मुख्य समाचार
यो सरकार धेरै टिक्दैन : प्रचण्ड
यो सरकार धेरै टिक्दैन : प्रचण्ड

: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्तमान सरकार टिकिराखोस् भन्ने चाहना नरहेको स्पष्ट पारेका छन् । उनले यो सरकार छिट्टै आफैं ढल्नेसमेत दाबी गरे । सिन्धुपाल्चोकको पर्यटकीय नगरी सुकुटेमा मंगलबारदेखि सुरु हुने राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता उद्घाटन गर्न आएका उनले प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकले गरेको पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा पार्टी अहिले नै सरकार गिराउने र सरकारमा जाने अभ्यासमा नरहेको दाबी गरे ।


‘यो सरकार असंवैधानिक र अप्राकृतिक छ । त्यसैले सरकार टिकिराखोस् भन्ने हाम्रो चाहना छैन,’पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने,‘मैले मिति घोषणा गर्न सक्दिनँ । तर, यो सरकारको आयु चाहिँ धेरै छैन ।’ सरकारको क्रियाकलाप हेर्दा नै यो धेरै नटिक्ने अवस्था आएको उनको भनाइ छ । अहिले आफूहरू जनताको बीचमा रहेको र त्यहीँ रिल्याक्स मिलिरहेकाले सरकार गिराउने र बनाउने खेलमा पार्टी नगाल्ने जिकिरसमेत अध्यक्ष दाहालले गरे ।

सरकारलाई असंवैधानिक,अप्राकृति संज्ञा दिँदै उनले यसको नियतमा खोट रहेको बताए । उनले अघि थपे,‘दुई तिहाइको सरकार भए पनि संसद् छलेर अध्यादेशमार्फत मुलुक चलाउने चेष्टा भइरहेको छ । यो निरिह सरकार हो ।’


संविधानको एउटा धारा छाडेर अर्को प्रयोग गरी सरकार बनाइएकाले यो असंवैधानिक र अप्राकृतिक रहेको दाहालले तर्क गरे । उनले दबाबमार्फत् राष्ट्रपतिलाई निकै ठूलो धर्मसंकटमा पारेर यो सरकार बनाइएको उनले दाबी गरे ।

‘राष्ट्रपति उपधारा ७६ को ३ अनुसारै सरकार बनाउन चाहानुहुन्थ्यो । तर, उहाँलाई दबाब दिएर ठूलो धर्मसंकटमा पारियो,’उनले भने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— काठमाडौं उपत्यकामा बसोबास गर्ने मगर समुदायले मंगलबार विशेष उत्सवका रूपमा माघे संक्रान्ति मनाएको छ । उनीहरूले टुँडिखेलमा सामूहिक रूपमा आफ्नो परम्परा एवं संस्कृतिलाई निरन्तरता दिँदै संक्रान्ति मनाएका हुन् । भृकुटीमण्डपमा भेला भई मगर पोसाकमा विभिन्न झाँकीसहित उनीहरू टुँडिखेल पुगेका थिए । मगरहरूले माघे संक्रान्तिलाई राष्ट्रिय पर्वका रूपमा मनाउँछन् । मगर समुदायले माघे संक्रान्ति पर्वलाई मरेका ...
— थारू समुदायले आज देशभर माघी पर्व मनाइरहेका छन् । काठमाडौंमा पनि माघीको रौनक देखिएको छ । काठमाडौंको वसन्तपुरमा जम्मा भएर नाचगानसहितको झाँकी टुँडिखेल पुगेको थियो । थारू समुदायले पुस २९ गते र माघ १ गते काठमाडौंको टुँडिखेलमा माघी महोत्सव मनाएका छन् । टुँडिखेलमा आयोजित माघी महोत्सवमा २०८१ मा यस वर्ष थारू खानपिन/परिकार, प्रदर्शनी एवं बिक्री, ...
। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले घले जातिलाई आदिवासीमा सूचीकृत गर्न आवश्यक रहेको बताएकी छन् । लिःल फङ्ग (घले) समाज चितवनले ल्होसरको अवसरमा गरेको शुभकामना कार्यक्रममा उनले घले समुदायलाई सूचीकृत गर्न भरतपुर महानगरपालिका सकारात्मक रहेको बताएकी हुन् । भरतपुर महानगर सबै जात–जाति, समुदाय, क्षेत्र, वर्ग, संस्कृतिलाई समान व्यवहार गर्दै हातेमालो गर्दै अघि बढिरहेको उनको भनाइ थियो ...
। मधेश केन्द्रित राजनीतिक दलहरूको बैठकमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी नेपाल अनुपस्थित भएको छ । मंगलबार धुम्बाराहीमा जारी बैठकमा जसपा नेपालका नेताहरु सहभागी नभएका हुन् । बैठकमा सहभागी एक नेताले जसपा नेपालको तर्फबाट कुनै पनि नेता उपस्थित नभएको जानकारी गराए । मधेश केन्द्रीत मोर्चा गठन गर्ने प्रयास स्वरुप कार्यदलको पहिलो बैठक आज बोलाइएको थियो । बैठकमा ...
: गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले मगर भाषा र गुरुङ भाषालाई पनि सरकारी कामकाजको भाषा बनाइने बताएका छन्। स्याङ्जा सदरमुकाममा आयोजित मगर तथा गुरुङ भाषालाई सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ को मस्यौदामाथि स्थानीय सरोकारवालाको सुझाव संकलनपछि बोल्दै मन्त्री थापाले संविधानको भावना र प्रदेशवासीका चाहना बमोजिम प्रक्रिया ...