— थारू समुदायले आज देशभर माघी पर्व मनाइरहेका छन् । काठमाडौंमा पनि माघीको रौनक देखिएको छ । काठमाडौंको वसन्तपुरमा जम्मा भएर नाचगानसहितको झाँकी टुँडिखेल पुगेको थियो ।
थारू समुदायले पुस २९ गते र माघ १ गते काठमाडौंको टुँडिखेलमा माघी महोत्सव मनाएका छन् । टुँडिखेलमा आयोजित माघी महोत्सवमा २०८१ मा यस वर्ष थारू खानपिन/परिकार, प्रदर्शनी एवं बिक्री, थारू सीप हस्तकला, पुस्तक प्रदर्शनी लगायतका करिब १०० भन्दा बढी स्टलहरू रहेका छन् । काठमाडौंमा थारू समुदायले २०५९ सालदेखि काठमाडौंमा माघी महोत्सव मनाउँदै आएका छन् ।