मुख्य समाचार
खराब मौसमका कारण जय ट्रफीको फाइनल खेल प्रभावित
खराब मौसमका कारण जय ट्रफीको फाइनल खेल प्रभावित

: वीरगन्जमा जारी जय ट्रफी एलिट कप क्रिकेटको उपाधिका लागि मंगलबारदेखि सुरु त्रिदिवसीय फाइनल खेलको पहिलो दिन नेपाल पुलिस क्लबले ८५ रनमात्र बनाएको छ।


नारायणी क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लबसंग टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले १७ ओभरमा २ विकेट गुमाएर ८५ रनमात्र बनाएको हो। फाइनल खेल बिहान ९.३० बजेनै सुरु हुने भनिए पनि खराब मौसमका कारण खेल निर्धारित समय भन्दा पाँच घण्टा ढिलो गरी सुरु भएको थियो। मैदानमा बाक्लो हुस्सु लागेर भिजिबिलिटी नै कम भएपछि खेल दिउँसो २.३० बजेदेखि खेल सुरु भएको पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहले जानकारी दिए।

खराब मौसमकै कारण पुलिसले १७ ओभरमात्र खेलेर २ विकेटको क्षतिमा ८५ रन बनाएको अवस्थामा रेफ्रीले पहिलो दिनको खेल समाप्तिको घोषणा गरेका थिए। पहिलो दिनको खेल सकिँदा पुलिसका कुशल भुर्तेल ५० रन र अर्जुन शाउद शून्य रनका साथ क्रिजमा अविजित छन्। अमित श्रेष्ठ २० रन बनाएर पेभेलियन फर्किए भने ओपनर ब्याटर दिलिप नाथ भने पहिलो बलमै डक आउट हुन पुगे। बलिङ्तर्फ आर्मीका सोमपाल कार्मी र साहब आलमले समान एक–एक विकेट लिए।


अब बुधबार बिहानदेखि सुरु हुने दोस्रो दिनको खेल पुलिसले १८ औं ओभरबाट सुरु गर्नेछ। गत वर्ष माघमा सम्पन्न प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा भिडेका यी दुवै टिम जय ट्रफीको उपाधिका लागि पनि फाइनलमा भिडिरहेका हुन्। गत वर्षको प्रधानमन्त्री कपको फाइनलमा पुलिसले आर्मीलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको थियो।

जारी प्रतियोगिताको समूह चरणको खेलमा शीर्ष दुई स्थानमा रहेका पुलिस र आर्मी प्रतियोगिताको फाइनल खेलिरहेका हुन्। समूह चरणमा समान तीन खेलमा पुलिसले ६६ र आर्मीले ५५ अंक बटुलेको थियो।
प्रतियोगितामा सहभागी अन्य टोलीमध्ये तेस्रो स्थानमा रहेको बागमतीले ४१.५ र पुछारमा रहेको मधेस प्रदेशले ३१ अंक पाएको थियो। समूह चरणको खेलमा पुलिसले दुई खेल जितेको थियो भने एकमा बराबरी भएको थियो। आर्मीले भने एकमा जित हात पारेको थियो भने दुई खेल बराबरीमा टुंग्याएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित