मुख्य समाचार
मधेशी मोर्चा बनाउने कसरत, धुम्बाराहीमा छलफल जारी
मधेशी मोर्चा बनाउने कसरत, धुम्बाराहीमा छलफल जारी

: मधेश केन्द्रित राजनीतिक दलहरूले मधेशी मोर्चा गठनको कसरत सुरु गरेका छन्। काठमाडौंको धुम्बाराहीको समर्पण एकेडेमीमा जारी बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलदेखि संसद बाहिर रहेका तराई-मधेस केन्द्रित दल सहभागी रहेका छन्।


मधेश केन्द्रित राजनीतिक दलहरुको कार्यदलस्तरीय बैठकले मोर्चा निर्माणको खाका, उद्देश्य निर्धारण गर्ने र साझा एजेन्डातयबारे छलफल भइरहेको बैठकमा सहभागी एक नेताले अन्नपूर्णलाई जानकारी दिए।

बैठकमा जनता प्रगतिशील पार्टी, नेपालका अध्यक्ष हृदयश त्रिपाठी,जनता प्रगतिशील पार्टीको तर्फबाट कार्यदलका सदस्य समेत रहेका उपाध्यक्ष डा.शिवजी यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता केशव झा, जसपाका कार्यदल सदस्य एवं उपाध्यक्ष रेणु यादव, जनता प्रगतिशील पार्टीका ईश्वर दयाल मिश्र, जनमत पार्टीका कार्यदलका सदस्य एवं पार्टीका प्रवक्ता डा. शरदसिंह यादव,जनता प्रगतिशील पार्टीका डा. भरत थापा, जनता प्रगतिशील पार्टीका मोहम्मद साबिर हुसैन, राष्ट्रिय मुक्ति पार्टी नेपालका अनिल महासेठ, तराई मधेश लोकतान्त्रिक पार्टीका बृज किशोर सिंह (वृषेशचन्द लाल), लोसपा नेपालका मनिष मिश्र, स्वतन्त्र सांसद अमरेशकुमार सिंह लगायतका नेताहरु सहभागी छन्।


सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेले संविधान संशोधन संशोधन गर्ने र थ्रेसहोल्ड बढाउने चर्चाका बीच मधेस केन्द्रित दलहरू एकीकृत हुन थालेका छन्। उनीहरुले मधेशी मोर्चा गठन गरेर आगामी कार्यदिशा निर्धारण गर्ने बताएका छन्। बैठकमा जसपा नेपाल भने अनुपस्थित रहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— काठमाडौं उपत्यकामा बसोबास गर्ने मगर समुदायले मंगलबार विशेष उत्सवका रूपमा माघे संक्रान्ति मनाएको छ । उनीहरूले टुँडिखेलमा सामूहिक रूपमा आफ्नो परम्परा एवं संस्कृतिलाई निरन्तरता दिँदै संक्रान्ति मनाएका हुन् । भृकुटीमण्डपमा भेला भई मगर पोसाकमा विभिन्न झाँकीसहित उनीहरू टुँडिखेल पुगेका थिए । मगरहरूले माघे संक्रान्तिलाई राष्ट्रिय पर्वका रूपमा मनाउँछन् । मगर समुदायले माघे संक्रान्ति पर्वलाई मरेका ...
— थारू समुदायले आज देशभर माघी पर्व मनाइरहेका छन् । काठमाडौंमा पनि माघीको रौनक देखिएको छ । काठमाडौंको वसन्तपुरमा जम्मा भएर नाचगानसहितको झाँकी टुँडिखेल पुगेको थियो । थारू समुदायले पुस २९ गते र माघ १ गते काठमाडौंको टुँडिखेलमा माघी महोत्सव मनाएका छन् । टुँडिखेलमा आयोजित माघी महोत्सवमा २०८१ मा यस वर्ष थारू खानपिन/परिकार, प्रदर्शनी एवं बिक्री, ...
। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले घले जातिलाई आदिवासीमा सूचीकृत गर्न आवश्यक रहेको बताएकी छन् । लिःल फङ्ग (घले) समाज चितवनले ल्होसरको अवसरमा गरेको शुभकामना कार्यक्रममा उनले घले समुदायलाई सूचीकृत गर्न भरतपुर महानगरपालिका सकारात्मक रहेको बताएकी हुन् । भरतपुर महानगर सबै जात–जाति, समुदाय, क्षेत्र, वर्ग, संस्कृतिलाई समान व्यवहार गर्दै हातेमालो गर्दै अघि बढिरहेको उनको भनाइ थियो ...
। मधेश केन्द्रित राजनीतिक दलहरूको बैठकमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी नेपाल अनुपस्थित भएको छ । मंगलबार धुम्बाराहीमा जारी बैठकमा जसपा नेपालका नेताहरु सहभागी नभएका हुन् । बैठकमा सहभागी एक नेताले जसपा नेपालको तर्फबाट कुनै पनि नेता उपस्थित नभएको जानकारी गराए । मधेश केन्द्रीत मोर्चा गठन गर्ने प्रयास स्वरुप कार्यदलको पहिलो बैठक आज बोलाइएको थियो । बैठकमा ...
: गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले मगर भाषा र गुरुङ भाषालाई पनि सरकारी कामकाजको भाषा बनाइने बताएका छन्। स्याङ्जा सदरमुकाममा आयोजित मगर तथा गुरुङ भाषालाई सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ को मस्यौदामाथि स्थानीय सरोकारवालाको सुझाव संकलनपछि बोल्दै मन्त्री थापाले संविधानको भावना र प्रदेशवासीका चाहना बमोजिम प्रक्रिया ...