नेपाल-भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
नेपाल-भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न

— नेपाली सेना र भारतीय सेना सम्मिलित संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को अठारौँ संस्करण आज सम्पन्न भएको छ । रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा यही पुस १६ गतेदेखि सुरु भएको उक्त सैनिक अभ्यास आज सम्पन्न भएको हो ।


एक विशेष कार्यक्रमका बीच अभ्यासको समापन गर्दै बलाध्यक्ष रथी प्रदिपजङ्ग केसीले संयुक्त अभ्यास सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने सम्बद्ध सम्पूर्ण निकायलाई धन्यवाद ज्ञापन गरे । उनले अभ्यासका क्रममा दुवै देशका फौजले प्रदर्शन गरेको व्यावसायिक दक्षता, उच्चस्तरको समर्पण र सामूहिक लगाव प्रशंसनीय रहेको बताए ।


संयुक्त अभ्यास निर्देशक सहायक रथी सुरज गुरुङ्गद्वारा अभ्यासको संक्षिप्त जानकारीसहित सुरु भएको कार्यक्रममा भारतीय सेनाको अभ्यास पर्यवेक्षक समूहका तर्फबाट ब्रिगेडियर जनरल गोविन्दन प्रविणले मन्तव्य राखेका थिए । विपद् व्यवस्थापन, प्रतिविद्रोह, प्रतिआतङ्कवाद, जङ्गल युद्धकला र मानवीय सहयोगलगायत विषय समावेश गरी अभ्यास सञ्चालन भएको नेपाली सेनाले जनाएको छ । अभ्यासमा नेपाली सेनाका तर्फबाट प्रमुख सेनानी निराजन कटवाल र भारतीय सेनाबाट कर्णेल जपेन्दर पाल सिंहको नेतृत्वमा दुवै देशका छ सय ६८ सैनिकहरू सहभागी भएका थिए ।

समापन कार्यक्रममा मध्य पश्चिम पृतनापति उपरथी प्रेमबहादुर पुन, रथीवृन्द, अधिकृत, नेपालका लागि भारतीय सैनिक सहचारीलगायतको उपस्थिति थियो । विसं २०६७ देखि नेपाल र भारतमा आलोपालो सञ्चालन हुँदै आएको यस अभ्यासले दुई देशबीच रहँदै आएको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई थप प्रगाढ बनाउनाका साथै सकल दर्जामा पेसागत सिपको विकास तथा आपसी समझदारी अभिवृद्धि हुने नेपाली सेनाले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— रास्वपा सभापति रवि लामिछानेले नेपालमा न्याय नमरेको प्रतिक्रिया दिएका छन् । सहकारी ठगी लगायतका मुद्दामा काठमाडौं जिल्ला अदालतबाट बुधबार धरौटीमा रिहा भएपछि लामिछानेले न्याय प्रक्रियालाई सघाएको बताए । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । आदेशअनुसार काठमाडौं जिल्ला अदालतमा धरौटी वापत बैंक ग्यारेन्टी बुझाएर ...
— गैंडाले आक्रमण गर्दा मंगलबार चितवन माडीमा एकजनाको निधन भएको छ । चितवन निकुञ्ज कार्यालयबाट प्राप्त विवरणअनुसार आक्रमणमा परेर चितवन माडी नगरपालिका-३ बैराठका ५६ वर्षीय छविलाल बोटेको निधन भएको हो । निकुञ्जको सूचना अधिकारी रहेका संरक्षण अधिकृत अविनास थापामगरले भैंसी चराउन रिउ खोला बगरको काँसघारीमा गएका बेलामा बोटेलाई गैंडाले आक्रमण गरेको बताए । उनको घटनास्थलमै निधन ...
: कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई ६० लाख धरौटीमा छोड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ। जिल्ला न्यायाधीश माधव अधिकारीको इजलासले बुधबार लामिछानेलाई धरौटीमा छोड्न आदेश दिएको हो। पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी मुद्दामा कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटीमाछुटेका लामिछाने काठमाडौंमा पनि धरौटीमा रिहा भएका हुन्। स्वर्णलक्ष्मी सहकारी ...
कहिलेकाहीं राजनीति रोचक सञ्जोगबाट अगाडि बढ्छ । जस्तो, गतसाता काठमाडौंमा एउटा त्यस्तै रोचक सञ्जोग बन्यो । अर्थात् एकैदिन एमाले र माओवादीको केन्द्रीय समितिको बैठक बस्यो । र, एकैदिन सकियो । रोचक के भने, दुवै पार्टीका बैठकमा उनीहरूले मनग्गे एकअर्काको कुरा गरे । कुरा गर्नु स्वाभाविक पनि हो, किनभने यी पार्टीहरूको सम्बन्धको आफ्नै ऐतिहासिक सिलसिला र उतारचढाव छ । जो, कहिले तीव्र अन्तरविरोधको ...
— राष्ट्रपति रामचन्द्र पौडेलले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बुधबार भूमिसम्बन्धी अध्यादेश जारी भएको जानकारी दिएकी छन् । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले उक्त अध्यादेश जारी गरेका हुन् । मन्त्रिपरिषद्ले योसहित ५ अध्यादेश सिफारिस गरेकोमा ४ अध्यादेश यसअघि ...