मुख्य समाचार
एपीएफले एन्फा वुमेन्स लिगको दोस्रो चरणमा बागमतीलाई ६–० ले पराजित
एपीएफले एन्फा वुमेन्स लिगको दोस्रो चरणमा बागमतीलाई ६–० ले पराजित

— एपीएफले एन्फा वुमेन्स लिगको दोस्रो चरणमा बागमतीलाई ६–० ले पराजित गरेको छ । एपीएफको जितमा रश्मिकुमारी घिसिङ र सरु लिम्बूले २/२ गोल गरे । अर्को गोल प्रीति राईको नाममा रह्यो ।


यो जितपछि दोस्रो चरणमा एपीएफको पाँच खेलबाट १५ अंक भएको छ र शीर्ष स्थानमा । बागमती भने ३ अंकमै सीमित छ र चौथो स्थानमा छ । सातदोबोटोको एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले ४२ औं मिनेटमा पहिलो गोल गरेको हो ।


यसक्रममा रश्मिले गोलको खाता खोलेकी हुन् । पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा उनले दोस्रो गोल गरिन् । सरुले ५६ औं मिनेटमा तेस्रो गोल गरिन् । प्रीतिले ८८ औं मिनेटमा अर्को गोल गरिन् ।

दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा सरुले पाँचौं गोल गरिन् । अब बिहीबार पुलिस र आर्मीबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित