मुख्य समाचार
इजरायलद्वारा गाजामा आक्रमण, २४ जनाको मृत्यु
इजरायलद्वारा गाजामा आक्रमण, २४ जनाको मृत्यु

— इजरायली सुरक्षा बल (आडीएफ) ले गाजा क्षेत्रमा आक्रमण पुन: तीव्र पारेको छ । अल जजिराका अनुसार आडीएफले विस्थापितहरूले आश्रय लिइरहेका विद्यालय तथा गाजा पट्टीका घरहरूमा हवाई आक्रमण गरेको हो ।


आइतबार बिहानैदेखि गरिएको आक्रमणमा कम्तीमा २४ जनाको ज्यान गएको छ । गाजामा युद्धविरामका लागि भइरहेको वार्ता निस्कर्षमा पुग्नै लागेको समाचार सार्वजिनक भइरहेका बेला इजरायलले आक्रमण तीव्र पारेको हो ।


अमेरिका, कतार र इजिप्टको मध्यस्थतामा मंगलबार भएको युद्धविराम वार्तामा सहमति जुटिसकेको बताइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र इजिप्टका राष्ट्रपति अब्देल-फताह अल सिसीले इजरायल र हमासलाई युद्धविराम सम्झौता टुंग्याउन संयुक्त आह्वान जारी गरेका छन् ।

प्यालेस्टानी समूह हमासले सन् २०२३ अक्टुबर ७ मा उत्तरी इजरायलमा आक्रमण गरेपछि दुई पक्षबीच युद्ध चर्किएको हो । उक्त आक्रमणमा कम्तीमा १२ सयको ज्यान गएको थियो ।
त्यसका साथै, हमासले २ सय ५१ जनालाई बन्धक बनाएर लगेको थियो । तीमध्ये नेपालका विपिन जोशीसहित ९४ जना अझै हमासको नियन्त्रणमा छन् । हमासको नियन्त्रणमा रहेकामध्ये ६० जना जीवितै रहेको इजरायली अधिकारीहरूको भनाइ छ ।

गाजास्थित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टुबर ७ यताको युद्धमा ४६ हजार ६ सय ४५ प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन् । तीमध्ये एक तिहाइभन्दा बढी बालबालिका छन् ।

प्यालेस्टिनी अधिकारीहरूका अनुसार अक्टुबर ७ यता मारिने बालबालिकाको संख्या १८ हजार नाघिसकेको छ । इजरायली आक्रमणमा १ लाख १० हजार घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिका र इरानबीचको पाकिस्तानमा भएको वार्ता असफल भएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरानबीच कुनै सहमति हुन नसकेको जानकारी दिएका छन् । उनले भने, ‘हामी यहाँबाट एउटा धेरै सरल प्रस्ताव दिएर जाँदैछौं, यही हाम्रो अन्तिम र सबैभन्दा राम्रो प्रस्ताव हो । अब हेर्नेछौं, इरानले यसलाई स्वीकार गर्छ कि गर्दैन ।’ इस्लामाबादमा आयोजित ...
: अमेरिकी उपराष्ट्रपति जेडी भेन्स र उनको टोली इरानसँगको सम्झौतामा सहमति जुट्न नसकेपछि पाकिस्तानको राजधानी इस्लामाबादबाट स्वदेश फर्किएको छ। उनी 'एयर फोर्स टु' विमानमार्फत अमेरिकातर्फ प्रस्थान गरेका हुन्। बीबीसीका अनुसार पाकिस्तानी गृह मन्त्रालयका एक अधिकारीले अमेरिकी प्रतिनिधिमण्डलको प्रस्थानको पुष्टि गरेका छन्। इस्लामाबादबाट उड्नुअघि आयोजित पत्रकार सम्मेलनमा जेडी भेन्सले करिब २१ घण्टा लामो छलफलका बाबजुद अमेरिका र इरान ...
: इरानी उच्चस्तरीय प्रतिनिधिमण्डल अमेरिकासँगको सम्झौतामा सहमति नजुटेपछि स्वदेश फर्किएको छ। इरानी संसदका सभामुख मोहम्मद बगेर गालिबाफको नेतृत्वमा आएको उक्त टोली स्थानीय समयअनुसार आज बिहान करिब ८ बजेपछि इस्लामाबादबाट उडेको हो। यसअघि, अमेरिकी प्रतिनिधिमण्डल पनि शान्ति वार्तामा कुनै ठोस सम्झौता हुन नसकेपछि पाकिस्तानबाट फर्किसकेको छ। अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भेन्सले गरेका थिए। गत मंगलबार राति ...
: इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिका सँग ‘दुई–तीन महत्वपूर्ण विषयमा सहमति नजुटेका कारण’ सम्झौता हुन नसकेको बताएका छन् । उनले इरान न्यूज नेटवर्कसँग कुरा गर्दै पाकिस्तानको मध्यस्थतामा २४–२५ चरणका अप्रत्यक्ष वार्ता भएको जानकारी दिएका छन् । केही विषयमा अमेरिकी प्रतिनिधिमण्डलसँग सहमति बने पनि दुई–तीन मुद्दामा विचार नमिल्दा अन्तिम सम्झौता हुन नसकेको उनले जानकारी दिएका ...
: पाकिस्तानी राजधानी इस्लामाबादमा अमेरिका र इरानबीच २१ घण्टा चलेको वार्ता कुनै नतिजा बिना समाप्त भयो । यो जानकारी अमेरिकी उपराष्ट्रपतिले दिएका हुन्, जो वार्ताका लागि पाकिस्तान आएका थिए । आइतबार बिहान ६ बजेपछि पत्रकार सम्मेलनमा जेडी भान्सले पाकिस्तानले अमेरिका र इरानबीच दूरी घटाउन र सम्झौता गराउन पूरा प्रयास गर्‍यो, तर हामी कुनै सम्झौतामा पुग्न ...