डेसनबाट १ मिलियन अमेरिकी डलर प्रदान गर्ने घोषणा गरेका छन् ।

अभिनेता शेरोन स्टोनले प्रयोग गरिएको लुगा र अत्यावश्यक सामाग्रीहरू स्थानीय कूप नामक बुटिकमा दान गर्न आग्रह गरेका छन् । जुन बुटिक अहिले खाँचो परेका व्यक्तिका लागि अत्यावश्यक थलोको रुपमा परिणत भएको छ ।



प्रतिक्रियामा अभिनेत्री हेले बेरीले यो कार्यको लागि स्टोनलाई धन्यवाद दिँदै लेखेकी छिन्, ‘म मेरो सम्पूर्ण सामान प्याक गर्दै कूप बुटिकतिर जाँदैछु । यो हामीले गर्न सक्ने कुरा हो । सबै विस्थापित परिवारलाई आजै मद्दत गर्नुहोस् ।’

गायक चार्ली एक्ससीएक्सले इन्स्टाग्राममा सेयर गरे, ‘सार्वजनिक नजरमा रहेको व्यक्तिको रूपमा मलाई प्रायः ब्रान्डले मलाई केही उपहार र चीज पठाउँछन् । म वास्तवमै यसको आवश्यकता भएका मानिसलाई दान दिन म ब्राण्डलाई प्रोत्साहित गर्न चाहन्छु । कुनै पनि ब्रान्डहरूले कृपया ती मानिसलाई दान गर्नुहोस् जो भयानक आगोबाट पीडित छन् ।’

मिडिया पर्सनालिटी पेरिस हिल्टन जसको मालिबुस्थित घर पालिसेड्सको आगलागीमा परेको थियो । उनले सहरको पुननिर्माणमा मद्दत गर्ने वाचा गरेकी छन् । उनले प्रभावित समुदायलाई सहयोग प्रदान गर्न गैरनाफामुखी संस्थासँग काम गरिरहेको बताएकी छन् । सुरुमा १ लाख डलर सहायता घोषणा गरेकी उनले अर्को एकलाख डलर दिने योजना बनाएकी छन् ।

गायिका सेलेना गोमेजले दक्षिणी क्यालिफोर्निया वाइल्ड फायर रिलिफ फन्डमा ५० मिलियन डलर चन्दा दिएकी छन् । मेकअप अर्बपति काइली जेनरले क्यालिफोर्निया फायर फाउन्डेशन वाइल्ड फायर र आपतकालिन राहत कोषमा राहत रकम प्रदान गरेकी छन् ।

कार्दशियन-जेनर परिवारले आगो निभाउनेलाई खाना उपलब्ध गराउने र किमको स्क्मि ब्रान्डमार्फत स्थानीय संस्थाहरूलाई दान गर्ने घोषणा गरेको छ । अभिनेता जेनिफर गार्नरले पनि डढेलोबाट प्रभावितलाई खाना वितरण गर्न मद्दत गरेका छन् । मेघन मार्कल र प्रिन्स ह्यारीले अरूलाई आवश्यक दान गर्न आहवान गरे । मार्कललाई एउटा भिडियोमा खाना खुवाउँदै र परिवारसँग अन्तरक्रिया गरिरहेको पनि देखियो ।

गायिका बियोन्सेले आगोबाट प्रभावित परिवारलाई सहयोग गर्न आफ्नो गैरनाफामूलक संस्था बेगुडबाट २.५ मिलियन डलर सहायता घोषणा गरेकी छन् । अभिनेत्री इभा लङ्गोरियाले पनि फ्रन्टलाइन कामदार र खाँचोमा परेका परिवारलाई सहयोग गर्न ५० हजार डलर सहायता दिने भएकी छन् । गायिका जेनिफर लोपेज र गायिका म्यान्डी मूरले समुदायको महत्वलाई जोड दिँदै प्रभावित क्षेत्रको पुननिर्माणमा सघाउने वाचा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिका र इरानबीचको पाकिस्तानमा भएको वार्ता असफल भएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरानबीच कुनै सहमति हुन नसकेको जानकारी दिएका छन् । उनले भने, ‘हामी यहाँबाट एउटा धेरै सरल प्रस्ताव दिएर जाँदैछौं, यही हाम्रो अन्तिम र सबैभन्दा राम्रो प्रस्ताव हो । अब हेर्नेछौं, इरानले यसलाई स्वीकार गर्छ कि गर्दैन ।’ इस्लामाबादमा आयोजित ...
: अमेरिकी उपराष्ट्रपति जेडी भेन्स र उनको टोली इरानसँगको सम्झौतामा सहमति जुट्न नसकेपछि पाकिस्तानको राजधानी इस्लामाबादबाट स्वदेश फर्किएको छ। उनी 'एयर फोर्स टु' विमानमार्फत अमेरिकातर्फ प्रस्थान गरेका हुन्। बीबीसीका अनुसार पाकिस्तानी गृह मन्त्रालयका एक अधिकारीले अमेरिकी प्रतिनिधिमण्डलको प्रस्थानको पुष्टि गरेका छन्। इस्लामाबादबाट उड्नुअघि आयोजित पत्रकार सम्मेलनमा जेडी भेन्सले करिब २१ घण्टा लामो छलफलका बाबजुद अमेरिका र इरान ...
: इरानी उच्चस्तरीय प्रतिनिधिमण्डल अमेरिकासँगको सम्झौतामा सहमति नजुटेपछि स्वदेश फर्किएको छ। इरानी संसदका सभामुख मोहम्मद बगेर गालिबाफको नेतृत्वमा आएको उक्त टोली स्थानीय समयअनुसार आज बिहान करिब ८ बजेपछि इस्लामाबादबाट उडेको हो। यसअघि, अमेरिकी प्रतिनिधिमण्डल पनि शान्ति वार्तामा कुनै ठोस सम्झौता हुन नसकेपछि पाकिस्तानबाट फर्किसकेको छ। अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भेन्सले गरेका थिए। गत मंगलबार राति ...
: इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिका सँग ‘दुई–तीन महत्वपूर्ण विषयमा सहमति नजुटेका कारण’ सम्झौता हुन नसकेको बताएका छन् । उनले इरान न्यूज नेटवर्कसँग कुरा गर्दै पाकिस्तानको मध्यस्थतामा २४–२५ चरणका अप्रत्यक्ष वार्ता भएको जानकारी दिएका छन् । केही विषयमा अमेरिकी प्रतिनिधिमण्डलसँग सहमति बने पनि दुई–तीन मुद्दामा विचार नमिल्दा अन्तिम सम्झौता हुन नसकेको उनले जानकारी दिएका ...
: पाकिस्तानी राजधानी इस्लामाबादमा अमेरिका र इरानबीच २१ घण्टा चलेको वार्ता कुनै नतिजा बिना समाप्त भयो । यो जानकारी अमेरिकी उपराष्ट्रपतिले दिएका हुन्, जो वार्ताका लागि पाकिस्तान आएका थिए । आइतबार बिहान ६ बजेपछि पत्रकार सम्मेलनमा जेडी भान्सले पाकिस्तानले अमेरिका र इरानबीच दूरी घटाउन र सम्झौता गराउन पूरा प्रयास गर्‍यो, तर हामी कुनै सम्झौतामा पुग्न ...