मुख्य समाचार
एपीएफले एन्फा वुमेन्स लिगको दोस्रो चरणमा बागमतीलाई ६–० ले पराजित
एपीएफले एन्फा वुमेन्स लिगको दोस्रो चरणमा बागमतीलाई ६–० ले पराजित

— एपीएफले एन्फा वुमेन्स लिगको दोस्रो चरणमा बागमतीलाई ६–० ले पराजित गरेको छ । एपीएफको जितमा रश्मिकुमारी घिसिङ र सरु लिम्बूले २/२ गोल गरे । अर्को गोल प्रीति राईको नाममा रह्यो ।


यो जितपछि दोस्रो चरणमा एपीएफको पाँच खेलबाट १५ अंक भएको छ र शीर्ष स्थानमा । बागमती भने ३ अंकमै सीमित छ र चौथो स्थानमा छ । सातदोबोटोको एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले ४२ औं मिनेटमा पहिलो गोल गरेको हो ।


यसक्रममा रश्मिले गोलको खाता खोलेकी हुन् । पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा उनले दोस्रो गोल गरिन् । सरुले ५६ औं मिनेटमा तेस्रो गोल गरिन् । प्रीतिले ८८ औं मिनेटमा अर्को गोल गरिन् ।

दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा सरुले पाँचौं गोल गरिन् । अब बिहीबार पुलिस र आर्मीबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: यो सिजनमा हिमाल आरोहीबाट १९ करोडभन्दा धेरै राजस्व संकलन भएको छ। विभिन्न ४२ वटा हिमाल आरोहणको अनुमतिबाट १९ करोड १३ लाख ८९ हजार ४४२ रुपैयाँ राजस्व आम्दानी भएको पर्यटन विभागले जनाएको छ। आरोहण अनुमति मागेका ८०२ जनाबाट सो परिमाणमा राजस्व संकलन भएको विभागका निर्देशक हिमाल गौतमले जानकारी दिए। सबैभन्दा धेरै गोरखाको मनास्लु हिमाल आरोहण ...
: आइसीसी टी२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले हराएको छ। ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३१ रन बनाएको थियो। जापानले दिएको १३२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ५ विकेट गुमाउँदै ...
: हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीहरूको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गरेको छ। नेपाली क्रिकेट खेलाडीहरूको तस्बिर अंकित हुलाक टिकटमा सन्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार हुलाक सेवा विभागमा आयोजित एक कार्यक्रममा टाँचा लगाए। विश्व हुलाक दिवस २०२५ का अवसरमा आईसीसी पुरुष विश्वकप र आईसीसी महिला ...
। थाइल्याण्डमा हुने एएफसी यू-१७ महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार एन्फा कम्प्लेक्समा एक कार्यक्रम गरी नेपाली टोलीको बिदाइ गरेको हो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहित पदाधिकारीहरूले टोलीको बिदाइ गरे । प्रतियोगिता अक्टोबर १३ देखि १७ सम्म हुँदैछ । नेपालले छनोट प्रतियोगितामा आयोजक थाइल्याण्ड र ...
। ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत समूह बी को खेलमा आज नेपाल र जापान खेल्दै छन् । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ । नेपाल र जापान दुवैले आ-आफ्नो पहिलो खेल जितेका छन् । दुवै टोलीले कुवेतलाई हराएर सुपर ...