मुख्य समाचार
इजरायल र हमासबीच चाँडै युद्धविराम हुन सक्ने, पहिलो चरणमा ३३ बन्धक रिहा गरिने
इजरायल र हमासबीच चाँडै युद्धविराम हुन सक्ने, पहिलो चरणमा ३३ बन्धक रिहा गरिने

इजरायल र हमास बीच युद्धविराम सम्झौता चाँडै सम्पन्न हुन सक्ने सञ्चारमाध्यमहरुमा उल्लेख गरिएको छ। यसका लागि इजिप्ट, कतार र अमेरिकाको सहयोगमा कतारको राजधानी दोहामा वार्ता भइरहेको छ। इजरायली अधिकारीहरूले सोमबार बताएअनुसार सम्झौताको पहिलो चरणमा ३३ जना बन्धकहरूलाई रिहा गरिनेछ।


हमाससँग ९४ जना इजरायली बन्धकहरू छन्। जसमध्ये लगभग ३४ जनाको मृत्यु भइसकेको छ। ७ अक्टोबर २०२३ मा हमासले २५१ इजरायली नागरिकलाई बन्धक बनाएको थियो। बाँकी बन्धकहरूलाई पहिले नै रिहा गरिएको छ।

सम्झौताको लागि अन्तिम वार्ता आज जनवरी १४ मा हुने जनाइएको छ। यो सम्झौतामा हस्ताक्षर भएपछि तुरुन्तै कार्यान्वयन हुने उल्लेख छ। युद्धविरामको पहिलो चरण ४२ दिनको हुनेछ। बाँकी बन्धकहरूलाई ३३ जना बन्धकहरूको रिहाइको १५ दिन पछि रिहा गरिनेछ। यस अवधिमा युद्धविराम स्थायी रूपमा लागू गर्ने बारेमा पनि छलफल हुनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिका र इरानबीचको पाकिस्तानमा भएको वार्ता असफल भएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरानबीच कुनै सहमति हुन नसकेको जानकारी दिएका छन् । उनले भने, ‘हामी यहाँबाट एउटा धेरै सरल प्रस्ताव दिएर जाँदैछौं, यही हाम्रो अन्तिम र सबैभन्दा राम्रो प्रस्ताव हो । अब हेर्नेछौं, इरानले यसलाई स्वीकार गर्छ कि गर्दैन ।’ इस्लामाबादमा आयोजित ...
: अमेरिकी उपराष्ट्रपति जेडी भेन्स र उनको टोली इरानसँगको सम्झौतामा सहमति जुट्न नसकेपछि पाकिस्तानको राजधानी इस्लामाबादबाट स्वदेश फर्किएको छ। उनी 'एयर फोर्स टु' विमानमार्फत अमेरिकातर्फ प्रस्थान गरेका हुन्। बीबीसीका अनुसार पाकिस्तानी गृह मन्त्रालयका एक अधिकारीले अमेरिकी प्रतिनिधिमण्डलको प्रस्थानको पुष्टि गरेका छन्। इस्लामाबादबाट उड्नुअघि आयोजित पत्रकार सम्मेलनमा जेडी भेन्सले करिब २१ घण्टा लामो छलफलका बाबजुद अमेरिका र इरान ...
: इरानी उच्चस्तरीय प्रतिनिधिमण्डल अमेरिकासँगको सम्झौतामा सहमति नजुटेपछि स्वदेश फर्किएको छ। इरानी संसदका सभामुख मोहम्मद बगेर गालिबाफको नेतृत्वमा आएको उक्त टोली स्थानीय समयअनुसार आज बिहान करिब ८ बजेपछि इस्लामाबादबाट उडेको हो। यसअघि, अमेरिकी प्रतिनिधिमण्डल पनि शान्ति वार्तामा कुनै ठोस सम्झौता हुन नसकेपछि पाकिस्तानबाट फर्किसकेको छ। अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भेन्सले गरेका थिए। गत मंगलबार राति ...
: इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिका सँग ‘दुई–तीन महत्वपूर्ण विषयमा सहमति नजुटेका कारण’ सम्झौता हुन नसकेको बताएका छन् । उनले इरान न्यूज नेटवर्कसँग कुरा गर्दै पाकिस्तानको मध्यस्थतामा २४–२५ चरणका अप्रत्यक्ष वार्ता भएको जानकारी दिएका छन् । केही विषयमा अमेरिकी प्रतिनिधिमण्डलसँग सहमति बने पनि दुई–तीन मुद्दामा विचार नमिल्दा अन्तिम सम्झौता हुन नसकेको उनले जानकारी दिएका ...
: पाकिस्तानी राजधानी इस्लामाबादमा अमेरिका र इरानबीच २१ घण्टा चलेको वार्ता कुनै नतिजा बिना समाप्त भयो । यो जानकारी अमेरिकी उपराष्ट्रपतिले दिएका हुन्, जो वार्ताका लागि पाकिस्तान आएका थिए । आइतबार बिहान ६ बजेपछि पत्रकार सम्मेलनमा जेडी भान्सले पाकिस्तानले अमेरिका र इरानबीच दूरी घटाउन र सम्झौता गराउन पूरा प्रयास गर्‍यो, तर हामी कुनै सम्झौतामा पुग्न ...