मुख्य समाचार
खो खो विश्वकप : महिलातर्फ नेपालको लगातार दोस्रो जित
खो खो विश्वकप : महिलातर्फ नेपालको लगातार दोस्रो जित

। भारतमा जारी खो-खो विश्वकपमा नेपालको महिला टोलीले लगातार दोस्रो जित हासिल गरेको छ । समूह सी अन्तर्गत मंगलबार अपरान्ह भएको खेलमा नेपालले जर्मनीलाई ७३-३४ ले पराजित गरेको हो ।

यसअघि मंगलबारै भएको पहिलो खेलमा नेपालले भुटानलाई ९३-२४ ले पराजित गरेको थियो ।


समूह सी मा नेपाल, भुटान, जर्मनीसँगै बंगलादेश र श्रीलंका छन् । नेपालले बुधबार श्रीलंकासँग तथा बिहीबार बंगलादेशसँग खेल्ने छ । हरेक समूहबाट शीर्ष दुई टोली क्‍वाटरफाइनलमा प्रवेश गर्ने छन् ।

पुरुषतर्फ भने समूह ए मा रहेको नेपाल पहिलो खेलमा भारतसँग ४२-३७ ले पराजित भएको थियो । पुरूष टोलीले आज पेरूसँग खेल्दै छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चर्च ब्वाइज युनाइटेडले एन्फा यू-१६ युथ लिगमा विभागीय टोली त्रिभुवन आर्मी एफसीमाथि गोलको वर्षा गरेको छ । मंगलबार एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा चर्च ब्वाइजले आर्मीलाई ११-१ ले पराजित गरेको हो । चर्च ब्वाइजका कारण करण चौधरीले ह्याट्रिक गरे । उनले सबै गोल दोस्रो हाफमा गरेका थिए । करणले ५५औं, ७६औं र ८६औं मिनेटमा गोल ...
— पुलिसले एन्फा वुमेन्स लिगको दोस्रो चरणमा मंगलबार सजिलो जित निकालेको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले वालिङलाई ४–१ ले हराएको हो । यो जितपछि पुलिसको पाँच खेलबाट १० अंक भएको छ । पुलिस पाँच टिममध्ये तेस्रोमा छ । वालिङ अझै अंकविहीन रहेको छ र यसको यो लगातार पाँचौं हार हो । वालिङ पाँच ...
: वीरगन्जमा जारी जय ट्रफी एलिट कप क्रिकेटको उपाधिका लागि मंगलबारदेखि सुरु त्रिदिवसीय फाइनल खेलको पहिलो दिन नेपाल पुलिस क्लबले ८५ रनमात्र बनाएको छ। नारायणी क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लबसंग टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले १७ ओभरमा २ विकेट गुमाएर ८५ रनमात्र बनाएको हो। फाइनल खेल बिहान ९.३० बजेनै सुरु हुने भनिए पनि खराब ...
— आईसीसी यू–१९ महिला टी–२० विश्वकपको अभ्यास खेलमा नेपाल पराजित भएको छ । वेष्ट इन्डिजसँगको खेलमा नेपाल नौ रनले पराजित भएको हो । मलेसियामा आज भएको पहिलो अभ्यास खेलमा वेष्ट इन्डिजले नेपाललाई जितका लागि एक सय १० रनको लक्ष्य दिएको थियो । नेपालको पारी १९ दशमलव एक ओभरमा एक सय रनमै समेटियो । नेपालका लागि सिमाना ...
— आर्मीले एन्फा वुमेन्स लिगमा सोमबार बागमतीमाथि ३–० को जित निकाल्यो, तर यो सजिलो रहेन् र टिमले धेरै हदसम्म संघर्ष गर्न बाध्य रह्यो । यो जितपछि आर्मीको पाँच खेलबाट १० अंक भएको छ । एक दिनको विश्रामपछि महिला लिगको दोस्रो चरणको अन्तिम १० खेल सुरु भएको छन् र त्यसको पहिलो खेलमा आर्मी तीन अंक बटुल्न सफल ...