मुख्य समाचार
एन्फा वुमेन्स लिगको दोस्रो चरणमा पुलिसले वालिङलाई ४–१ ले हराए
एन्फा वुमेन्स लिगको दोस्रो चरणमा पुलिसले वालिङलाई ४–१ ले हराए

— पुलिसले एन्फा वुमेन्स लिगको दोस्रो चरणमा मंगलबार सजिलो जित निकालेको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले वालिङलाई ४–१ ले हराएको हो ।


यो जितपछि पुलिसको पाँच खेलबाट १० अंक भएको छ । पुलिस पाँच टिममध्ये तेस्रोमा छ । वालिङ अझै अंकविहीन रहेको छ र यसको यो लगातार पाँचौं हार हो । वालिङ पाँच टिममध्ये सबैभन्दा अन्तिम स्थानमा पनि रहेको छ ।


पुलिसको यो जितमा चारै गोल पहिलो हाफमा सम्भव भएको थियो । निरु थापाले १५ औं मिनेटमा गोलको खाता खोलेपछि अनुष्का शेर्पाले २८ औं मिनेटमा दोस्रो गोल थपिन् । ‘प्लेयर अफ द म्याच’ पूजा रानाले ३२ औं मिनेटमा तेस्रो गोल गरिन् ।

चौथो गोल भने ४३ औं मिनेटमा भएको थियो र यो वालिङकी धन बोहराको नाममा आत्मघाती रह्यो । खेल सकिन पाँच मिनेट अगाडि यशोधराकुमारी चिरालले वालिङका लागि एक गोल फर्काइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित