मुख्य समाचार
मधेशकेन्द्रित दलको बैठकमा उपेन्द्र यादवको पार्टी सहभागी भएन
मधेशकेन्द्रित दलको बैठकमा उपेन्द्र यादवको पार्टी सहभागी भएन

। मधेश केन्द्रित राजनीतिक दलहरूको बैठकमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी नेपाल अनुपस्थित भएको छ ।

मंगलबार धुम्बाराहीमा जारी बैठकमा जसपा नेपालका नेताहरु सहभागी नभएका हुन् । बैठकमा सहभागी एक नेताले जसपा नेपालको तर्फबाट कुनै पनि नेता उपस्थित नभएको जानकारी गराए ।




मधेश केन्द्रीत मोर्चा गठन गर्ने प्रयास स्वरुप कार्यदलको पहिलो बैठक आज बोलाइएको थियो । बैठकमा मोर्चा निर्माणको खाका, उद्देश्य, र साझा एजेन्डाबारे छलफल गर्ने तय मधेस केन्द्रित दलका नेताहरुले बताएका छन् ।

बैठकमा जसपा, लोसपा, जनमत, जनप्रगतिशील, राष्ट्रिय मुक्ति मोर्चा, तमलोपा लगायतका दलका नेताहरु सहभागी भएका छन् । मधेस केन्द्रित दलका नेताहरु हृदयश त्रिपाठी, रेणु यादव, शरद यादव, डा.शिवजी यादव, केशव झा लगायतका नेता उपस्थित छन् । बैठकमा स्वतन्त्र सांसद अमेरशकुमार सिंह पनि सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— काठमाडौं उपत्यकामा बसोबास गर्ने मगर समुदायले मंगलबार विशेष उत्सवका रूपमा माघे संक्रान्ति मनाएको छ । उनीहरूले टुँडिखेलमा सामूहिक रूपमा आफ्नो परम्परा एवं संस्कृतिलाई निरन्तरता दिँदै संक्रान्ति मनाएका हुन् । भृकुटीमण्डपमा भेला भई मगर पोसाकमा विभिन्न झाँकीसहित उनीहरू टुँडिखेल पुगेका थिए । मगरहरूले माघे संक्रान्तिलाई राष्ट्रिय पर्वका रूपमा मनाउँछन् । मगर समुदायले माघे संक्रान्ति पर्वलाई मरेका ...
— थारू समुदायले आज देशभर माघी पर्व मनाइरहेका छन् । काठमाडौंमा पनि माघीको रौनक देखिएको छ । काठमाडौंको वसन्तपुरमा जम्मा भएर नाचगानसहितको झाँकी टुँडिखेल पुगेको थियो । थारू समुदायले पुस २९ गते र माघ १ गते काठमाडौंको टुँडिखेलमा माघी महोत्सव मनाएका छन् । टुँडिखेलमा आयोजित माघी महोत्सवमा २०८१ मा यस वर्ष थारू खानपिन/परिकार, प्रदर्शनी एवं बिक्री, ...
। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले घले जातिलाई आदिवासीमा सूचीकृत गर्न आवश्यक रहेको बताएकी छन् । लिःल फङ्ग (घले) समाज चितवनले ल्होसरको अवसरमा गरेको शुभकामना कार्यक्रममा उनले घले समुदायलाई सूचीकृत गर्न भरतपुर महानगरपालिका सकारात्मक रहेको बताएकी हुन् । भरतपुर महानगर सबै जात–जाति, समुदाय, क्षेत्र, वर्ग, संस्कृतिलाई समान व्यवहार गर्दै हातेमालो गर्दै अघि बढिरहेको उनको भनाइ थियो ...
: गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले मगर भाषा र गुरुङ भाषालाई पनि सरकारी कामकाजको भाषा बनाइने बताएका छन्। स्याङ्जा सदरमुकाममा आयोजित मगर तथा गुरुङ भाषालाई सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ को मस्यौदामाथि स्थानीय सरोकारवालाको सुझाव संकलनपछि बोल्दै मन्त्री थापाले संविधानको भावना र प्रदेशवासीका चाहना बमोजिम प्रक्रिया ...
। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एआईको प्रयोगमा नेपाल दक्षिण एशियामै कमजोर रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गुरुङले एआईको प्रयोगमा नेपाल भुटान भन्दा पनि कमजोर रहेको बताए । एआईलाई कसरी प्रयोग गर्ने भन्नेबारे नीति नै नरहेको भन्दै अहिलेको सरकारले एआई सञ्चालनका लागि नीति बनाएको उनको ...