मुख्य समाचार
प्रधानमन्त्रीको चीन भ्रमणबारे परराष्ट्रमन्त्रीको १३ बुँदे ब्रिफिङ
प्रधानमन्त्रीको चीन भ्रमणबारे परराष्ट्रमन्त्रीको १३ बुँदे ब्रिफिङ

। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे परराष्ट्रमन्त्री डा. आरजु राणाले १३ बुँदे ब्रिफिङ गरेकी छन् ।

सोमबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा डा. राणाले प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे तेह्र बुँदे ब्रिफिङ गरेकी हुन् ।

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलले गत मंसिर १७ गतेदेखि २० गतेसम्म चीन भ्रमण गरेको थियो । प्रधानमन्त्री ओलीको चालू कार्यकालको पहिलो औपचारिक विदेश भ्रमण भने चीन हो ।
उक्त भ्रमणमा परराष्ट्रमन्त्री डा. राणा पनि सहभागी थिइन् ।

प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा भएका महत्वपूर्ण उपलब्धीहरू प्राप्त भएको मन्त्री राणाले बताइन् ।

उनका अनुसार भ्रमणका क्रममा नेपालले एक चीन सिद्धान्तप्रति आफ्नो प्रतिबद्धता जनाउँदै आफ्नो भूमिमा चीनविरुद्ध कुनै विखण्डनकारी गतिविधि गर्न नदिने प्रतिवद्धता दोहोर्‍याएको छ ।

नेपाल चीनबीचको सम्बन्ध पञ्चशीलको सिद्धान्त, असल मित्रता, आपसी साझेदारी र सम्मान तथा अन्तर्राष्ट्रिय मूल्य मान्यता र कानुनमा आधारित रहने र भविष्यमा यो सम्बन्धलाई अझ सुदृढ तुल्याउँदै लैजाने बारेमा मतैक्य रहेको छ ।

भ्रमणका बखत नेपालको सामाजिक तथा आर्थिक रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरी सहमति भएको पनि उनले बताएकी छन् ।

मन्त्री राणाका अनुसार बेल्ट एन्ड रोड सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएको छ ।

त्यस्तै, टोखा झछहरे सुरुङमार्ग सम्बन्धी पत्र आदान/प्रदान भएको छ । नेपाल/चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नौतले वसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न प्रमाणपत्र र नगद सहयोगसम्बन्धी पत्र आदान/प्रदान भएको छ । यी लगायतका विषयलाई समेटेर मन्त्री राणाले संसदीय समितिको बैठकमा ब्रिफिङ गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— काठमाडौं उपत्यकामा बसोबास गर्ने मगर समुदायले मंगलबार विशेष उत्सवका रूपमा माघे संक्रान्ति मनाएको छ । उनीहरूले टुँडिखेलमा सामूहिक रूपमा आफ्नो परम्परा एवं संस्कृतिलाई निरन्तरता दिँदै संक्रान्ति मनाएका हुन् । भृकुटीमण्डपमा भेला भई मगर पोसाकमा विभिन्न झाँकीसहित उनीहरू टुँडिखेल पुगेका थिए । मगरहरूले माघे संक्रान्तिलाई राष्ट्रिय पर्वका रूपमा मनाउँछन् । मगर समुदायले माघे संक्रान्ति पर्वलाई मरेका ...
— थारू समुदायले आज देशभर माघी पर्व मनाइरहेका छन् । काठमाडौंमा पनि माघीको रौनक देखिएको छ । काठमाडौंको वसन्तपुरमा जम्मा भएर नाचगानसहितको झाँकी टुँडिखेल पुगेको थियो । थारू समुदायले पुस २९ गते र माघ १ गते काठमाडौंको टुँडिखेलमा माघी महोत्सव मनाएका छन् । टुँडिखेलमा आयोजित माघी महोत्सवमा २०८१ मा यस वर्ष थारू खानपिन/परिकार, प्रदर्शनी एवं बिक्री, ...
। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले घले जातिलाई आदिवासीमा सूचीकृत गर्न आवश्यक रहेको बताएकी छन् । लिःल फङ्ग (घले) समाज चितवनले ल्होसरको अवसरमा गरेको शुभकामना कार्यक्रममा उनले घले समुदायलाई सूचीकृत गर्न भरतपुर महानगरपालिका सकारात्मक रहेको बताएकी हुन् । भरतपुर महानगर सबै जात–जाति, समुदाय, क्षेत्र, वर्ग, संस्कृतिलाई समान व्यवहार गर्दै हातेमालो गर्दै अघि बढिरहेको उनको भनाइ थियो ...
। मधेश केन्द्रित राजनीतिक दलहरूको बैठकमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी नेपाल अनुपस्थित भएको छ । मंगलबार धुम्बाराहीमा जारी बैठकमा जसपा नेपालका नेताहरु सहभागी नभएका हुन् । बैठकमा सहभागी एक नेताले जसपा नेपालको तर्फबाट कुनै पनि नेता उपस्थित नभएको जानकारी गराए । मधेश केन्द्रीत मोर्चा गठन गर्ने प्रयास स्वरुप कार्यदलको पहिलो बैठक आज बोलाइएको थियो । बैठकमा ...
: गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले मगर भाषा र गुरुङ भाषालाई पनि सरकारी कामकाजको भाषा बनाइने बताएका छन्। स्याङ्जा सदरमुकाममा आयोजित मगर तथा गुरुङ भाषालाई सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ को मस्यौदामाथि स्थानीय सरोकारवालाको सुझाव संकलनपछि बोल्दै मन्त्री थापाले संविधानको भावना र प्रदेशवासीका चाहना बमोजिम प्रक्रिया ...